केही दिनअघि मोरङ कारागार बाट मुक्त भएका अभिषेक गिरीले समाजसेवालाई निरन्तरता दिएका छन् । मंगलबार गिरीले विराटनगर महानगरपालिका–८ बलुवाहीमा रहेको विराटेश्वर वृद्धाश्रममा सहयोग गरेका छन् ।
गिरीले एक लाख रुपैयाँ बराबरको खाद्यान्न, लत्ताकपडालगायत सामग्री वृद्धाश्रममा आश्रितहरूको हात–हातमा पु¥याएका हुन् । वृद्धाश्रममा आश्रय लिएर बसेका ६२ जनालाई गिरीले सहयोग सामग्री वितरण गरेका छन्।
सहयोग सामग्री दिइसकेपछि बोल्दै गिरीले वृद्धाश्रममा सहयोग गर्नु नितान्त आफ्नो कर्तव्य भएको उल्लेख गरे । ‘वृद्धा–वृद्धालाई सकेको सहयोग गर्नु भनेको एउटा मानव धर्म हो, हरेक मानिसको कर्तव्य हो,’ उनले भने, ‘मलाई उहाँहरूको आशीर्वाद चाहिएको छ । यो सुरुआत हो, यसले निरन्तरता पाउँछ ।’
Post Views: 3