प्रदेश १ मा घिमिरे नेतृत्वको प्यानल विजयी

प्रदेश १ मा घिमिरे नेतृत्वको प्यानल विजयी

 राष्ट्रिय डेली

विराटनगर, २६ चैत । नेपाल पत्रकार महासंघ प्रदेश नं. १ को अध्यक्षमा लीलावल्लभ घिमिरे नेतृत्वको प्यानल विजयी भएको छ ।
नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल र क्रान्तिकारी पत्रकार महासंघबीच लोकतान्त्रिक व्यवसायिक र श्रमजिवी पत्रकारहरुको साझा प्यानलको रुपमा चुनावी मैदानमा उत्रिएको घिमिरे नेतृत्वको प्यानल विजयी नै भएको हो ।


प्रेस चौतारी नेपाल (ओली समूह) बाट उम्मेद्वार बनेका मोहनकाजी न्यौपानेलाई १९६ मतान्तरले पराजीत गर्दै घिमिरे विजयी भएका हुन् । घिमिरेले ७९३ मत प्राप्त गरे भने उनका प्रत्यासी उम्मेद्वार न्यौपानेले ५९७ मत प्राप्त गरेका छन् ।


त्यस्तै उपाध्यक्षमा लवदेव ढुङ्गाना निर्वाचित भएका छन् । उनले ८१० मत प्राप्त गरे । उपाध्यक्षका प्रत्यासी उम्मेद्वार रोहित राईले ५९७ मत प्राप्त गरेका थिए ।


महिला उपाध्यक्षमा हिमदेवी चेम्जोङ निर्वाचित भएकी छिन् । उनले ८३६ मत प्राप्त गर्दा उनको निकटतम प्रतिस्पर्धी कोकिला ढकालले ५७८ मत प्राप्त गरिन् । महासचिवमा विवेक गौतम ८१९ मत ल्याउँदै निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी फिफराज वेघाले ५६२ मत प्राप्त गरेका छन् ।


सचिवमा देवेन्द्र कार्की ८६२ मतका साथ निर्वाचित भए भने उनका प्रतिष्पर्धी अविजाल विष्ठले ५१३ मत प्राप्त गरेका छन् । समावेशी सह सचिवमा सन्तोष यादव ७६१ मत प्राप्त गर्दै विजयी बने भने उनका निकटतम प्रतिष्पर्धी सन्तवीर लामाले ६२६ मत प्राप्त गरे । कोषाध्यक्षमा झापाका विमल लामिछाने निर्वाचित भएका छन् । उनले ८०६ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी सन्तोष रुचालले ५७२ मत प्राप्त गरे ।
त्यस्तै सदस्य पदमा झापाका सुरेन्द्र भण्डारी ८२९, लीलाराज झापाली ८१७, ध्रुव भट्टराई ८०४, तोयानाथ भट्टराई ७३९ र गोपालप्रसाद पोखरेलले ७२५ मत प्राप्त गर्दै विजयी भएका छन् ।


महिला सदस्यमा विनु तिम्सिनाले ८३८, माला पालुङ्वाले ७९० र सुशीला पाठकले ८४२ मत प्राप्त गर्दै विजयी बनेका छन् । त्यस्तै दलित सदस्यमा विपी दियाली ८२४ मतका साथ निर्वाचित भएका छन् । जनजाति सदस्यमा विष्णु सुव्वाले ८३७ , यमकुमार दनुवारले ६७१ मत प्राप्त गर्दै विजयी बने ।


मधेशी सदस्यमा प्रमोदकुमार यादवले ७९३, व्रम्हदेव यादव ६७० मतका साथ निर्वाचित भए । अल्पसंख्यक सदस्यमा लीलावहादुर सुनुवार ६५५ मतका साथ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

सम्बन्धित समाचार

ईडेनवर्ग कलेजका विद्यार्थीले ल्याए ८३ प्रतिशत नतिजा सहित ६ जनाले डिस्टिङ्सन

  विराटनगर । विराटनगरको ईडेनवर्ग कलेजमा अध्ययनरत विद्यार्थी शत्रुधन यादवले ८३ प्रतिशत नतिजा ल्याएका छन् । त्रिभुवन विश्वविद्यालयले लिएको विविएस अन्तिम बर्षको परिक्षामा यादवले ८३ प्रतिशत नतिजा ल्याएको कलेजले बताएको छ । त्यसैगरी कलेजमा अध्ययनरत...

