सुनसरी, ५ बैशाख । डाँका मुद्दाका फरार पाँच प्रतिबादीहरुलाई पक्राउ गरी आज सार्बजनिक गरिएको छ ।
पक्राउ पर्नेमा सुनसरी बर्जु–१ की ३६ बर्षीया सृजना चौधरी, ईटहरी–१३ का ३२ बर्षीय नमाजुद्दिन आलम, सुनसरी छातावेलीका २८ बर्षीय मर्तुजा मियाँ, मोरङ बुढीगंगाका ३० बर्षीय अजिम मिया र सुनसरी दुहबी–११ का ३० बर्षीय सर्वन उराव रहेका छन ।
उक्त समुहले गत फागुन ६ गते सुनसरी बर्जु–१ का शुभाष चौधरीको घरमा मध्यरातमा प्रवेश गरेर उनको परिवारलाई कुटपिट गरी नगद ५४ हजार समेत लगेको खुल्न आएको छ । पक्राउ परेका मध्ये सृजना चौधरी मुख्य योजनाकार रहेको समेत खुल्न आएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
उनले उक्त समुहलाई आर्थिक प्रलोभन देखाई शुभाष चौधरीको घरमा डाँका गर्न लगाएको समेत खुल्न आएको उक्त कार्यालयले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट मिस फायर भएको (७.६५ के एफ) लेखिएको १ राउण्ड गोली लगायतका सामनहरु बरामद गरिएको तथा उनिहरुका विषयमा थप अनुसन्धान समेत भईरहेको उक्त कार्यालयले जनाएको छ ।
Post Views: 139