आजदेखि राष्ट्रिय बाल नाटक मेला

आजदेखि राष्ट्रिय बाल नाटक मेला

 राष्ट्रिय डेली

 

काठमाडौँ । राष्ट्रिय बाल नाटक मेला– २०८० आजदेखि सुरु हुने भएको छ । नाट्यकर्मी महासङ्घ नेपालको आयोजनामा बालबालिकामा अन्तरनिहीत प्रतिभा प्रस्फुटन तथा विकास गराउने उद्देश्यसहित उक्त मेला आजदेखि यही फागुन २७ गतेसम्म सञ्चालन हुने भएको हो ।

मुलुकभर खुला आह्वान गरी विद्यालयस्तरका बालबालिकाले उपलब्ध गराएका नाटकमध्ये उत्कृष्ट नाटक छनोट गरी अन्तिम चरणका नाटक मञ्चन गरिने महासङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र रिमालले जानकारी दिए । “हामीले देशभर विद्यालयमा खुला आह्वान गरी नाटक माग गरेका हौँ । उपलब्ध नाटकमध्ये उत्कृष्ट ११ नाटक फाइनलका लागि छनोट गरेका छौँ”, उनले भने, “निर्धारित मितिमा सम्बन्धित विद्यालयबाट मञ्चन गरिने नाटकको स्क्रिप्ट उपलब्ध गराइएको आधारमा अन्तिम प्रदर्शनका लागि छनोट गरिएको हो ।”

मेलामा छनोट भएका कक्षा ८ देखिमाथि विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीले गर्ने नाटकको समयावधि बढीमा ३० देखि ३५ मिनेटको रहने भएको छ । जमलस्थित सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा हुने उक्त मेला निजी तथा आवासीय विद्यालयहरूको सङ्गठन प्याब्सन नेपाल, सांस्कृतिक संस्थानसँगको सहकार्यमा हुनलागेको हो ।

राष्ट्रिय बाल नाटक मेलामा प्रतियोगिताको विजेता नाटकलाई नगद एक लाख, ट्रफी, प्रमाणपत्र दिइने र अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागिताका लागि अवसर प्रदान गर्नुका साथै छनोट भएका उत्कृष्ट प्रतियोगीलाई नगद पुरस्कार, प्रमाणपत्र र ट्रफी दिइने आयोजकले जनाएको छ । साथै कार्यक्रमस्थलमा नेपाल टेलिकमले निःशुल्क सिम वितरण गर्ने र नेपाल मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।

adv-single
सम्बन्धित समाचार

मकवानपुरमा ६०० भन्दा बढी उद्योग बन्द

बागमती : आर्थिक मन्दीलगायत कारणले मकवानपुरमा आर्थिक वर्ष २०८०/८१ मा  ६१० वटा उद्योग बन्द भएका छन्।   मकवानपुर उद्योग तथा वाणिज्य कार्यालयका अनुसार आव २०८०/८१ मा उद्योगतर्फ २६८ र वाणिज्यतर्फका ३३६ उद्योगले लगत कट्टा गराएका छन्।...

उदयपुरमा आमा छोराको हत्या

  उदयपुर । उदयपुरको कटारी नगरपालिका– १० मा आमा छोराको हत्या भएको अवस्थामा शव फेला परेको छ । १० नम्बर वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी निर्मला थापा र उनका छोरा ६ वर्षीय आरुस...

सुनको मूल्य स्थिर चाँदीको बढ्यो

  विराटनगर । स्थानीय बजारमा बिहीबार पहेलो धातुको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य स्थिर रहेको हो । बुधबार तोलामा १ लाख ५२ हजारमा कारोबार भएको सुन बिहीबार...

नेपाल घर जग्गा व्यवसायी संध मोरङको अध्यक्षमा रायमाझी

  नेपाल घर जग्गा व्यवसायी संध मोरङको अध्यक्षमा कर्ण बहादुर रायमाझी निर्वाचित भएका छन् । नेपाल घर जग्गा व्यवसायी संध मोरङको ५ औ अधिवेषनबाट रायमाझी सर्व सम्मत चयन भएका हुन् । त्यसैगरी वरिष्ट उपाध्यक्षमा भरतराज...

बालबालिकालाई काममा लगाउने उद्योगलाई कारबाही

  विराटनगर। बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने ३५ उद्योग प्रतिष्ठान तथा रोजगारदातालाई श्रम तथा रोजगार कार्यालय हेटौँडाले कारबाही गरेको छ । आर्थिक वर्ष २०८०र८१ मा ९५ उद्योग प्रतिष्ठान गरिएको अनुगमनका क्रममा बालबालिकालाई बालश्रमिकका रूपमा काममा...

सुनचाँदीको मूल्य स्थीर

विराटनगर । स्थानीय बजारमा साताको मंगलबार पहेलो धातुको मूल्य स्थीर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य स्थीर रहेको हो । सोमबार तोलामा १ लाख ५२ हजारमा कारोबार भएको सुन मंगलबार...

शेयर बजारमा उच्च अंकले वृद्धि

विराटनगर । निरन्तर घटेको शेयर बजार सोमबार उच्च अंकले बढेको छ । सोमबार शेयर बजार १२७.३२ अंकले बढेर २,८२३ को विन्दुमा कायम भएको छ । यसदिन २३९ कम्पनीको शेयर मूल्य बढेको छ भने ५ कम्पनीको...

नक्कली नोट बनाउने गिरोहका आठ जना पक्राउ

विराटनगर । प्रहरीले नक्कली नोट बनाउने कार्यमा संलग्न गिरोहलाई पक्राउ गरेको छ । सर्लाहीको सीमावर्ती क्षेत्रस्थित गोडैता नगरपालिका–१२, मधुबनी गाउमा सिँचाइका लागि बोरिङ राख्न बनाइएको खाली घरभित्र नक्कली नोट बनाउने कार्य भइरहेको भन्ने गोप्य सूचनाका...

सुनको मूल्यमा सामान्य गिरावट

  विराटनगर । स्थानीय बजारमा साताको सोमबार पहेलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य ३ सयले घटेको हो । आइतबार तोलामा १ लाख ५२ हजार ३...

भैरहवामा नयाँ पेट्रोलियम भण्डारण व्यवस्थापनको काम अन्तिम चरणमा

  विराटनगर । रुपन्देहीको भैरहवामा नयाँ पेट्रोलियम भण्डारण गृह निर्माणका लागि जग्गा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल आयल निगमले रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा करिब १४ बिघा...

वर्षमा तीन जनासम्म अर्थमन्त्री फेरिने परिपाटी अब रोकिन्छ: अर्थमन्त्री पौडेल

विराटनगर । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले वर्षमा तीन जनासम्म अर्थमन्त्री फेरिने परिपाटी अब रोकिने दाबी गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज सेजनको २६ औं वार्षिक साधारणसभालाई बोल्दै उनले वर्तमान सरकार स्थायित्वका लागि गठन भएकाले...

बागमती प्रदेशमा सबैभन्दा बढी वैदेशिक लगानी

विराटनगर। प्रदेशगत रूपमा सबैभन्दा बढी वैदेशिक लगानी बागमती प्रदेशमा भएको छ । नेपाल राष्ट्र बैंकको वैदेशिक लगानी सम्बन्धी सार्वजनिक विविरणअनुसार अनुसार कुल लगानीको ५९.७ प्रतिशत लगानी बागमतीमा रहेको हो । गण्डकीमा १५.१ प्रतिशत, कोशी प्रदेशमा...