विद्यालयमा तालाबन्दी, आन्दोलन उत्कर्षमा

विद्यालयमा तालाबन्दी, आन्दोलन उत्कर्षमा

 राष्ट्रिय डेली

इटहरी, १४ बैशाख । इटहरीमा रहेको शहीद स्मृति आवासीय विद्यालयमा भएको अनियमितता प्रकरण उत्कर्षमा पुगेको छ ।
इटहरी १९ मा रहेको शहीद स्मृति विद्यालयमा अनियमितता भएको भन्दै स्थानीयबासीले केही हप्ता अघि संघर्ष समिति बनाएर छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको कार्यालय, स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी समेत गरेका थिए ।


तर, अघिल्लो साता इटहरी उपमहानगरपालिकाको शिक्षा शाखाले विद्यालयमा भएको कुरा सोही ठाउँमा मिलाउन भन्दै विद्यालय व्यवस्थापन समिति, स्थानीयबासी र सरोकारवाला निकायलाई निर्देशन दिएको थियो । उपमहानगरपालिकाले निर्देशन दिएपनि हालसम्म समस्याको निक्र्याैल ननिस्किदाँ आन्दोलन उत्कर्षमा पुगेको हो । सोमबार स्थानीयबासीसहित अनेरास्ववियू सुनसरीले विद्यालयमा नाराबाजी गर्दै तालाबन्दी गरेको छ ।


अनेरास्ववियू सुनसरीका अध्यक्ष रोशन रेग्मीका अनुसार विद्यालयलाई पार्टीगत गुटको राजनीति गर्दै लगेको र विद्यार्थीको भविष्यमाथि खेलवाड गरेकाले तालाबन्दी गरिएको हो । उनले भने, ‘विद्यालयमा भएका सबै आर्थिक गतिविधि सत्यतथ्य सार्वजिनक गर्नुपर्छ, हामीले सूचनाको हक प्रयोग गरेर फेहरिस्त माग गरेका छौँ ।’ रेग्मीले विद्यार्थीलाई सबल बनाउनका लागि विद्यालयको बेथिति हल गरिनुपर्ने बताए ।


शहीदका छोराछोरी, अपाङ्ग, अशक्त तथा द्वन्द्वपीडित बालबालिका अध्यापन गराउनका लागि स्थापना भएको उक्त विद्यालयमा केही सीमित व्यक्तिका कारण बेथिति बढेको भन्दै संघर्ष समिति बनाइएको थियो । संघर्ष समिति बनेको केहीदिनमै विद्यालयका प्रिन्सिपल शिवचन्द्र राई र लेखापाल लीला काफ्लेलाई विद्यालयबाट निकाला गरिएको थियो ।

उनीहरुलाई निकाला गरिएपछि भने विद्यालयमा झनै आन्दोलन उत्कर्षमा पुगेको छ । यस विषयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराम गिरीले भने खास समस्या नभएको प्रतिक्रिया दिए ।

adv-single
सम्बन्धित समाचार

नेपाल र चीन प्राचीन ज्ञानको भूमि: प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन प्राचीन ज्ञानको भूमि भएको बताएका छन्। चीनको चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्दै भने, ‘नेपाल र चीन प्राचीन ज्ञानको भूमि हो।’...

सुनको मूल्यमा सामान्य वृद्धि

  विराटनगर। स्थानीय बजारमा बुधबार पहेलो धातुको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलामा १ लाख ५० हजार ३ सयमा कारोबार भएको सुनको...

हेटौँडामा लडेर एक युवकको मृत्यु

    विराटनगर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका ६ मा लडेर एक युवकको मृत्यु भएको छ। हेटौँडा–६ कल्यानटारका २८ वर्षीय उद्धव राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । मंगलबार साँझ आफ्नै घरको...

प्रकाशमानले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली चीन प्रस्थान गरेसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान श्रेष्ठलाई दिइएको छ। सोमबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी श्रेष्ठलाई दिइएको जनाएको हो। यसअघि...

उपनिर्वाचन :मतगणना अन्तिम चरणमा, कुन दलले कहाँ जिते ?

विराटनगर । स्थानीय तह उपनिर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ। पछिल्लो मतपरिणाम अनुसार कांग्रेसले १५ वडामा वडाध्यक्ष पदमा निर्वाचित भएको छ। एमालेले एक अध्यक्ष र एक उपाध्यक्षसहित ५ वटा वडामा वडाध्यक्ष जितेको छ। यसैगरी माओवादीले...

मोरङको ग्रामथाममा  नमोनारायण माझी विजयी

  विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमो नारायण माझी निर्वाचित भएका छन्। माझीले ६९६९ मत ल्याएर विजयी हुँदा कांग्रेसका बलराम सरदार थारू ५३३३ मतसहित दोस्रो भए। यसअघि कांग्रेसले जितेको यो गाउँपालिकामा...

१ हजार २ सयले घट्यो सुनको मूल्य

विराटनगर । स्थानीय बजारमा सोमबार पहेलो धातुको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला १ हजार २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आईतबार तोलामा १ लाख ५० हजार ५ सयमा कारोबार...

भेडेटारमा भिजी कलेजको एक दिने अभिमुखीकरण सम्पन्न

  विराटनगर । विराटनगर – ११ मा रहेको भिजी कलेजले बिबिए ,बिएसी र सिएसआइटीको नयाँ सत्रमा भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कलेजले कोशी प्रदेशको पर्यटकीय स्थल भेडेटारमा नयाँ संकायमा भर्ना भएका...

अर्किड कलेजलेद्वारा विज्ञान विषयका विद्यार्थीहरुलाई अवलोकन

  विराटनगर । विराटनगरको अर्किड कलेजले कक्षा ११ का विज्ञान तर्फका विद्यार्थीहरुलाई अवलोकन भ्रमण गराएको छ । कलेजले कक्षा ११ मा विज्ञान विषयमा बायोलोजी अध्ययन गर्ने  २५० भन्दा बढि विद्यार्थीहरुलाई लेटाङको राजारानीमा अवलोकन भ्रमण गराएको...

शेयर बजारमा दोहोरो अंकले वृद्धि, बढ्यो कारोबार रकम

  विराटनगर । मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार ३३.४१ अंकले बढेर २,७१६ बिन्दुमा कायम भएको छ । शेयर बजारमा २१० कम्पनीको शेयर मूल्य बढेको छ भने ३३ कम्पनीको शेयर मूल्य...

मूल्य घटेपछि सुनको माग बढ्यो

विराटनगर । सरकारले सुन आयातमा लाग्ने भन्सार दर आधा घटाएपछि त्यसको प्रभाव उपभोक्ता बजारमा देखिएको छ। सुनचाँदी पसलमा सुन किन्ने उपभोक्ताको सङ्ख्या बढेको छ। सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष मणिरत्न शाक्य मूल्य घटेपछि माग बढ्नु...

इजरायली राजदूत पुगे सुन्दरीजलस्थित बिपी सङ्ग्रहालय

  विराटनगर। । नेपालका लागि इजरायलका राजदूत शुमलिक एरी बासले सोमवार सुन्दरीजलस्थित बिपी सङ्ग्रहालय पुगेका छन्। इजरायल र नेपालबीचको ६४ वर्ष पुरानो कूटनीतिक सम्बन्धलाई अझ दिगो बनाउने तथा तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाप्रति सम्मान प्रकट गर्न...