विराटनगर । शिक्षादीप कलेज विराटनगरले महानगरपालिकालाई १०० थान अक्सिजन सिलेन्डर प्रदान गरेको छ । कोरोना महामारीको दोस्रो लहर आएसँगै अक्सिजनको अभाव भएको अवस्थामा शिक्षादीप कलेजले सिलेन्डर प्रदान गरेको हो ।
महानगरपालिकाद्वारा निर्मित आइसोलेसन सेन्टरलाई १०० थान अक्सिजन सिलेन्डर प्रदान गरिएको कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले बताए । विराटनगरका कोरोना सङ्क्रमितहरुलाई केही सहयोग पुगोस् भनेर अक्सिजन सिलेन्डर प्रदान गरिएको उनले बताए । कलेजले सोमबार महानगरका प्रमुख भीम पराजुलीलाई अक्सिजन सिलेन्डर प्रदान गरेको थियो ।
Post Views: 37