संगीत–नाट्य प्रज्ञा–प्रतिष्ठानको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्चमा रिट

संगीत–नाट्य प्रज्ञा–प्रतिष्ठानको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्चमा रिट

 राष्ट्रिय डेली

 

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा सरकारले हालै गरेको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । प्रज्ञा–प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचन्ड’ले फागुन ३ गते संगीत–नाट्य प्रज्ञा–प्रतिष्ठानमा गरेको पदाधिकारी तथा सदस्यहरूको नियुक्तिमा प्रक्रियागत त्रुटी रहेको तथा अयोग्य व्यक्तिलाई नियुक्ति गरिएको भन्दै उक्त नियुक्ति खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको हो ।

नाटककार तथा निर्देशकद्वय जीवन थापा क्षितिज, किशोर अनुराग र नाट्यकर्मी रिता थापाले रिट दायर गरेका हुन् । सोमबार दायर भएको रिटमाथि बिहीबार पहिलो बहस भएको थियो । पूर्व महान्यायधिवक्ता रमेश बडाललगायतले अन्तरिम आदेश दिनुपर्ने माग गर्दै जाहेरवाला पक्षका तर्फबाट बहस गरेका थिए ।

सरोकारवालाहरूका तर्फबाट जाहेरवालाहरूले दायर गरेको रिटमा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान ऐन–२०६४ अनुसार गठित सिफारिस समितिमा ऐनबमोजिम संगीत तथा नाट्यका क्षेत्रमा राष्ट्रियस्तरमा ख्यातिप्राप्त व्यक्तिमध्येबाट दुई जनासहित संस्कृति मन्त्रीको संयोजकत्वमा सिफारिस समिति गठन गरिनुपर्नेमा त्यस्तो व्यक्ति समावेश नगरिएको, विधागत समावेमावेशिता नभएको, महिलाको उचित कोटा नर्पुयाइएको तथा योग्य व्यक्तिहरू नसमेटिएको औँल्याइएको छ ।

रिटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचन्ड’ तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति मन्त्री सुदन किराती, सिफारिस समितिका सदस्यद्वय गोपाल ठाकुर, राकेश किरातीका साथै प्राज्ञ परिषद्का पदाधिकारी, प्राज्ञ परिषद्का सदस्य तथा प्राज्ञ सभाका सदस्यहरूलाई विपक्षी बनाइएको छ ।

ऐनअनुसार राष्ट्रियस्तरमा एक जना नाट्य विधाका विज्ञ र एक जना संगीत विधाका विज्ञ हुनुपर्नेमा मन्त्री किरातीले जम्मा दुई–तीन ओटा गीतमा लोकसंगीत गरेका आफ्ना कार्यकर्ता राकेश किराती र भोजपुरी भाषामा गीत–गजल लेख्ने माओवादी नेता गोपाल ठाकुरलाई सिफारिस समिति सदस्य राखेर नियुक्तिका लागि सिफारिस गरेको आरोप छ ।

दुवै जना राष्ट्रियस्तरमा ख्याति प्राप्त व्यक्ति नभएको कुलपतिमा नाटकमा अभिनय गर्ने निशा शर्मालाई कुलपति नियुक्ति गरिएको जनाइएको छ । उपकुलपतिसहित परिषद्का सबै संगीतकार तथा गायक हुन् । त्यसमा पनि अधिकांश नाम नै नसुनिएका व्यक्तिहरू परेको गुनासो रहेको छ ।

पहिलो सुनुवाईपछि सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठद्वारा १५ दिनभित्र विपक्षीलाई आफैँ वा महान्यायधिवक्ताको कार्यालयमार्फत प्रतिनिधि पठाई लिखित कारण पेश गर्न आदेश जारी गरिएको छ ।

adv-single
सम्बन्धित समाचार

बाँदर धपाउन बन्दुक पड्काउँदा छर्रा लागेर एक जनाको मृत्यु

विराटनगर । पाँचथरमा बाँदर धपाउनका लागि भरूवा बन्दुक पड्काउँदा बारूदको छर्रा लागेर एक जनाको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका-४, सिबुवाका ५१ वर्षीय मनकुमार सिगुको मृत्यु भएको हो । प्रहरीका अनुसार आइतबार राति साढे १०...

कतारका राजाको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा

काठमाडौँ । सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ । सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले यही वैशाख ११ देखि गर्ने नेपालको...

झापामा सहकारी संस्थामा चोरी गर्ने ६ जना पक्राउ

भद्रपुर (झापा) । झापामा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विभिन्न सहकारी संस्थासहित चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो । विभिन्न सहकारी संस्था तथा...

टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०-टू भी रिफ्रेस सार्वजनिक, कति छ मूल्य ?

विराटनगर । टीभीएस मोटर नेपालको एक मात्र आधिकारिक विक्रेता जगदम्बा मोटर्सले टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०-टू भी रिफ्रेस आज विराटनगरमा सार्वजनिक गरेको छ । यसअघि टीभीएसले नेपाली बजारमा टीभीएस रोनिन, अपाचे,एन्टर्क, रेडर, आईक्युबजस्ता उत्कृष्ट...

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुई जनाको मृत्यु, ६ घाइते

वासिङ्टन । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको स्थानीय प्रहरीले बताएको छ । घटनास्थलमा दुई जना मृत फेला परेको र घाइते छमध्ये एक...

नेपालको दुईदिने राजकीय भ्रमणमा आउँदै कतारका अमिर

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण गर्ने भएका छन् । भ्रमणका अवसरमा उनले राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता...

अर्घाखाँचीमा आगलागी हुँदा ४३ घर–गोठ जलेर नष्ट

अर्घाखाँची । अर्घाखाँचीका विभिन्न स्थानमा शनिबार भएको आगलागीका कारण ४३ घर–गोठ जलेर नष्ट भएका छन् । आगलागीका कारण २० वटा घर, २३ गोठ, ११ बाख्रा र छ भैंसी चलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक...

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्नै हुन्छ : प्रधानमन्त्री

सुदूरपश्चिम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्न ढङ्गले ल्याउन लागेको बताएका छन् । आज धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम...

कोशी, मधेस र लु्म्बिनी प्रदेशका तराई क्षेत्रमा हुरीबतासको चेतावनी

काठमाडौँ । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको...

मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, सामागाउँ पर्ने मनास्लु हिमालमा आज बिहान ठूलो हिमपहिरो खसेको छ । मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र ताल नजिकै हिमपहिरो खसेको सामागाउँका दिजेन लामाले जानकारी दिए । पहिरो वीरेन्द्र तालमा...

गण्डकीमा चुमानलाई आर्थिक र मनाङेलाई भौतिक मन्त्रालयको जिम्मेवारी

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरूको कार्यविभाजन गरेका छन् । उनले विनाविभागीय मन्त्रीद्धय हरिबहादुर चुमान र राजीव गुरूङ (दीपक मनाङे) लाई आज जिम्मेवारी तोकेका हुन् । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेतासमेत रहेका...

सगरमाथा आरोहण उत्साहजनक : उठ्यो ५० करोड बढी राजस्व

काठमाडौँ । वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट ५० करोड रूपैयाँ भन्दा बढी राजस्व सङ्कलन भएको छ । पर्यटन विभागका अनुसार यस यामका लागि सगरमाथा आरोहण गर्न अनुमति लिएका तीन सय ५२ जनाबाट ५० करोड...