विराटनगर । विराटनगरमा शुक्रबार (भोली) माध्यमिक विद्यालय स्तरीय खुला कविता प्रतियोगिता हुने भएको छ ।
विराट आदर्श साहित्य मञ्चको आयोजनामा खुला कविता प्रतियोगिता हुन लागेको हो । सुशिला कोइराला नाटकघर गुरुकुलमा प्रतियोगिता संचालन हुनेछ । प्रतियोगितामा विराटनगरका ११ वटा प्लस टुको सहभागीता रहने संस्थाका अध्यक्ष कटवाल दीपकले जानकारी दिए ।
विराटनगरको भानु, अरनिको, अर्किड, शिक्षादिप, मेरिल्याण्ड, सत्यनारायण माबिका विद्यार्थीले कार्यक्रममा सहभागीता जनाएका छन् ।
यस्तै सेन्ट जोसेफ, मोर्डनएरा, कान्तिपुर, सिद्धार्थ प्लस टु र कोशी मल्टिपल कलेजका विद्यार्थीले प्रतियोगीतामा सहभागीता जनाउने कटवालले बताए । कार्यक्रम शुक्रबार दिउँसो साढे १ बजे गुरुकुलमा सुरु हुनेछ ।