बालबालिकाको मेकअप हानिकारक

बालबालिकाको मेकअप हानिकारक

 राष्ट्रिय डेली

काठमाडौंँ, १९ चैत । बालबालिकाको शृङ्गार (मेकअप) स्वास्थ्यका लागि हानिकारक हुने विशेषज्ञहरूको सुझाव छ ।

मेकअपका कारण उनीहरूको छालासम्बन्धी विभिन्न रोग आउने तथा आत्मविश्वास हराउने विशेषज्ञहरूको चेतावनी छ ।

पार्वती कार्की टिकटककी पारखी छिन् । उनले लकडाउनको समयमा आफ्नो आठ वर्षकी छोरीलाई हरेक दिन मेकअप गरी टिकटक बनाउथिन् ।

‘‘मेकअप गर्दा आफैँले प्रयोग गर्ने सौन्दर्य सामग्री छोरीलाई पनि प्रयोग गर्ने गर्थें,’ उनी भन्छिन्, ‘केही दिनपछि त छोरीको अनुहारभरि रातो–रातो बिमिरा आउन थाल्यो । यसले समस्या देखिन थाल्यो ।’’

यता कर्म श्रेष्ठको समस्या पनि उस्तै छ । ‘‘छोरीको तस्बिर खिचेर चाडपर्वमा शृङ्गार गरियो अहिले विद्यालय पनि बिनामेकअप जान मान्दिनन्’’ श्रेष्ठ भन्छन्– ‘‘बिनामेकअप नराम्रो देखिन्छ र साथीहरूले नराम्रो भन्छन् भनेर कहीँ पनि जान मान्दिनन् । बिनामेकअप त आत्मविश्वास नै हराएको अनुभव हुन्छ ।’’

छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्णका अनुसार छाला, कपाल र नङका लागि प्रयोग गरिने सौन्दर्य सामग्री हुन्छन् ।

सबैभन्दा हानिकारक नङ र रौँका लागि प्रयोग गरिने सौन्दर्य सामग्री हुन् ।

‘नङ र रौँमा प्रयोग गरिने सौन्दर्य सामग्रीमा छालालाई हानि गर्ने रासायनिक तìवहरू मिसाइएको हुन्छ,’ डा. कर्ण भन्छन्, ‘‘जसका कारण नेल पलिस र हेयर कलर लगाउँदा धेरैलाई एलर्जी हुन्छ । झन् यस्ता सौन्दर्य सामग्री बालबालिकाको हकमा त झनै हानिकारक हुन्छ ।’’

ओठमा लगाउने लिपिस्टिकमा पनि कडा केमिकल प्रयोग गरिने भएकाले यसको प्रयोगबाट बच्चालाई टाढा राख्नुपर्ने उनले बताए ।

जनस्वास्थ्य तथा पोषणविद् डा. अरुणा उप्रेतीको अर्थमा यो अभिभावकको महामूर्खता हो ।

बालबालिकालाई मात्र नभएर ‘कस्मेटिक्स’ कसैका लागि पनि लाभदायक नभएको उनी बताउँछिन्  ।

‘बालिकालाई अनुहारमा गोरो बनाइने क्रिम, ओठमा रङ्गीचङ्गी लिपिस्टिक, गालामा टिलिक्क टल्किने रोज, आँखामा बजारिया गाजल लगाइदिनु भनेको उनीहरूको भविष्य अन्धकारमा धकेल्नु हो’, उनी भन्छिन् ।

जाडो मौसममा बच्चाको अनुहार फुट्छ भनेर अनेक किसिमका क्रिम लगाइदिनु गलत भएको उनले जानकारी दिइन् ।

बरू क्रिमभन्दा तोरी, जैतुन, बदाम र नरिवलको तेल लगाउँदा राम्रो हुने उनकाे भनाइ छ ।

