विराटनगर, २७ चैत । नेपाल विद्यार्थी संघ मोरङले पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कालो झण्डा देखाएको छ ।
शुक्रबार मोरङ क्षेत्र नम्बर–३ रमाइलोमा पाटीको कार्यक्रममा सहभागी हुन आएका मन्त्री ढकाललाई संघले कालो झण्डा देखाएर विरोध गरेको हो । स्वास्थ्य मन्त्री रहँदा ढकालले १ अर्ब २४ करोड भ्रष्ट्राचार गरेको भन्दै उनिहरुले कालो झण्डा देखाएका हुन् ।
देश कोरोना भाइरस (कोभिड– १९) ले थलिएको बेला स्वास्थ्य सामग्री खरिदमा भ्रष्ट्राचार गरेर जनताको विश्वास माथि लात प्रहार गरेको ठहर गर्दै मन्त्री ढकाललाई कालो झण्डा देखाउएर बिरोध जनाएको बिद्यार्थी नेता मनिष न्यौपानेले जानकारी दिए ।
Post Views: 47