साताको साहित्य : विनय सरगमका तीन कविता

साताको साहित्य : विनय सरगमका तीन कविता

 राष्ट्रिय डेली

विराटनगर, ६ वैशाख । इटहरी तरहराका विनय सरगम मोफसलमा बसेर कविता लेखनमा सक्रिय छन् । ‘अनुहारको भिड’ संयुक्त कविता संग्रहमार्फत आफ्ना सशक्त कविता प्रस्तुत गरेका सरगमले पूर्वेली गजल संग्रहसमेत सम्पादन गरिसकेका छन् ।

छोटो समयमै आफ्ना सशक्त कवितामार्फत युवाहरूमाझमा परिचित सरगम क्यानभास साहित्य समाजका संस्थापक अध्यक्ष पनि हुन् । उनीद्वारा लिखित अनुहारको भिडमा पाँच सशक्त कविताहरू समावेश छन् ।

No description available.

विभिन्न साहित्यिक कार्यक्रमहरूमा आफ्ना गहकिला कविता प्रस्तुत गरी पाठक तथा स्रोताको मन जित्न सफल तिनै विनय सरगमका तीन कविता साताको साहित्यमा प्रस्तुत गरेका छौँ ।

आँसुको वर्णमाला

एक दिन अचानक
उनका आँखाबाट आँशु झर्‍यो

त्यो तिनै आँखा थियो-
जो हरबखत मुस्काइरहन्थ्यो
जो जिस्किरहन्थ्यो आफ्नै ढुकढुकीसँग
जो बदला लिइरहन्थ्यो आफैँले फेरेको साससँग

त्यो तिनै आँखा थियो
जो बाटो थियो एउटा दृस्टिकोणको
र कहिलेकाहीँ दौडिन्थ्यो अहङ्कारको घोडा

त्यो तिनै आँखा थियो
बैशालु रङ्गहरूमा लपक्कै भिजेको
नशालु सपनाहरूमा चम्किरहेको
रहरहरूमा झुलिरहेको

हो, त्यो तिनै आँखा थियो
जहाँ असफताहरूको केही शृङ्खला थिए
जहाँ वर्षाैँदेखि जमेका केही
दु:खका बुँदाहरू थिए

एक दिन अचानक
उनका आँखाबाट आँसु झर्‍यो
आशाको उज्यालो हरायो कि ? छोपिदियो निराशाले ?
आत्महत्या गरिदियो कि ? जिउन चाहने जिजीविषाले !
दुर्घटिट पो भइदियो कि ?आफ्नै आँखाभित्र खुसीहरू ?

एक दिन अचानक
उनकाे आँखाबाट आँसु झर्‍यो !
खासमा, त्यो आँसु नै उनकाे जिन्दगी थियो !

चुहिजाने जून

इनारमा डुबिरहेको जूनलाई
उघाएँ र भरेँ हत्केलाभरि

खसिजान सक्थ्यो-
सम्हालेर राखेँ
औँलाहरू बाँधेर राखेँ
इनारमा डुबिरहेको जुनलाई
हत्केलाभरि भरेँ

जून विस्तारै-विस्तारै
हत्केलाबाट चुहिन थाल्यो

खाली हात हेर्दा पो झस्किएँ,
त्यो चुहिसकेको “जून” त
मेरो जिन्दगी थिएछ ।

मेरा दिनहरू –

सहरको कुनै एक अप्रचलित क्याफेको
एक कुनामा बसेर कफी पि’रहेछु

यहाँ बाट म सुन्न सक्छु
हतारमा कुदिरहेको यात्रुवाहक बसको ध्वनी
जाममा फसेको कुनै मोटरसाइकलको हर्न
कुकुरहरूको कर्कस लाग्ने भुकाइ

यहाँबाट म देख्न सक्छु
घरको छतमा हल्लिरहेको झण्डा
साइकलमा सामान बेचिरहेको ब्यापारी
सायद अफिस हिँडिरहेको हतार मान्छे
र यो पनि देखिरहेछु कि
वर्षौंअघि छुटिगएको
तिमी जस्तै लाग्ने प्रतिविम्ब

