
‘मुनामदन’ मञ्चनको समय थप चार दिन थपियो
विराटनगर । महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘मुनामदन’ मा आधारित नाटक मञ्चनको समय थप चार दिन थपिएको छ । असोज ४ गतेबाट मञ्चन सुरु भएको नाटक असोज १६ सम्म मञ्चन गर्ने भनिए पनि दर्शकको आग्रहमा...
विराटनगर । छात्रवृत्तीमा नाम निकाल्ने ५५ जना विद्यार्थीलाई अरनिको कलेजले सम्मान गरेको छ । पूर्ण छात्रवृत्तीमा नाम निकाल्ने ४८ जना विद्यार्थीहरुलाइ आज एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो ।
अरनिको कलेजमा अध्यनरत ६ जना विद्यार्थीले एमबीबीएसमा पूर्ण छात्रवृत्तीमा नाम निकाल्न सफल भएका छन् । यसैगरी बीडीएसमा तीनजना, बीएससी एग्रीकल्चरमा ७ जना, इन्जिनियरिङ्गमा २६ जना, बीपिएचमा ३, बीएससी एक जना र बीएससी नर्सिङमा दुई जना गरी अरनिको कलेजबाट कक्षा–१२ सकेका ४८ जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका थिए ।
यसैगरी कलेजमा स्थापना गरिएको कोषबाट ७ जना विद्यार्थीलाई छात्रवृती प्रदान गरेको छ । दिवश थापाद्धारा स्थापित सुरेन्द्र थापा र रीताथापा छावृत्तिबाट निरमाया तामाङ्ग, विवेक रौनियारलाई पूर्ण छात्रवृत्ति प्रदानगरिएको छ । यस्तै विभसना किरण रेग्मी, मरिया सिलवाल, पियुष नेपाल र नितेश रौनियारलाई जनही पाँचहजार रुपैयाँले पुरस्कृत गरिएको छ । निलहरि भण्डारी छात्रवृत्ति दीक्षा गुरूङलाई प्रदान गरिएको छ ।
सोही अवसरमा कलेजको मुखपत्र अरनिको दपर्ण नामको पत्रिका विमोचन गरिएको छ । उक्त पत्रिकामा स्कुलका गतिविधी र विद्यार्थीहरुकोको रचनाहरु समावेश गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय परिक्षा बोर्ड कोशी प्रदेशका निर्देशक युवराज पौडेल, अरनिको आवासिय माध्यमिक विद्यालय संचालक समितिका अध्यक्ष लक्ष्मी प्रसाद अधिकारी, प्रिन्सिपल राजेश कार्की, कार्यक्रम संयोजक विकास खनाल, कलेजका सञ्चालक सम्पादक डा. भविन्द्र निरौला साहित्यकार विवस पोखरेल, साहित्यकार भरत गुरागाई र दिनेश सुवेदीले पुस्तक लोकार्पण गरेका थिए ।
विराटनगर । महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘मुनामदन’ मा आधारित नाटक मञ्चनको समय थप चार दिन थपिएको छ । असोज ४ गतेबाट मञ्चन सुरु भएको नाटक असोज १६ सम्म मञ्चन गर्ने भनिए पनि दर्शकको आग्रहमा...
विराटनगर । टिभिएस बाइकको एक्स्चेन्ज मेला असोज ९ देखि १२ गते सम्म विराटनगरमा सुरु हुने भएको छ । एक्स्चेन्ज मेलामा विभिन्न अफरहरु सार्वजनिक गरिएको छ । जस अन्तर्गत नकिन्दै एक लाखसम्म जित्ने मौका ,...
विराटनगर । महाकवि लक्ष्मीप्रसाद देवकाटाको चर्चित खण्डकाव्य हो– ‘मुनामदन’ । सर्वाधिक बिक्री हुने नेपाली साहित्यिक पुस्तकको रूपमा यसको भिन्न स्थान छ । तिब्बतको ल्हासासँग नेपाली समाजको आर्थिक सम्बन्ध बलियो भएको समयको यो अमर दस्तावेज हो। झ्याउरे लयमा...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सोमबार मुख्यमन्त्री कार्कीले २ जना मन्त्री र २ जना राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । बुद्धिकुमार राजभण्डारी खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री...
विराटनगर । काठमाडौं विश्वविद्यालयले एमबीइ कार्यक्रम संचालन गरेको छ । काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टको नयाँ र परिस्कृत कार्यक्रमका रूपमा उक्त कार्यक्रम सुरु गरिएको हो । उक्त कार्यक्रममा बर्तमान विश्व परिवेशलाई सुहाउँदो कार्यक्रम सुरु गरिएको...
संखुवासभा । प्राज्ञिक विद्यार्थी विद्यार्थी परिषद् नेपालले संखुवासभामा शैक्षिक सामग्री वितरण गरेको छ । सोमबार एक कार्यक्रमको आयोजना गर्दै परिषदले हिमालय किरण पब्लिक क्याम्पस खाँदबारीमा शैक्षिक सामग्री वितरण गरेको हो । भारतीय जनता र भारत...
विराटनगर । नेपाल फर्मास्युटिकल एसोसियसन कोशी प्रदेशले विभिन्न कार्यक्रम गरेर विश्व फार्मासिस्ट दिवस मनाएको छ । सोमबार विराटनगरमा स्वास्थ्य क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूको उपस्थितिमा एसोसियसनले दिवस मनाएको हो । दिवसको अवसरमा एसोसिएसनले शहिद रंगशालाबाट बरगाछीस्थित मनास्तु...
काठमाडौंं । नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका चिनियाँ समकक्षी प्रधानमन्त्री ली छ्याङबीच आज ग्रेट हल अफ...
विराटनगर । विराटनगर स्थित शुशिला कोइराला नाटकघर आरोहण गुरुकुलमा महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘मुनामदन’ मा आधारित नाटक मञ्चन भइरहेको छ । विराट आदर्श साहित्य मञ्चको आयोजनामा असोज ४ गतेदेखि नाटक मञ्चन सुरु भएको हो...
विराटनगर । आरोहण गुरुकुल विराटनगरले आयोजना गरेको विद्यालय नाटक महोत्सव २०८० पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलको ‘स्वाद’ नाटक प्रथम भएको छ । हाटखोलास्थित गुरुकुलको बालकृष्ण पोखरेल नाटकघरमा सम्पन्न भएको महोत्सवमा बाल मनोविज्ञान, सामाजिक विकृति,...
विराटनगर । विराटनगर–९ मा अवस्थित सोम्स कलेजले तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । आइतबार कलेजमा एक कार्यक्रमको आयोजना गरि सोम्सले तिज विशेष कार्यक्रम सम्पन्न गरेको हो । तिज विशेष कार्यक्रमको अवसरमा विद्यार्थीहरूले विभिन्न...
विराटनगर । श्रीलङ्कालाई हराउँदै भारतले एसिया कप क्रिकेटको उपाधि जितेको छ । कोलम्बोमा भएको फाइनल खेलमा श्रीलङ्कालाई १० विकेटले हराउँदै भारत आठौँ पटक एसिया कपको विजेता बनेको हो । श्रीलङ्काले दिएको ५१ रनको झिनो लक्ष्य...