बालिका छिट्टै परिपक्व हुँदै गएको उल्लेख गर्दै डा. उप्रेती भन्छिन्– ‘‘पहिला १४-१५ वर्षको उमेरमा डन्डिफोर आउने भए पनि अहिले ९-१० वर्षकै उमेरमा धेरैलाई डन्डिफोर र अन्य छालाका समस्या देखिने गरेको छ । संसारको जस्तोसुकै राम्रो ब्रान्डको क्रिम भने पनि त्यसमा विषाक्त तìव मिसिएको हुन्छ ।’’

adv-single
सम्बन्धित समाचार

एमडीएमएस खरिदमा भ्रष्टाचार : करिब ९२ करोड बिगो दाबीसहित १९ जनाविरूद्ध मुद्दा

विराटनगर । नेपाल दूरसञ्चार प्राधिकरणले गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) परामर्श सेवा खरिदमा अनियमितता भएको भन्दै १९ जना व्यक्ति र २ वटा कम्पनीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १९...

सामान्य अंकले बढ्यो नेप्से, २ अर्ब ६५ करोड रूपैयाँमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेजका अनुसार नेप्से परिसूचक चार दशमलव ७८ अङ्कले उकालो लागेर दुई हजार ३५ दशमलव ६४ मा पुगेको छ...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा

विराटनगर । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् । अर्यालले बिहीबार राष्ट्रियसभा अध्यक्ष नारायण दाहालसमक्ष राजीनामापत्र बुझाएकी हुन् । नेकपा (माओवादी केन्द्र) बाट दाहाल गत फागुन २९ गते राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका...

मुख्यमन्त्री कार्की सवार जहाज विराटनगरबाट उडेको ६ घण्टापछि काठमाडौं अवतरण

विराटनगर । विराटनगरबाट काठमाडौंका लागि उडेको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार यती एयरको जहाज ६ घण्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । विराटनगरबाट बिहीबार बिहान ७ः४५ बजे काठमाडौं उडेको ९एन एएमएन कलसाइनको जहाज...

झापामा हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आक्रमणबाट उनका श्रीमान घाइते भएका छन् । शिवसताक्षी-११ स्थित रतुवामाई वृक्षरोपण आयोजनाको वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ६० वर्षीया पवित्रा...

वर्षाका कारण रद्द भयाे नेपाल 'ए' र आयरल्यान्ड 'ए' बीचको खेल

काठमाडौँ । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द भएको छ । वर्षाका कारण दुवै टोलीबीचको खेल रद्द भएको हो । कीर्तिपुिरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आजदेखि सुरू हुने भनिएको टी-२० शृङ्खलाअन्तर्गतको पहिलो खेल...

भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीकाे प्राणान्त

काठमाडौँ ।  गत फागुन २३ गते बिहान ४:४० बजे सुलोचना सापकोटा पाठक गहिरो निद्रामा थिइन् । उनी आफ्नो १० वर्षको छोरालाई च्यापेर मस्त निदाइरहेकी थिइन् । नेपाल कलेज अफ म्यानेजमेन्टमा पढाउँदै आएकी पाठक बिहान ६...

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहालले बोलाएपछि सभापति देउवा उनलाई भेट्न बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटवार्तामा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई...

देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने

काठमाडौँ । पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ । देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । विभागका मौसमविद्...

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो । विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर...

इटहरी गोल्डकप : सगरमाथालाई हराउँदै आर्मी फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमिफाइनमा साविक विजेता सगरमाथा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय जागृति क्लबद्वारा आयोजित उक्त प्रतियोगिताअन्तर्गत बुधबार राति भएको खेलमा निर्धारित समयमा दुवै...

प्रधानमन्त्रीको निर्देशन- परम्परागत होइन, उत्पादन र रोजगारकेन्द्रित बजेटको तयारी गर्नुस्

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परम्परागत ढाँचाको नभएर उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित आर्थिक वर्ष २०८१/८२ को बजेटको...