काठमाडौं, १३ वैशाख। सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ संकट व्यवस्तथापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार निर्णय गरेको स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।
बैठकले १६ गतेबाट अनिश्चितकालका लागि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । विद्यालय तथा शिक्षण संस्थाहरुले वैकिल्पक विधिबाट पठनपाठन गर्नुपर्नेछ । मन्त्रिपरिषद्को बैठकले अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान भने तत्काल नरोक्ने निर्णय त्रिपाठीले बताए ।
तर, अन्तराष्ट्रिय हवाई उडानबाट आएका नेपालीहरूलाई १० दिन होम क्वारेन्टिन र विदेशी नागरिकलाई होटल क्वारेन्टिनमा राखिने निर्णय उनले बताए । यस्तै बैठकले आन्तरिक उडान र अन्तर्राष्ट्रिय सीमा नाका व्यवस्थित गर्ने निर्णय समेत गरेको छ ।
Post Views: 626