विराटनगर, २३ चैत । अबैध रुपमा भन्सार छलेर ल्याएको ठुलो परिमाणको चिनी तथा सुर्ती बरामद भएकोे छ । विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उर्लाबारी ९ गुरूङ टोलबाट २७ बोरा चिनी र ७ बोरा खैनी बरामद गरेको हो ।
उर्लाबारी–५ घर भई गुरूङ टोल बस्दै आएका पबन पोदारलाई उक्त सामग्री सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
भन्सार छलेर ल्याएका सामानहरु लुकाई छिपाइ राखेको भन्ने सुचनाका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा घर छेउमा त्रिपालले छोपेर लुकाई राखेको ७ बोरा चिनी र ४ बोरा सुर्ती फेला परेको थियो । यस्तै सोही स्थान नजिकै वेरारिसे अवस्थामा रहेको २० बोरा चिनी र ३ बोरा सुर्ती समेत फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
बरामद गरिएको सामग्री करिब ९४ हजार ५ सय बराबरको चिनी र १७ हजार ५ सय बराबरको सुर्ती रहेको बताइएको छ । उक्त मुल्य बराबरको सामग्री र मानिस सहितलाई आवश्यक कारबाहीको लागी भन्सार कार्यालयमा बुझाउने कार्य भईहरेको उक्त कार्यालयले जनाएको छ ।