झापा । झापाको भद्रपुर स्थित चारआलीमा रहेको श्रीजी फुड प्रा.लिले विभिन्न स्वादका अचार नेपाली बजारमा पुर्याउँदै आएको छ । नेपालमै उत्पादन भएका उत्पादनलाई प्रयोग गरेर विभिन्न स्वादका अचार बजारमा पुर्याउँदै आएको श्रीजी फुड्सले अचार उत्पादनका लागी चाहिने कच्चा पदार्थ समेत बिक्रि बितरण गर्ने भएको छ ।

२०७६ सालबाट अचारको उद्योग सुरु गरेको श्रीजी फुड प्रा.लिले स्वदेशमा मात्र नभएर बिदेशमा समेत अचार निर्यात गर्ने लक्ष्य लिएको छ । । अहिले हरेक दिन एक हजार केजीसम्म अचार उत्पादन गर्दै आएको छ । कच्चा पदार्थ जतिबेलै पाउन नसकिने भएका कारण र साना अचार उद्योगहरुलाइ अचार उत्पादनका लागी सहज होस भनेर अचार संगै कच्चा पदार्थ समेत बिक्रि गर्दै आएको श्रीजी फुड्स उद्योगकी सञ्चालिका पुर्णिमा उपाध्यायले बताइन ।
कच्चा पदार्थ भण्डारण गर्न असहज हुने र अचार उत्पादनका लागि चाहिने कच्चा पदार्थ सबै व्यावसायीहरुले भण्डारण गर्न नसक्ने भएका कारण स्वदेशी उत्पादनलाइ टेवा पुर्याउन श्रीजी फुड प्रा.लिले
साना अचार व्यावसायीहरुलाइ कच्चा पदार्थ उपलब्ध गराउँदै आएको छ ।