देशको नक्सा र भारतीय हस्तक्षेप

देशको नक्सा र भारतीय हस्तक्षेप

 राष्ट्रिय डेली

राकेश राज घिमिरे


कुनै पनि देशमा आफ्नो माटो प्रतिको माया नलाग्ने नागरिक कोहीपनि हुँदैन होला । आज पनि हजुरबुवा, हजुरआमा भन्नुहुन्छ, ‘संसारमा जहाँ गएपनि मर्न भने आफ्नै गाउँघरमै पाइयोस’ यसले पनि थाहा हुन्छ की मानिसहरूलाई आफ्नो देशको माटोको माया कति लाग्छ भन्ने कुरा । संसारमा जतिपनि आज सम्म भएका युद्धहरु छन् ती सबै युद्धको मूल आशय आफ्नो राष्ट्रको अस्तित्व, सिमाना बचाउने घटनाहरू देखिन्छन । राष्ट्रको एक हात जमिन बचाउनका लागि भएपनि शक्तिशाली राष्ट्रहरू विभिन्न हात – हतियार, सैन्य अभ्यासमा ठूलो बजेट छुट्याएर शक्तिशाली हुन पछाडि परेका छैनन । आफ्नो घर धुरीको एक हात सिमाना छिमेकीले मिच्दा त हामी अड्डा अदालत धाउन पछाडि पर्दैनौ भने देशकै सिमाना मिच्दा कुन नेपालीको मनमा राष्ट्रियताको भावना जागेर रगत उम्लिएर आउँदैन होला ।

वि सं १८२६ मङ्सिर १ गते गोरखा राज्यको सट्टा नेपाल राज्यमा नामाकरण गरी कान्तिपुरलाई राजधानी तोकी विधिवत रुपमा नेपालको जन्म भएको पाइन्छ । त्यस बेला सम्म नेपालको सिमा रेखाङ्कनको चलन चल्तीमा आएको थिएन । ब्रिटिश इस्ट इण्डिया कम्पनी र नेपाल बीच भएका विभिन्न सन्धिहुँदै सन् ७ जनवरी १८७५ मा प्रथम पटक सिमा सम्झौता भई वर्तमान नेपालको सीमारेखा कायम भएको थियो ।

पूर्वमा टिस्टादेखि काँगडासम्म फैलिएको नेपाल सुगौली सन्धि पश्चात २,०४,९१७ वर्ग किलोमिटर बाट छोट्याएर १,४७,१८१ वर्ग किलोमिटरमा सिमित रहन पुग्यो । त्यस पश्चात हाल सम्म पनि १,४७,१८१ वर्ग किलोमिटर विभिन्न पाठ्यक्रममा अध्ययन गर्दै आएका हामीले नेपाल, भारत र चीन त्रिदेशीय बिन्दु रहेको स्थल काली मन्दिर भारतले भन्दै आएको छ भने नेपालले चाहिँ त्रिदेशीय बिन्दु लिम्पियाधुरा हुनु पर्ने जोड दिएको छ ।

यसै बीच भएको विवादमा रहेको क्षेत्र लिपुलेक, कालापानी र लिम्पियाधुरामा भएको भारतीय अतिक्रमण पश्चात विभिन्न छलफल, सडक देखि संसद हुँदै विरोधसभा पश्चात नेपालले संसदबाट पारित गरी सार्वजानिक रुपमा २०७७ जेष्ठ ७ गतेका दिन नेपालको नक्सा प्रथम पटक ऐतिहासिक रूपमा लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटी जारी गरेर वर्तमान सरकारले ऐतिहासिक उल्लेखनीय कार्य गरेको छ । तत पश्चात हाल नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग किलोमिटर बाट १,४७,५१६ वर्ग किलोमिटर क्षेत्रफलले आधिकारिकता पाएको छ ।

‘घरजग्गाको लापुर्जा आफूसँग भएपनि जमिनको भोगचलन चाहिँ छिमेकीले गरेको छ’ भने जस्तै लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको नक्सामा मात्र सीमित रहन्छ भन्न सकिँदैन । नक्सामा रहेका भुभाग नेपाल र नेपालीले त्यसमा कति अधिकार जमाउन सक्छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ । आजपनि तराईका अधिकांश जिल्लाहरूका भुभाग भारतले अतिक्रमण गरेका प्रसंगहरु दिनानुदिन आइरहेकै पाइन्छ । राति आफ्नै देशमा सुतेर बिहान उठ्दा भारतमा भएको घटनाहरु धेरै सुन्नमा आउँछ । अर्थात विभिन्न जङ्गे पिलारहरु खुलारुपमा हेपाहा प्रवृत्तिमा सारिरहेका छन् । भारतले नेपालको पश्चिममा दार्चुला देखि पूर्वमा ताप्लेजुङ्ग सम्म ७१ स्थानमा गरी करिब ६०,६६२ हेक्टर क्षेत्रफल जमीन मिचेको छ ।

घना गाउँबस्ती, समाजको पहुँच पुग्ने स्थानमा त भारतले खुलारुपले अतिक्रमण गर्दै आएता पनि नेपालको सरकारी पक्ष यस्ता घटनामा मौन रहेको पाइन्छ । बाक्लो बस्तीमा त नेपालीहरूले भरतीयबाट पाएका सास्तीहरु खपेर बस्न बाध्य भएका छन् भने लिपुलेक, कालापानी र लिम्पियाधुरामा झन् वर्षौँ देखि भारतीय सेनाहरूले आधार शिविर बनाई बसेको स्थानलाई हटाएर नेपालीले कब्जा गर्न त के कल्पना पनि गर्न सक्दैनन ।