सुनवर्षीमा करेन्ट लागेर महिलाको मृत्यु

  विराटनगर । मोरङको सुनवर्षी नगरपालिका ४ चैता स्थितमा ३५ बर्षीया रेखादेवी सिंहको करेन्ट लागेर मृत्यु भएको छ । घरमा लगाएको टिनको जस्ता निकाल्ने क्रममा करेन्ट लागेर घाइते भएकी उनलाई रंगेली अस्पताल पुर्‍याउनसाथ डाक्टरले मृत...

शेयर बजारमा गिरावट

विराटनगर । आज सोमबार शेयर बजारमा दाहोरो अंकले गिरावट आएको छ । शेयर बजार १२.८४ अंकले घटेर २,६७६ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ९२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ कम्पनीको शेयर...

एमालेलाई एक लाख जरिवाना तिराउन महानगरले काटेको पत्र खारेज गर्न माग

विराटनगर । काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई फोहोर गरेको भन्दै एक लाख जरिवाना पत्र काटेको विषय बैठकमा प्रवेश भएको छ। हिजो ९आइतबार० काठमाडौं महानगरपालिकाको ३७ औँ कार्यपालिका बैठकमा महानगरपालिका वडा(२१ वडाअध्यक्ष उदयचूडामणि बज्राचार्यले नियोजित ढंगले उक्त...

महानगरको अनलाइनमा छापिएको समाचार मात्रै आधिकारिक हुने : बालेन

विराटनगर । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आफ्नै अनलाइन पत्रिकामा छापिएको विषयमा मात्रै बोल्न कार्यपालिका सदस्यहरूलाई आग्रह गरेका छन्। हिजो (आइतबार) काठमाडौं महानगरपालिकाको ३७औँ कार्यपालिका बैठकमा उनले महानगरपालिकाको बाहेक अन्य सञ्चार माध्यमले लेखेको समाचारमा खास...

दक्षिण कोरियाका राष्ट्रपति विरूद्धको महाभियोग प्रस्ताव विफल

  विराटनगर । दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरूद्धको महाभियोग प्रस्ताव तत्कालका लागि विफल भएको छ। नेशनल एसेम्बलीमा उक्त विधेयक मतदान प्रक्रियाका लागि अघि बढाउन पर्याप्त सङ्ख्या नपुगेकाले महाभियोग प्रक्रिया अघि बढ्न नसक्ने सभामुखले घोषणा...

अर्थमन्त्री र अमेरिकी सहायक विदेशमन्त्री लूबीच भेट

विराटनगर । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच किष्टाचार भेटवार्ता भएको छ। सोमबार अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसिसी र युएसएआइडी अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा...

कालोझण्डा देखाउन छाडेर पर्यटन विकासमा लाग्न मुख्यमन्त्री कार्कीको जोड

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र कालोझण्डा देखाउने काम बन्द गरेर पर्यटन विकासमा लाग्नुपर्नेमा जोड दिएका छन्। आज विराटनगरमा आयोजित पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको शुभारम्भ गर्दै मुख्यमन्त्री कार्कीले पर्यटनबाट विकास सम्वृद्धि...

 प्रसाईंलाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

  विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अनुमति दिएको छ । अदालतले उनलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । विभिन्न व्यवसायीहरुलाई धम्कयाएको कसुरमा पक्राउ परेका...

स्वीस सरकारको सहयोगमा कोशी प्रदेशमा चार वटा पदमार्ग निर्माण गरिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विकास र समृद्धिका लागि पर्यटन नै मूल आधार भएको बताएका छन् । आज (आइतबार) विराटनगरमा आयोजित पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको शुभारम्भ गर्दै मुख्यमन्त्री कार्कीले पर्यटनबाट नै विकासको...

रवि लामिछानेलाई थप चार दिनको हिरासत

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप चार दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ। म्याद थपका लागि लामिछानेलाई कास्की जिल्ला अदालतमा प्रस्तुत गरिएको थियो। आइतबार कास्की...

अमेरिकामा बेरोजगारी दर ४.२ प्रतिशत

  विराटनगर । अमेरिकामा बेरोजगारी दर ४।२ प्रतिशतले वृद्धि भएको छ। नोभेम्बरमा अमेरिकी वृद्धिमा उछाल आएको हो। विभागको तथ्याङ्क श्रमाङ्क ब्यूरो बीएलएस अनुसार स्वास्थ्य सेवा, मनोरञ्जन र आतिथ्य, सरकारी सामाजिक र सहायतामा केही रोजगारी बढेको...