विराटनगर । नेपाली काङ्ग्रेस वडा नम्बर ४ ले नव बर्ष २०७९ को सुखद उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाली काङ्ग्रेस वडा नम्बर ४ का सभापति राजकुमार तब्दार को सभापतित्व मा सम्पन्न कार्यक्रममा प्रदेश नम्बर एक क्षेत्र नम्बर छ ु कु का साम्सद चुमनारायण तब्दारको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पुर्व राज्य मन्त्री शिव बस्नेत , नेपाली काङ्ग्रेस महानगर सभापति दिपक चापागाईं, नेपाली काङ्ग्रेस मोरङ का सह सचीव सन्जय मण्डल , नेपाली काङ्ग्रेस जिल्ला सदस्य देवचन्द्र घिमिरे ,क्षेत्र नम्बर छ का सह सचिव केशव गिरि , बिराटनगर महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष तथा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि देवेन्द्रराज पोखरेल नेपाली काङ्ग्रेस महानगर सभापति दिपक चापागाईं, महानगर समिती सचिव झुमा निरौला लगायत ले आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाली काङ्ग्रेस वडा नम्बर ४ का उपसभापति अर्जुन चुडालले आउदो नया बर्षले नेपाली काङ्ग्रेसको भबिस्य निर्धारण गर्न महत्त्वपूर्ण साबित हुने बिचार ब्यक्त गर्दै उपस्थित सबैमा शुभकामना सहित स्वागत गरेका थिए ।
त्यस्तै कार्यक्रममा प्रकाश पार्दै नेपाली काङ्ग्रेस वडा नम्बर ४ का उपसभापति बलकराम राजबंशिले नया बर्ष लाई नेपाली काङ्ग्रेसले उत्साहका साथ मनाउने गरेको परम्परालाइ मध्यनजर गर्दै यो कार्यक्रमको आयोजना गरिएको जानकारी दिदै नयाँ बर्षले नेपाली काङ्ग्रेसका आम कार्यकर्तामा एकताको भावना निर्माण गर्दै आगामी दिनमा एक भएर चुनावमा होमिने बाताबरण निर्माण गर्नेमा आफू बिश्वस्त रहेको बताए ।
नेपाली काङ्ग्रेस महानगर सभापति दिपक चापागाईंले बिगतका काङ्ग्रेसका महाअधिबेशनमा भएका तिक्ततालाई बिर्सिएर अब सबै एक ढिक्का भएर चुनावमा होमिनुको बिकल्प नरहेको बताउदै गठबन्धन बिराटनगरको हक मा आवश्यक छ कि छैन भन्ने बारे पार्टी नेतृत्वलाई तल्लो तह बाट नै सुझाव गएको हुँदा सोही भावनालाई पार्टीले आत्मसात गर्नेमा आफू बिश्वस्त रहेको बताउदै नयाँ बर्षले सबैमा नयाँ उत्साह र उमंग ल्याउने छ र चुनाबी मैदानमा काङ्ग्रेसले जितको झन्डा फरफराउने छ भन्ने बिश्वास सहित शुभकामना ब्यक्त गर्नु भयो ।
त्यस्तै पुर्व राज्यमन्त्री शिव बस्नेत ले शुभकामना ब्यक्त गर्दै काङ्ग्रेस एक ढिक्का भएर मैदानमा उत्रिने हो भने कसैले पनि काङ्ग्रेसलाई पराजित गर्न नसक्ने र पार्टीले निर्देशन गरे बमोजिम चल्नु पर्ने भएकाले सोही अनुसार आफ्नो मनस्थिति बनाएर चुनावमा होमिन आग्रह गरेका छन् ।
त्यस्तै जिल्ला सदस्य देवचन्द्र घिमिरेले नेपाली कांग्रेस केन्द्रिय समितिको निर्णय विरुद्ध कोइ हिड्न नमिल्ने हुँदा आवश्यकता अनुसार तालमेल गर्न पछि हट्नु नहुने,जसले टिकट पाउछ सबै मिलेर जिताउन प्रण गर्ने ,नयाबर्षले सबैमा उत्साह र उर्जा ल्याउने छ बैशाख हुने निर्वाचनमा यहि उत्साह नै जितमा परिणत होस भन्दै शुभकामना व्यक्त गरे।
त्यस्तै क्षेत्र नम्बर ६ का सह सचिव केशव गिरिले सुरुमा काङ्ग्रेस आफू आफू भित्र मिल्नु पर्ने यसो हुदा आफू बिच मन मिल्दा गठबन्धन बिना नै चुनाव जित्न सकिने हुँदा सोही अनुसार अघि बढ्न सके काङ्ग्रेस देश ब्यापी रुपमा बिजयी हुने बिचार ब्यक्त गरे ।
बिराटनगर महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष तथा नेपाली काङ्ग्रेस महाअधिबेशन प्रतिनिधि देबेन्द्रराज पोखरेलले पार्टीको तर्फबाट जसले टिकट पाए पनि जितका लागि सबै एकजुट भएर लाग्नु को विकल्प नरहेको र बिगतमा नेपाली काङ्ग्रेस ले जितेको क्षेत्र भएकाले यस क्षेत्रमा गठबन्धन गर्नुको औचित्य नरहेका आफ्नो सुझाव रहेको जनाउदै नयाँ बर्ष सगै देश चुनावी अभियानमा होमिने हुदा पार्टीको निर्देशनलाइ आत्मसात गर्दै अघि बढ्नु पर्ने र सबै तिर काङ्ग्रेस लाई एक नम्बर पार्टी बनाउन लाग्नु पर्नेमा जोड दिएका थिए ।
Post Views: 6