काठमाडौं । आयात कम गर्न सरकारले विभिन्न वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक सूचना प्रकाशित गर्दै मदिरादेखि ताससम्मका बस्तुको आयात २०७९ असार मसान्तसम्मको लागि रोक लगाइएको हो।
मन्त्रालयले जारी गरेको सूचनामा मदिरा, मोटरसाइक, टेलिभिजन, तास, खेलौना लगायतका बस्तुको आयातमा प्रतिबन्घ लगाएको हो। त्यस्तै कुरकुरे, कुरमुरे, लेज र उत्पादनहरु सबै प्रकारका तयारी मदिरा (कच्चा पदार्थबाहेक), चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थबाहेक), हिरा (औद्योगिक कच्चा पदार्थबाहेक) , मोबाइल सेट र रंगिन टेलिभिजन (३२ इञ्चभन्दा माथि) समेत रोक लगाएको छ । त्यस्तै, जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शवबाहन बाहेक), २५० सीसीभन्दा माथिका मोटरसाइकल र सबै प्रकारका खेलौनाहरुको आयातमा समेत प्रतिबन्ध लगाएको हो ।
उच्च दरले आयात बढ्दै गएको कारण विदेशि विनिमय सञ्चिति घट्दै गएपनि अत्यावश्यक नरहेका बस्ततुहरुको आयातमा कडाई गरेको हो।
मन्त्रालयका अनुसार पैठारीमा बन्देज लगाइएका वस्तुहरु नेपालस्थित कुटनीतिक नियोगले आफ्नै प्रयोजनका लागि आफैले पैठारी गर्न बाधा पर्ने छैन । साथै वैशाख १३ गतेभन्दा अघि बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भइसकेको हकमा भने यो व्यवस्था लागू नहुने मन्त्रालयको भनाइ छ ।
Post Views: 4