विराटनगर । विराटनगरका एक दम्पत्तीले आफ्नी छोरीको जन्मदिनमा बीमा उपहार दिएका छन्। विराटनगर महानगरपालिका–४ निवासी दीपकबहादुर मगरले तेस्रो जन्मदिनको अवसर पारेर चैत ११ गते आफ्नी तीन वर्षीया छोरी दिप्ति मगरलाई बीमा उपहार दिएका हुन्।
उनले सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीको ६ लाखको बाल समृद्धि जीवन बीमा योजना उपहार प्रदान गरेका हुन्। ‘विवाह गरेको लामो समयपछि छोरीको जन्म भएको र छोरीको उज्वल भविष्यको लागि बीमाभन्दा ठुलो उपहार केही हुनै सक्दैन,’ उनले भने।
सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी विराटनगर शाखा प्रबन्धक सन्तोष अधिकारीले दीपकलाई बिमा प्रोत्साहन गर्दै घरमै पुगेर बीमा पोलिसी हस्तान्तरण गरेका थिए।
बीमामा बचत तथा सुरक्षा दुवै हुने बताउँदै उनले भने, ‘बीमा भनेको दुःख र सुखको साथी हो। अब सबैले आफ्ना सन्तानलाई जन्मदिनको अवसरमा फजुल खर्च न गरी बीमा पोलेसी उपहार दिनुपर्छ। जसकारण, बालबालिकाको उज्वल भविष्य निर्माण गर्न मद्दत मिल्छ।’
पोलिसी हस्तान्तरण कार्यक्रममा सन नेपाल लाइफ विराटनगर शाखाका मार्केटिङ म्यानेजर रेवतप्रसाद अधिकारीको समेत उपस्थिति थियो।
Post Views: 0