विराटनगर, २४ चैत । सनराइज बैंकले विराटनगरको टेम्पो तथा इ–रिक्सामा क्यूआरबाट भाडा भुक्तानी सेवा सुरु गरेको छ । उक्त सेवाको शुभारम्भ विराटनगरको बरगाछीस्थित केशरीचन्द भवरलालको टेम्पो बिक्री केन्द्रबाट सनराइज बैंकका प्रदेश १ का प्रमुख विवेक निरौलाले गरेका हुन् ।
प्रथम चरणमा ७० वटा टेम्पो तथा इ–रिक्सामा क्यूआर वितरण गरी कार्यक्रम सम्पन्न भएको निराैलाले जानकारी दिए । टेम्पो तथा इ–रिक्सा चढ्ने ग्राहकले आफ्नो मोबाइल बैंकिङ्ग एप्लिकेसन वा मोबाइल वालेटमार्फत सजिलै रिक्सा भाडा भुक्तानी गर्न सक्नेछन् ।
नगद तथा कार्ड प्रयोगको विकल्पमा क्यूआर कोड भुक्तानी अझै छिटो, झन्झटमुक्त हुनुका साथै कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो समय उपभोक्ताहरु यो नवीन सेवातर्फ आकर्षित भइरहेका छन् ।
डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिनका लागि सनराइज बैंकले क्यूआर कोड भुक्तानी सेवा अझै प्रभावकारी ढङ्गले अगाडि बढाइरहेको बैंकले जनाएको छ ।
Post Views: 1,090