विराट गोल्डकप : प्रहरीलाई हराउँदै एपीएफ सेमिफाइनलमा

विराट गोल्डकप : प्रहरीलाई हराउँदै एपीएफ सेमिफाइनलमा

 राष्ट्रिय डेली

विराटनगर, ३० चैत । बिभागिय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौं विराटनगरको सहिद रंगशालामा जारी छैठौंै विराट गोल्डकपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा साविक विजेता नेपाल प्रहरीलाई २–० गोलले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।

जितसँगै एपीएफ वैशाख १ गते हुने पहिलो सेमिफाइनल खेलमा घरेलु टिम विराटनगर ११ सँग प्रतिस्पर्धा गर्नेछ । विराटनगरले पहिलो र दोस्रो खेलमा भारत सिकिमको युनाइटेड र वेस्ट बंगालको टिमलाई हराउँदै समेफाइनलको यात्रा सुरक्षीत गरेको छ ।

नेपाल पुलिस क्लबले तेस्रो क्वाटरफाइनल खेलमा नै हार व्यहोरेपछि छैठो संस्करणको विराट गोल्डकपको उपाधि चुम्ने सपना चकनाचुर भएको छ । पुलिसले २०७४ सालमा विराट गोल्डकपको उपाधि हात पारेको थियो ।

दुवै टिम आक्रामक देखिए पनि डिफेन्सलाइनको कमजोरीमा नेपाल प्रहरी पछि पर्यो । खेलको ४६ औं मिनेटमा एपीएफका मणि लामा र ९० औं मिनेटमा सुमन लामाले गोल गरि टिमको जित सुनिश्चित गरेका थिए । खेलको ४६ औं मिनेटमा एपीएफका मणिले पुलिसका खेलाडीले किलियर गरेको बलललाई गोलमा परिणत गरि अग्रता दिलाएका थिए ।

पहिलो हाफ प्रहरीका लागि निकै संघर्षपूर्ण बन्यो । प्रहरीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि गोलमा परिणत हुन नसक्दा पहिलो हाफसम्म दुवै टिमको गोलरहित खेल बराबरी भयो । खेलको १९ औं मिनेटमा एपीएफका मनी लामाले डिबक्स बाहिर देखि गरेको प्रहार बाहिरदा थप गोल गर्ने अवसर खेर गयो । खेलको ३९ औं मिनेटमा प्रहरीका सुमन लामलो पेनाल्टी एरियादेखि गरेको प्रहार पोसमाथिदेखि बाहिरदा बराबारी हुनबाट चुक्यो ।

दोस्रो हाफदेखि एक गोलले एपीएफले अग्रता लिएपछि प्रहरीले थप आक्रामक खेल्यो । प्रहरीले एक गोल खाएपछि दबावमा पर्दा दोस्रो हाफदेखि खेल निकै रोचक बन्न पुगेको थियो । दोस्रो हाफदेखि प्रहरीको एकपछि अर्को प्रहार एपीफका गोलरक्षक राजु नगरकोटीले विफल पारिदिए । साविक विजेता प्रहरीले दोस्रो हाफदेखि पाएको आधा दर्जन बढी अवसर खेर फाल्दा प्रतियोगितादेखि बाहिरन बाध्य भयो ।

खेलको ७१ औं मिनेटमा प्रहरीका रवि पासवानले डिबक्स नजिकदेखि गरेको प्रहार एपीएफका गोल रक्षक राजु नगरकोटीले उत्कृष्ट बचाउ गरिदिए । खेलको ७८ औं मिनेटमा प्रहरीका अन्जन राईले डिबक्स एरियादेखि गरेको वानटच बल एपीएफका गोल रक्षक नगरकोटीले उत्कृकष्ट बचाउँदा गरिददा खेल बराबारी हुनबाट चुक्यो ।

खेलको अन्त्य तिर ९० मिनेटमा एपीएफका सुमन लामाले डिबक्स देखि बललाई एक्लै अगाडी बढाएर वान भर्सेस वानको प्रहार गोलमा परिणत भएको थियो । उनले गरेको गोल टिमेको जितको लागि सुनिश्चित बन्यो । प्रहरीका गोल रक्षक रोशन खड्का मध्यभाग अगाडी बढदा सुमनले बललाई एक्दै अगाडी बढाएर गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच एपीएफका मणि लामा घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन् । जितपछि प्रतिक्रिया दिदै सशस्त्र प्रहरीका प्रशिक्षक सुदिप श्रेष्ठले खेलाडीहरुको मेहनतको कारणले विभागिय टिमललाई हराएको बताए ।