वर्तमान सरकारले नेपालको नयाँ नक्सालाई हाल समावेश भनेको छ । नक्सा जारी गरेर पाएको सस्तो लोकप्रियता सरकारले फेरि पनि नेपालीहरुलाई निराश पार्न पछाडि परेनन । यस्तो कुरा कुन स्वार्थले भने त्यो उनीहरूनै जानुन । यस्तै हुँदै जाने हो भने अबको हाम्रो २÷४ वर्ष पछाडिका पुस्ताले नेपाललाई नक्सा मात्र पाउने छन् भने नेपालको आधा भन्दा बढी भू–भाग भारतमा पाउने दिन धेरै टाढा छैन् । कुनै पनि इतिहास वा गतिविधि को जानकारी पाठयक्रममा समावेस हुँदै गएपछि एक पुस्ताबाट अर्काे पुस्तामा हस्तान्तरण हुँदै जान्छ तर प्रधानमन्त्रीले हाललाई नयाँ नक्सा पाठ्यक्रममा समावेश नगर्नु भनेपछि हामीले आफ्नो नयाँ नक्सा कोर्न नपाउने भयौ भने, अब आउने पुस्ताले फेरि पनि कालापानी, लिम्पियाधुरा, लिपुलेक नेपालमै थियो र ? भनेर प्रश्न नगर्नलान भन्न सकिँदैन ।

हामी नेपलीहरूले फेरि पनि त्यस क्षेत्रमा बसोबास गरी तिरो तिर्न कहिले दार्चुला जिल्लाको सदरमुकाम आउन पाउने छौँ ? तराई बासीहरुले कहिले आफ्नो अतिक्रमित जमिन फिर्ता पाउने छन ? नेपालीहरूले नक्सा विवादको विरोध गर्न कहिले सम्म सडक तताउनु पर्ने ? म जस्ता लाखौं नेपालीहरूको मनमा उब्जिएको प्रश्नको चित्तबुझ्दो उत्तर पाउन कहिले सम्म पर्खिनु पर्ने ?

adv-single
सम्बन्धित समाचार

बाँदर धपाउन बन्दुक पड्काउँदा छर्रा लागेर एक जनाको मृत्यु

विराटनगर । पाँचथरमा बाँदर धपाउनका लागि भरूवा बन्दुक पड्काउँदा बारूदको छर्रा लागेर एक जनाको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका-४, सिबुवाका ५१ वर्षीय मनकुमार सिगुको मृत्यु भएको हो । प्रहरीका अनुसार आइतबार राति साढे १०...

कतारका राजाको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा

काठमाडौँ । सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ । सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले यही वैशाख ११ देखि गर्ने नेपालको...

झापामा सहकारी संस्थामा चोरी गर्ने ६ जना पक्राउ

भद्रपुर (झापा) । झापामा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विभिन्न सहकारी संस्थासहित चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो । विभिन्न सहकारी संस्था तथा...

टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०-टू भी रिफ्रेस सार्वजनिक, कति छ मूल्य ?

विराटनगर । टीभीएस मोटर नेपालको एक मात्र आधिकारिक विक्रेता जगदम्बा मोटर्सले टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०-टू भी रिफ्रेस आज विराटनगरमा सार्वजनिक गरेको छ । यसअघि टीभीएसले नेपाली बजारमा टीभीएस रोनिन, अपाचे,एन्टर्क, रेडर, आईक्युबजस्ता उत्कृष्ट...

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुई जनाको मृत्यु, ६ घाइते

वासिङ्टन । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको स्थानीय प्रहरीले बताएको छ । घटनास्थलमा दुई जना मृत फेला परेको र घाइते छमध्ये एक...

नेपालको दुईदिने राजकीय भ्रमणमा आउँदै कतारका अमिर

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण गर्ने भएका छन् । भ्रमणका अवसरमा उनले राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता...

अर्घाखाँचीमा आगलागी हुँदा ४३ घर–गोठ जलेर नष्ट

अर्घाखाँची । अर्घाखाँचीका विभिन्न स्थानमा शनिबार भएको आगलागीका कारण ४३ घर–गोठ जलेर नष्ट भएका छन् । आगलागीका कारण २० वटा घर, २३ गोठ, ११ बाख्रा र छ भैंसी चलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक...

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्नै हुन्छ : प्रधानमन्त्री

सुदूरपश्चिम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्न ढङ्गले ल्याउन लागेको बताएका छन् । आज धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम...

कोशी, मधेस र लु्म्बिनी प्रदेशका तराई क्षेत्रमा हुरीबतासको चेतावनी

काठमाडौँ । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको...

मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, सामागाउँ पर्ने मनास्लु हिमालमा आज बिहान ठूलो हिमपहिरो खसेको छ । मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र ताल नजिकै हिमपहिरो खसेको सामागाउँका दिजेन लामाले जानकारी दिए । पहिरो वीरेन्द्र तालमा...

गण्डकीमा चुमानलाई आर्थिक र मनाङेलाई भौतिक मन्त्रालयको जिम्मेवारी

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरूको कार्यविभाजन गरेका छन् । उनले विनाविभागीय मन्त्रीद्धय हरिबहादुर चुमान र राजीव गुरूङ (दीपक मनाङे) लाई आज जिम्मेवारी तोकेका हुन् । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेतासमेत रहेका...

सगरमाथा आरोहण उत्साहजनक : उठ्यो ५० करोड बढी राजस्व

काठमाडौँ । वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट ५० करोड रूपैयाँ भन्दा बढी राजस्व सङ्कलन भएको छ । पर्यटन विभागका अनुसार यस यामका लागि सगरमाथा आरोहण गर्न अनुमति लिएका तीन सय ५२ जनाबाट ५० करोड...