विराटनगर चीनको सांघाईमा कोरोनाको कारण आज थप सात जनाको मृत्यु भएको छ । यो सँगै सांघाईमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । यसअघि पनि कोभिडबाट सांघाईमा सोमबार तीन र मंगलबार सात जनाको मृत्यु भएको चीनको स्वास्थ्य आयोगले जनाएको छ ।
साढे दुई करोड जनसंख्या भएको सांघाईमा तीब्ररूपमा फैलिएको ओमिक्रोन भाईरसका कारण संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । महामारीसँग जुध्न सरकारले कडा प्रतिबन्ध लगाएको छ र सामूहिक परीक्षणको दायर पनि बढाएको छ । चीनीयाँ अधिकारीहरूका अनुसार– ‘पछिल्लो पटक मृत्यु भएका सातै जना दीर्घरोगी भएको र उनीहरू फोक्सोको क्यान्सर र सुगरबाट पनि पीडित थिए । यसैबीच, सांघाईमा बुधबार थप १८ हजार नयाँ संक्रमित भेटिएका छन् । कोरोना महामारी फैलिएपछि सांघाईमा तीन सातादेखि लकडाउन लगाईएको छ