विराट गोल्ड कप : भारतलाई हराउँदै विराटनगर सेमिफाइनलमा

विराट गोल्ड कप : भारतलाई हराउँदै विराटनगर सेमिफाइनलमा

 राष्ट्रिय डेली

विराटनगर, २८ चैत । विराटनगरको सहिद रंगशालामा जारी छैठौं विराट गोल्डकपमा भारतको युनाइटेड फुटबल क्बल वेस्ट बंगाललाई हराउँदै घरेलु टिम विराटनगर ११ सेमिफाइनलमा प्रवेश गरेको छ ।


शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा भारतको वेस्ट बंगाललाई ३–० गोलले हराउँदै विराटनगर सेमिफाइनलमा प्रवेश गरेको हो ।
जितसँगै विराटनगरले चैत ३० गते हुने सशस्त्र प्रहरी बल, काठमाण्डौ र नेपाल प्रहरी काठमाण्डौको बिजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।
एक पक्षिय खेल पस्किएको विराटनगरका सुनिल खड्काले दुई गोल र प्रकाश बुढाथोकीले एक गोल गरेका छन् ।

खेलको २५ औं मिनेटमा सुनिल खड्काले गोल गरि टिमलाई अग्रता दिलाएका थिए । प्रकाश बुढाथोकीले निकालेको क्रस पासलाई सुनिलले डिबक्स भित्रदेखि गरेको प्रहारले जाली चुम्दा भारतका गोलरक्षक निजम सिंह प्रतिक्रियाविहीन रहे । घरेलु दर्शकको साथ पाएको विराटनगरले गोल गर्ने थुप्रै सुन्दर अवसर खेर फाल्यो ।


खेलको पाँच मिनेटमै विराटनगरका प्रकाश बुढाथोकीको पासमा कप्तान दिपन राईले गोल गर्ने गतिलो अवसर गुमाए । दिपकले डिबक्स भित्रदेखि गरेको प्रहार बाहिरियो । यस्तै ९ औं मिनेटमा विराटनगरका सुनिल खड्काले डिबक्स नजिकदेखि गरेको प्रहार पनि पोस माथिदेखि बाहिरदा थप गोल गर्ने अवसर खेर गयो ।


पहिलो हाफमा विराटनगरले भारतलाई दबाबमा राखेको थियो । तर थप गोल गर्न सकेन । पहिलो हाफसम्म १– ० गोलले अग्रता कायम गरेको विराटनगरले दोस्रो हाफदेखि भारतका खेलाडीले सुधारेको प्रर्दशन गर्यो ।


खेलको ६८ मिनेटमा भारतका सौरभ तामाङ्गले बल रोक्दै प्रहार गर्नुपर्ने स्थितिमा सोझै प्रहार गर्दा फितलो हुन पुग्यो । ७० औं मिनेटमा भारतका सुरज राउतले पाएको अवसर विराटनगरका गोल रक्षक किशोर गिरी बाधक बने । सुरजले वान भर्सेस वानको अवस्थामा गोल गर्न सकेनन । पहिलो हाफमा १ गोलले पछि परेको भारतले दोस्रो हाफमा भने राम्रो खेल प्रदर्शन गर्न सकेन । ७५ औं मिनेटमा फ्रिकिकको अवसर पाए पनि भारतले सदुपयोग गर्नबाट चुक्यो ।


खेलको ८६ औं मिनटेमा विराटनगरका प्रकाश बुढाथोकीले डिबक्स भित्रदेखि गरेको प्रहारले चाली चुम्यो । सन्तोष खड्काले निकालेको क्रस पासलाई प्रकाशले किलियर गरेका हुन् । सुनिलले दोस्रो गोल गरेको दुई मिनेट बित्न नपाउँदै सुनिलले खेलको ८८ औं मिनेटमा गोल गरे । उनले गरेको गोल टिमको जितको लागि निर्णायक बन्यो ।


खेलको म्यान अफ द म्याच विराटनगरका दुई गोल गर्ने सुनिल खड्का घोषित भए । उनले नगद १० हजार रुपैयाँ पाए । विराटनगरका प्रशिक्षक सन्जिव बुढाथोकीले पहिलो हाफमा खेडालीहरूले सोचेजस्तो प्रर्दशन नगरेपनि दोस्रो हाफदेखि राम्रो खेल्दा नतिजा आफनो पक्षमा आएको बताए । सेमिफाइनल खेलमा रणनीति परिवर्तन गरि खेल प्रर्दशन गर्ने उनले बताए ।

