धरान, २ जेठ । लायन्स क्लब अफ धरान घोपा युनाइटेडको पहलमा अत्यावश्यक खाद्यान्न सामाग्री वितरण गरिएको छ । कोरोना भाइरस महामारीले दैनिक ज्यालादारी गरी गुजारा गर्ने मजदुरहरुको घरपरिवारमा छाक टार्न समस्या परिरहेका बेला लायन्स घोपा फुड बैंकले खाद्यान्न सामग्री वितरण गरेको हो ।
सुनसरीको धरानमा पहिलो चरणमा बिहीबारसम्म सामाजिक दुरीको ख्याल गर्दै सरकारी तथा अन्य सुविधा नपाएका र श्रममा लागेका एक सय ६५ विपन्न परिवारहरुले खाद्यान्न प्राप्त गरेका छन् भने आउने दिनहरुमा पनि विपन्न र आवश्यकता भएकाहरुलाई राहत खाद्यान्न सामाग्री वितरण गरिने बिपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा कार्यरत इन्टर्न तथा लायन्स क्लब अफ धरान घोपा युनाइटेडका अध्यक्ष लायन डा. शुभमकुमार अग्रवालले बताए ।
कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै लायन्स क्लब अफ धरान घोपा युनाइटेडले ‘लायन्स युनाइटेड फुड बैंक’ मार्फत धरानका विभिन्न ठाउँहरुमा अति विपन्न परिवारहरुलाई व्यवस्थित तरिकाले दुरी कायम गर्दै राहत सामाग्री वितरण गरिरहेको छ ।
‘मैले प्रत्यक्ष रूपमा आफ्नो टिमसंग ३ पटक गएर धरान ८ नम्बर वडामा रहेका असहाय, दैनिक ज्यालादारी मजदुर, ठेलागाडी तथा नाङला पसले, घरेलु कामदारहरूलाई राहत वितरण गरिसकेको छु, सहयोग राहत पाउन बाँकी अरु वडाका अरुहरुलाई आउने दिनहरुमा वितरण गरिने छ ।’ अध्यक्ष अग्रवालले भने ।
‘चामल, तेल, दाल, आलु, नुन, बिस्कुट, चाउचाउलगायतका खाद्य सामग्री वितरण गरिरहेका छौँ, फारम भरेर कुपन लिएका राहत पाउन बाँकी परिवारहरुलाई आउने शुक्रवारसम्म वितरण गर्नेछौ ‘ कार्यक्रम संयोजक लायन रक्षा खरेलले भनिन् । यस्तै अरु वडाहरुबाट राहत लिनका लागि ३ सय भन्दा बढी निवेदन परेका छन् । निवेदनमाथि छानविन गरि आउने एक हफ्ताभित्र आवश्यकता भएकाहरुका घरघरसम्म राहत पुर्याइदिने योजना रहेको लायन डा. प्रभात कापडीले बताए ।
विराटनगर । संखुवासभाको मकालु गाउँपालिका(२ का ३० वर्षीय लाक्पा शेर्पालाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मकालुबाट खटिएको प्रहरी टोलीले शेर्पाको घर खानतलासी गर्दा कोठाबाट लोड गरेको एक थान भरुवा बन्दुक र...
विराटनगर । मोरङको रंगेली नगरपालिका-८ स्थितबाट स्रोत नखुलेको रकमसहित एक जना महिलालाई पक्राउ गरिएको छ । रंगेली नगरपालिका-८ दर्वेशा की ६५ वर्षीया ज्योतिदेवी अग्रवालले घरमा अवैध रकम राखेको छ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय...
विराटनगर । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्किएले सिरियाली शरणार्थीहरूको स्वेच्छिक र सुरक्षित फिर्ताको सुविधाको लागि दक्षिणी हाते प्रान्तमा सिरियासँगको सीमाना खोल्ने बताएका छन्। टर्कीको राजधानी अंकारामा बसेको मन्त्रिपरिषद् बैठकपछि पत्रकार सम्मेलनमा एर्दोगानले उक्त कुरा...
विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनी खरो स्वभावका नेता मानिन्छन् । उनी डा। शेखर कोइराला समूहमा पहिल्यैदेखि खुलेर लागेका छन् । मुख्यमन्त्री भएका बेला आफू...
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा सुरेशप्रसाद आचार्यले आज पद तथा गोपनीयताको सपथ लिएका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त आचार्यलाई र प्रधानमन्त्रीको...
विराटनगर । सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज सातौंपटक अदालतमा उपस्थित गराइँदै छ। सानो पाइला सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पर्सा लगिएका लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित...
विराटनगर । बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको भूकम्प...
विराटनगर । रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाहरूलाई जोड्ने उद्देश्यले विराटनगर महानगरपालिकाले दोस्रोपटक ‘महानगर रोजगार मेला’ आयोजना गर्ने भएको छ । महानगरले आगामी पुस १ र २ विराटनगरस्थित वीरेन्द्रसभा दक्षिणमा अवस्थित ‘इको पार्क’मा मेला आयोजना...
विराटनगर । २५ मंसिर (मंगलबार) शेयर बजारमा सामान्य अंकले गिरावट आएको छ । शेयर बजार ६.३२ अंकले घटेर २,६६९ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ कम्पनीको...
विराटनगर। २५ मंसिर मंगलबार शेयर बजारमा सामान्य अंकले गिरावट आएको छ । शेयर बजार ६.३२ अंकले घटेर २,६६९ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ कम्पनीको शेयर...
विराटनगर । नेपाल पत्रकार महासंघ कोशी प्रदेशको यही मंसिर २८ गते हुने निर्वाचनमा अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । सोमबार अध्यक्षमा तीन जनाले उम्मेदवारी दर्ता गरेका हुन् । अध्यक्षमा भरत खड्का, विवेक गौतम र...
विराटनगर । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सरकारले अन्याय र अमानवीय व्यवहार गरिरहेको बताएका छन्। मंगलवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सांसद शर्माले यस्तो बताएका हुन्। उनले नेपाल सरकारका प्रधानमन्त्री र गृहमन्त्रीसँग...
हाम्रो बारेमा
राष्ट्रियडेली कोशी प्रदेशका सक्रिय युवाहरूको टिमले सञ्चालन गर्दैआएको अनलाइन पोर्टल हो । समाजका सही घटनाहरूलाई आम-समुदायमाझ पुर्याउनु र राज्यलाई खबरदारी गर्नु हाम्रो उद्देश्य हो । राष्ट्रियडेली अनलाइन आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) को सदस्य संस्था हो ।