प्रहरीका प्रशिक्षक अन्नतराज थापाले डिफेन्डरको कारणले गर्दा हार भएको बताए । मंगलबार खेल पोखरामा सम्पन्न १९ औं संस्करणको आहा रारा गोल्डकपको बिजेता टिम संकटा र अफ्रिकन रुट्स बिच प्रतिस्पर्धा हुनेछ ।

adv-single
सम्बन्धित समाचार

सगरमाथा आरोहण उत्साहजनक : उठ्यो ५० करोड बढी राजस्व

काठमाडौँ । वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट ५० करोड रूपैयाँ भन्दा बढी राजस्व सङ्कलन भएको छ । पर्यटन विभागका अनुसार यस यामका लागि सगरमाथा आरोहण गर्न अनुमति लिएका तीन सय ५२ जनाबाट ५० करोड...

सार्वजनिक जग्गा संरक्षणमा लाग्न जिल्ला प्रशासनहरूलाई गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सार्वजनिक जग्गा फिर्ता ल्याउन शुक्रबार पुनः निर्देशन दिएका...

बर्दिवासलाई पराजित गर्दै एपीएफ मिल्स गोल्डकपको सेमिफाइनलमा

  विराटनगर । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सशस्त्र प्रहरी बल ९एपीएफ० पकली सुनसरी सेमिफाइनलमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा आज भएको उद्घाटन खेलमा महोत्तरीको नगर खेलकुद...

गीतकार प्रमिला बस्नेतको 'सधैं देख्ने सपनाको' सार्वजनिक

काठमाडौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा ‘सधैं देख्ने सपनाको’ गीतको भिडियो सार्वजनिक भएको छ । क्यानडामा रहेर पनि नेपाली गीतसंगीतमा सक्रिय रहेकी गीतकार प्रमिला बस्नेतको शब्द तथा राजेश थापाको...

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी

नारायणगढ (चितवन) । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताएका छन् । उद्योग वाणिज्य सङ्घ र कम्प्युटर एशोसिएशन नेपाल...

काेशीका मुख्यमन्त्री कार्कीविरूद्धकाे संकल्प प्रस्ताव बहुमतले पारित

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा  सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ । सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेको सो सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको हो । प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन) समेतको नियम ७०...

सांसद हसिना खानले लिइन् शपथ

काठमाडौँ । सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित सांसद हसिना खानलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । सिंहदरबारस्थित संसद सचिवालयमा आज आयोजित कार्यक्रममा सभामुख घिमिरले सांसद खानलाई पद तथा गोपनीयताको शपथ गराएका...

एकीकृत समाजवादीले कोशी प्रदेशमा मुख्यमन्त्री मागेको छैन : नेता खनाल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरूको समीकरण परिवर्तन नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पुरानो समीकरण परिवर्तन गर्नुपर्ने...

रूखबाट खसेर एक पुरूषको मृत्यु

ढोरपाटन (बागलुङ) । बागलुङमा घाँस काट्ने क्रममा रूखबाट खसेर एकजनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका-४, खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर आज बिहान मृत्यु भएको हो । बिहान ८ बजे बाख्रालाई घाँस...

जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते

चौतारा (सिन्धुपाल्चोक) । जिल्लाको पिस्कर-५, धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५२ जना घाइते भएका छन् । दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको...

नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित

विराटनगर । नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित भएका छन् । क्यालिफोर्नियाका २४ औं जिल्लासभा सदस्य एलेक्स लीद्वारा अनसंग हिरो २०२४ को रूपमा थापा सम्मानित भएका हुन् । थापा महिलाहरूको लागि मार्शल...

जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

जजरकोट । भुकम्प प्रभावित जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिएको छ । इन्टेल अमेरिकामा कार्यरत नेपालीहरू र ओरेगन नेपाली समाजको सहयोग एवम् प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा पाँच सय विद्यार्थीहरूलाई शैक्षिक सामग्री...