‘सेमिफाइनलमा राम्रो टिम सँग प्रतिस्पर्धा हुदैछ,’ उनले भने, ‘केही खेलाडी र फरवार्ड परिवर्तन गर्ने योजना बनाएको छु ।’ यता भारतका प्रशिक्षक अनिमेश तामाङ्गले पाएको थुप्रै अवसरहरु खेलाडीले खेर फाल्दा हार भएको बताए । आइतबारको दोस्रो क्वाटरफाइनल खेल मछिन्द्र क्लब काठमाण्डौ र भारतको पंजाव पुलिस बिच प्रतिस्पर्धा हुनेछ । भारतको पंजावले शनिबार टाइब्रेकरमा गोरखा ब्वाइज क्लब रुपन्देहीलाई ४–२ गोलले हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो ।

adv-single
सम्बन्धित समाचार

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

चौतारा , सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको पहिलो आरोणका लागि अन्तिम तयारी भइरहेको छ । जुगल गाउँपालिकाको शिरमा रहेका जुगल–१ र जुगल–२ को दश पर्यटकले पहिलोपटक आरोहण गर्ने भएका गाउँपालिका कार्यालयले...

सुनको मूल्य रु दुई हजार एक सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार एक सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज झनै वृद्धि भएको हो । बिहीबार प्रतितोला रु एक लाख २७ हजार नौ...

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने

विराटनगर । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिका लागि चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । इटहरी रङ्गशालामा बिहीबार राति भएको...

मौसम बदली भोलिसम्मै, आइतबारदेखि सुधार हुने

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि शनिबारसम्म जारी नै रहने र आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । न्यून चापीय वायुको प्रभाव आइतबारदेखि कमजोर भई मौसममा...

विराट गोल्डकपमा भुटानको विजयी सुरूआत, आज आर्मी र एनआरटी खेल्दै

विराटनगर । विराट गोल्डकप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्गशालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताअन्तर्गत बिहीबार राति भएको उद्घाटन खेलमा भुटानको आरटीएफसी टिम विजयी भएको छ । आरटीएफसी भुटानले नेपाल पुलिस क्लबलाई ३-० गोलले पराजित गरेको...

एमडीएमएस खरिदमा भ्रष्टाचार : करिब ९२ करोड बिगो दाबीसहित १९ जनाविरूद्ध मुद्दा

विराटनगर । नेपाल दूरसञ्चार प्राधिकरणले गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) परामर्श सेवा खरिदमा अनियमितता भएको भन्दै १९ जना व्यक्ति र २ वटा कम्पनीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १९...

सामान्य अंकले बढ्यो नेप्से, २ अर्ब ६५ करोड रूपैयाँमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेजका अनुसार नेप्से परिसूचक चार दशमलव ७८ अङ्कले उकालो लागेर दुई हजार ३५ दशमलव ६४ मा पुगेको छ...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा

विराटनगर । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् । अर्यालले बिहीबार राष्ट्रियसभा अध्यक्ष नारायण दाहालसमक्ष राजीनामापत्र बुझाएकी हुन् । नेकपा (माओवादी केन्द्र) बाट दाहाल गत फागुन २९ गते राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका...

मुख्यमन्त्री कार्की सवार जहाज विराटनगरबाट उडेको ६ घण्टापछि काठमाडौं अवतरण

विराटनगर । विराटनगरबाट काठमाडौंका लागि उडेको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार यती एयरको जहाज ६ घण्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । विराटनगरबाट बिहीबार बिहान ७ः४५ बजे काठमाडौं उडेको ९एन एएमएन कलसाइनको जहाज...

झापामा हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आक्रमणबाट उनका श्रीमान घाइते भएका छन् । शिवसताक्षी-११ स्थित रतुवामाई वृक्षरोपण आयोजनाको वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ६० वर्षीया पवित्रा...

वर्षाका कारण रद्द भयाे नेपाल 'ए' र आयरल्यान्ड 'ए' बीचको खेल

काठमाडौँ । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द भएको छ । वर्षाका कारण दुवै टोलीबीचको खेल रद्द भएको हो । कीर्तिपुिरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आजदेखि सुरू हुने भनिएको टी-२० शृङ्खलाअन्तर्गतको पहिलो खेल...

भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीकाे प्राणान्त

काठमाडौँ ।  गत फागुन २३ गते बिहान ४:४० बजे सुलोचना सापकोटा पाठक गहिरो निद्रामा थिइन् । उनी आफ्नो १० वर्षको छोरालाई च्यापेर मस्त निदाइरहेकी थिइन् । नेपाल कलेज अफ म्यानेजमेन्टमा पढाउँदै आएकी पाठक बिहान ६...