देवानगञ्जमा निषेधाज्ञामा पनि रोकिएन तेल तस्करी, स्थानीय मिलेर तस्करमाथि कुटपिट

देवानगञ्जमा निषेधाज्ञामा पनि रोकिएन तेल तस्करी, स्थानीय मिलेर तस्करमाथि कुटपिट

 राष्ट्रिय डेली

विनोद मेहता
विराटनगर, ३ जेठ । कोरोना महामारीको दोस्रो लहरपछि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञामा पनि सुनसरीको देवानगञ्ज गाउँपालिकामा इन्धन तस्करी हुनेक्रम रोकिएको छैन । सोमबार बिहान देवानगञ्ज–२ मा एक तस्करले करिब २२० लिटर डिजेल भारततफै लैजाँदैगरेको पाइएको थियो ।

स्थानीयले उक्त तस्करलाई नियन्त्रणमा लिई कुटपिटसमेत गरेका थिए । तस्करीलाई स्थानीय दुई युवाले नियन्त्रणमा लिई कुटपिटसमेत गरेका हुन् । भारत आवत–जावत गर्दा कोरोनाको जोखिम बढ्ने भन्दा विवाद उत्पन्न भएपछि स्थानीयले कुटपिट गरेको वडा नं २ का वडासदस्य रमेन्द्रप्रसाद मेहताले जानकारी दिए ।

उनले भने, ‘बिहानै तेल भारततर्फ लैजाँदै गरेको भेटिएपछि स्थानीय युवाले कोरोनाको जोखिम बढ्ने कुरा सुझाउँदा विवाद भएको थियो । जसक्रममा दुई युवाले तस्करमाथि कुटपिटसमेत गरेका थिए । मैले समन्वय गरेर विवाद मिलाएँ र प्रहरीलाई सम्पर्क गरेँ ।’

स्रोतका अनुसार तेल तस्करीमा प्रहरीकै मिलोमतो हुन्छ । यस विषयमा स्थानीय सरकार मौन रहेकोमा स्थानीय दुखेसो गर्छन् । ‘हामी किराना समान लिन पसल जाँदा प्रहरीले जान दिँदैनन् । स्थानीय किसानको तरकारी खोसेर फाल्छन् र आफूलाई चाहिने लान्छन् पनि । निषेधाज्ञाको बेलामा यसलाई हामीले स्वीकार्नैपर्छ,’ स्थानीय गर्भु मेहता भन्छन्, ‘तर खुलेआम यसरी तस्करी हुँदा प्रहरी प्रशासन किन मौन छन् ?’

यसैगरी, अर्का स्थानीय रमेश मेहताले आफूहरूले बारम्बार सिडिओलाई यो विषयमा ध्यानाकर्षण गराएको भएपनि सुनुवाइ नहुँदा आफूहरू कुटपिटमा उत्रिनु परेको बताए । स्थानीयले बिहानै तस्करलाई नियन्त्रणमा राखेर प्रहरीसमक्ष बुझाएका थिए ।

adv-single
सम्बन्धित समाचार

मन्दीमै छ अर्थतन्त्र तर सरकार दाबी गरिरहन्छ, 'सुधार भइरहेको छ'

विराटनगर । सर्वेक्षण तथा तथ्याङ्कहरूले देशको अर्थतन्त्र झनझन घाटामा गइरहेको तथा सङ्कट जारी रहेको देखाइरहँदा पनि सुधार भइरहेको सरकारको दाबी भने दोहोरिन छाडेको छैन । वैदशिक व्यापार घाटा बढिरहेको, आन्तरिक बजारमा आर्थिक मन्दी कायमै रहेको...

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले चलाएको गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रणसम्बन्धी अभियानका क्रममा पेस्तोलसहित ताप्लेजुङको फुङ्लिङका २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बूलाई आज पक्राउ गरेको...

मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र

चितवन । अनुचित लेनदेन मिटर ब्याजका मुद्दा जिल्ला प्रहरी कार्यालयबाट हेर्न थालेसँगै चार निवेदनमा मिलापत्र गराइएको छ । जिल्ला प्रशासन कार्यालयबाट गत माघ ११ गते प्रहरी कार्यालयमा आएका ६३ निवेदनमध्ये चार र सोही मितिपछि परेका...

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

चौतारा , सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको पहिलो आरोणका लागि अन्तिम तयारी भइरहेको छ । जुगल गाउँपालिकाको शिरमा रहेका जुगल–१ र जुगल–२ को दश पर्यटकले पहिलोपटक आरोहण गर्ने भएका गाउँपालिका कार्यालयले...

सुनको मूल्य रु दुई हजार एक सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार एक सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज झनै वृद्धि भएको हो । बिहीबार प्रतितोला रु एक लाख २७ हजार नौ...

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने

विराटनगर । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिका लागि चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । इटहरी रङ्गशालामा बिहीबार राति भएको...

मौसम बदली भोलिसम्मै, आइतबारदेखि सुधार हुने

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि शनिबारसम्म जारी नै रहने र आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । न्यून चापीय वायुको प्रभाव आइतबारदेखि कमजोर भई मौसममा...

विराट गोल्डकपमा भुटानको विजयी सुरूआत, आज आर्मी र एनआरटी खेल्दै

विराटनगर । विराट गोल्डकप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्गशालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताअन्तर्गत बिहीबार राति भएको उद्घाटन खेलमा भुटानको आरटीएफसी टिम विजयी भएको छ । आरटीएफसी भुटानले नेपाल पुलिस क्लबलाई ३-० गोलले पराजित गरेको...

एमडीएमएस खरिदमा भ्रष्टाचार : करिब ९२ करोड बिगो दाबीसहित १९ जनाविरूद्ध मुद्दा

विराटनगर । नेपाल दूरसञ्चार प्राधिकरणले गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) परामर्श सेवा खरिदमा अनियमितता भएको भन्दै १९ जना व्यक्ति र २ वटा कम्पनीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १९...

सामान्य अंकले बढ्यो नेप्से, २ अर्ब ६५ करोड रूपैयाँमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेजका अनुसार नेप्से परिसूचक चार दशमलव ७८ अङ्कले उकालो लागेर दुई हजार ३५ दशमलव ६४ मा पुगेको छ...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा

विराटनगर । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् । अर्यालले बिहीबार राष्ट्रियसभा अध्यक्ष नारायण दाहालसमक्ष राजीनामापत्र बुझाएकी हुन् । नेकपा (माओवादी केन्द्र) बाट दाहाल गत फागुन २९ गते राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका...

मुख्यमन्त्री कार्की सवार जहाज विराटनगरबाट उडेको ६ घण्टापछि काठमाडौं अवतरण

विराटनगर । विराटनगरबाट काठमाडौंका लागि उडेको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार यती एयरको जहाज ६ घण्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । विराटनगरबाट बिहीबार बिहान ७ः४५ बजे काठमाडौं उडेको ९एन एएमएन कलसाइनको जहाज...