विराटनगर, १० बैशाख । मोरङको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । शुक्रबार बिहान ११ बजे केराबारी ८ स्थित जंगलमा को १ त ५८४९ नम्बरको ट्याक्टरले को ३४ प ९०६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही स्थानका ५० बर्षीय नरेश कुमार सोडारी गम्भिर घाईते भएका थिए ।
उनको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर र चालक केराबारी १० का २१ बर्षीय उमेश मल्लिक प्रहरीको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
त्यस्तै आज दिउसो साढे १ बजे मोरङकै सुन्दरहरैचा १० स्थित खोर्साने ९ केराबारी सडक खण्डको जंगलमा दक्षिण आउदै गरेको को १ ख ६५४७ नम्बरको टिपरले बिपरित दिशाबाट आएको स ३ प ६३०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
उक्त दुर्घटनामा गम्भिर घाईते भएका मोटरसाईकल चालक बेलबारी ९ डाँगिहाट का २६ बर्षीय सुरेश कुमार चौधरीको नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ ।
यस्तै मोटरसाइकल पछाडी सवार बेलबारी ११ लक्ष्मीमार्गका ३४ बर्षीय रुपेश अधिकारी घाईते भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । उनको नोबेल अस्पतालमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ । टिफर र चालक उर्लाबारी ७ बस्ने ४८ बर्षीय बिर्ख बहादुर धिमाल प्रहरीको नियन्त्रणमा रहेका छन् ।