विराटनगर, ५ बैशाख । मोरङ बूढीगगां ४ नेमुवा चौक स्थित कोशीराजमार्गमा ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।
आइतबार बिहान सवा १० बजे उत्तर तर्फ जादै गरेको ना ६ ख ३०४० नम्बरको ट्रकले को ९ प २६८१ नम्बरको मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा मोटरसाईकल चालक बिराटनगर १४ जतुवा का ४५ बर्षीय अन्जनि सिंह गम्भिर घाईते भएका थिए ।
घाईते सिंहको बिराट मेडिकल कलेजमा उपचारको क्रममा बिहान पौने ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ट्रक र चालक बारा निजगड कोल्बी नगरपालिका २ का ३२ बर्षीय भिम बहादुर बिक प्रहरीको नियन्त्रणमा रहेकोे कार्यालयले जनाएको छ ।
Post Views: 220