काठमाडौं । सरकारले जेठ १ गतेदेखि हप्तमा २ दिन बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्री परिषद्को बैठकले जेठ १ देखि लागू हुनेगरी बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ देखि लागू हुने गरी बिहान ९ः३० बजे र साँझ ५ः३० सम्म कार्यालय कायम गर्ने ,शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।
नेपाल आयल निगम समेतको सुझावको आधारमा मन्त्रिपरिषद्मा यो विषय विचाराधीन रहेकामा हाल निर्णय गरिएको हो । यो निर्णयले पेट्रोलियम पदार्थको अभावलाई कम गरी पेट्रोलियम पदार्थको खपत कम हुनुका साथै यातायात जाम पनि कम हुने विश्वास सरकारको छ ।
Post Views: 0