अस्तब्यस्त छन्
यहाँबाट सुनिने आवाजहरू
यहाँबाट देखिने दृश्यहरू
यहाँबाट देखिने सहर

र आजकल
यो मन पनि सहर जस्तो भएको छ ।

adv-single
सम्बन्धित समाचार

बाँदर धपाउन बन्दुक पड्काउँदा छर्रा लागेर एक जनाको मृत्यु

विराटनगर । पाँचथरमा बाँदर धपाउनका लागि भरूवा बन्दुक पड्काउँदा बारूदको छर्रा लागेर एक जनाको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका-४, सिबुवाका ५१ वर्षीय मनकुमार सिगुको मृत्यु भएको हो । प्रहरीका अनुसार आइतबार राति साढे १०...

कतारका राजाको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा

काठमाडौँ । सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ । सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले यही वैशाख ११ देखि गर्ने नेपालको...

झापामा सहकारी संस्थामा चोरी गर्ने ६ जना पक्राउ

भद्रपुर (झापा) । झापामा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विभिन्न सहकारी संस्थासहित चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो । विभिन्न सहकारी संस्था तथा...

टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०-टू भी रिफ्रेस सार्वजनिक, कति छ मूल्य ?

विराटनगर । टीभीएस मोटर नेपालको एक मात्र आधिकारिक विक्रेता जगदम्बा मोटर्सले टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०-टू भी रिफ्रेस आज विराटनगरमा सार्वजनिक गरेको छ । यसअघि टीभीएसले नेपाली बजारमा टीभीएस रोनिन, अपाचे,एन्टर्क, रेडर, आईक्युबजस्ता उत्कृष्ट...

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुई जनाको मृत्यु, ६ घाइते

वासिङ्टन । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको स्थानीय प्रहरीले बताएको छ । घटनास्थलमा दुई जना मृत फेला परेको र घाइते छमध्ये एक...

नेपालको दुईदिने राजकीय भ्रमणमा आउँदै कतारका अमिर

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण गर्ने भएका छन् । भ्रमणका अवसरमा उनले राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता...

अर्घाखाँचीमा आगलागी हुँदा ४३ घर–गोठ जलेर नष्ट

अर्घाखाँची । अर्घाखाँचीका विभिन्न स्थानमा शनिबार भएको आगलागीका कारण ४३ घर–गोठ जलेर नष्ट भएका छन् । आगलागीका कारण २० वटा घर, २३ गोठ, ११ बाख्रा र छ भैंसी चलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक...

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्नै हुन्छ : प्रधानमन्त्री

सुदूरपश्चिम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्न ढङ्गले ल्याउन लागेको बताएका छन् । आज धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम...

कोशी, मधेस र लु्म्बिनी प्रदेशका तराई क्षेत्रमा हुरीबतासको चेतावनी

काठमाडौँ । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको...

मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, सामागाउँ पर्ने मनास्लु हिमालमा आज बिहान ठूलो हिमपहिरो खसेको छ । मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र ताल नजिकै हिमपहिरो खसेको सामागाउँका दिजेन लामाले जानकारी दिए । पहिरो वीरेन्द्र तालमा...

गण्डकीमा चुमानलाई आर्थिक र मनाङेलाई भौतिक मन्त्रालयको जिम्मेवारी

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरूको कार्यविभाजन गरेका छन् । उनले विनाविभागीय मन्त्रीद्धय हरिबहादुर चुमान र राजीव गुरूङ (दीपक मनाङे) लाई आज जिम्मेवारी तोकेका हुन् । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेतासमेत रहेका...

सगरमाथा आरोहण उत्साहजनक : उठ्यो ५० करोड बढी राजस्व

काठमाडौँ । वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट ५० करोड रूपैयाँ भन्दा बढी राजस्व सङ्कलन भएको छ । पर्यटन विभागका अनुसार यस यामका लागि सगरमाथा आरोहण गर्न अनुमति लिएका तीन सय ५२ जनाबाट ५० करोड...