काठमाडौं, चैत्त २९ गते । चेन्नई सुपर किंग्सका कप्तान महिन्दर सिंह धोनीले जरिवाना तिर्नुपर्ने भएको छ ।
इन्डियन प्रिमियर लिग(आईपीएल)को दोस्रो तथा चेन्नईको पहिलो खेलमा ‘स्लो ओभर रेट’ को कारण चेन्नईका कप्तान धोनीमाथि जरिवाना तोकिएको हो ।
लिग अन्तगर्तको दोस्रो खेलमा चेन्नईले शनिबार देल्ही क्यापिटल्सको सामना गरेको थियो ।
प्रिमियर लिगको जारी संस्करणका लागि तोकिएको निर्देशिका बमोजिम बलिङग टोलिले एक घण्टा ३० मिनेटभित्र २० ओभर सिध्याउनुपर्नेछ तर देल्ही बिरुद्धको खेलमा निर्धारित समयभन्दा ढिलोसम्म बलिङ गरेकोले चेन्नईका कप्तान धोनीमाथि १६ हजार अमेरिकी डलर(करिब १२ लाख भारतीय रुपियाँ)को जरिवाना तोकिएको छ ।
प्रिमियर लिग सुरु हुनु अघि गत् मार्च ३० मा आईपीएलको उक्त निर्देशिका जारी गरेको थियो । निर्देशिका बमोजिम एक घण्टामा १४ ओभर एक बल बलिङ गर्नुपर्ने हुन्छ ।
Post Views: 938