साताको साहित्य : अभिराज खाती अन्जानका तीन कविता

साताको साहित्य : अभिराज खाती अन्जानका तीन कविता

 राष्ट्रिय डेली

प्रदेश नम्बर – ३ मकवानपुर जिल्लाको थाहा नगरपालिका ४ मा जन्मिएका अभिराज खाती अन्जान हाल काठमाण्डौको कलङ्किमा बस्दै आएका छन् ।


सानै देखि साहित्य, संगित र अभिनयमा रुचि भएका उनले अहिलेसम्म ‘कस्तो अचम्म’, ‘सोल्टिनी’, ‘१६ दुना ८’ र आफैले निर्माण गरेको ‘हल्ला होकि ठट्टा’ नामक टेलिसिरियलहरूमा अभिनय गरिसकेका छन् । यस्तै ‘गाउछु प्रभु तिम्रै लागि’ बोलको गीतमा आवाज पनि दिएका छन् ।
नेपाली साहित्यमा बिगत छ बर्ष देखि निरन्तर लागिरहेका उनले कथा, कबिता, गीत, गजल, मुक्तक बिधामा कलम चलाउने गरेका छन् । उनले लेखेको ‘पानी पर्यो’ बोलको गीत अस्मिता अधिकारिको आवाजमा रेकर्ड भैसकेको छ भने भिडियोको तयारी भईएरहेको छ ।

उनका हालसम्म गजल मुक्तक र कबिता गरेर आधा दर्जन भन्दा बढी संयुक्त संग्रहहरू प्रकाशित भइसकेका छन् भने केही प्रकाशनको तयारीमा छन् । उनि पछिल्लो समय उपन्यासको तयारीमा लागेका छन् ।


उनि थाहा कला केन्द्र, मेगा टेलिभिजन, नाइस टेलिभिजन, जायोन मिडिया, भाषा साहित्य समाज, थाहा सकृय युवा क्लब र दमक साहित्य मन्चबाट सम्मानित भएका छन् ।


हाल थाहा कला केन्द्र र पालुङ साहित्य मन्चमा आबद्ध रहेका उनै अभिराज खाती अन्जानका तीन कविता साताको साहित्यमा प्रस्तुत गरेका छौँ ।


……………
अनाथको सपना

यो गर्मी महिना पनि मेरो लागि
आमा जस्तै लाग्छ
अब केही महिना कठ्याङरिनु पर्दैन
मेरा यी कलिला शरिरले
अब म ढुक्कले सुत्न सक्छु
रुखको फेद र
मन्दिरका पेटिहरूमा
अनि देख्ने छु सपना आमाको
काखमा निदाएको
बाबाको हात समाएर हिडेको
सपनाबाट मलाई नबिउँझाई दिनु होला
फेरि गुम्नेछन मेरा सपनाका बुबा आमा
अनि गुम्नेछन बुबाको हात र आमाको काख
हुनेछु फेरि एक्लै उही चिसो भुईँमा
बग्ने छन् फेरि पिडाको सागरहरू
बिन्ती मलाई नबिउँझाई दिनु होला
तपाईंलाई त बिपनामा सबैले माया गर्छन्
मलाई त सपनामा सबैले माया गर्छन्
त्यसैले निदाउन चाहान्छु
बिपनिको घृणा बिर्सेर सपनिको
माया पाउन चाहान्छु
सपनामा टन्न खाएर बिपनिको
भोक मेटाउन चाहान्छु
म बिउँझिए भने
दुःख दिनेछन मेरा यि पेटले
फेरि भौतारिनु पर्छ
फालेका र जुठा खाने कुराहरु खोजिमा
कासः मैले देखेको सपना बिपना र
मैले भोगेको बिपना सपना भैदियोस्
आखिर अनाथले रमाउने भनेको
सपनामा मात्रै हो
बिपनामा त घृणा, जुठा खाने कुरा र
चिसो भुइ नै रहेछ
त्यसैले मलाई बिन्ती
नबिउँझाइ दिनु होला
……………..
चुरोटको ठुटो

माइला दाईले खाएर फालेको सानो
चुरोटको ठुटोबाट
ठूलो ठूलो ठूलो हुँदै
दन्की रहेकोछ जङ्गल भरी आगोको ज्वालाहरू

आकाश माथी उडिरहेका सेता धुँवाहरूमा
आइरहेको छन् निर्दाेष पशुपन्छी र
अमुल्य जडिबुटीहरूको गन्ध

गुन्जिरहेको छ जिउँदै जल्दै गरेको
हरिणको चीत्कार
बिलौना गर्दैछिन् सन्तान गुमाएकी
कोहिली चरी

मासिदै छन् अमुल्य रुखहरू
उजाड हुदैछ्न् सुन्दर बस्तिहरू
जल्दैछन् जिबित लासहरू
थपिदैछन चिहानहरू

पारी बसेर हेरिरहेका छन् माइला दाई
आफ्नै घर तर्फ बढिरहेको
आगोको मुस्लाहरू
सम्झिए परिवार
सम्झिए धन सम्पती र गाईगोरु
आगो आयो घर जल्यो गाईगोरु जल्यो
खरानी भयो
अनि सम्झिए
त्यो
चुरोटको सानो ठुटो

सानो गल्ती ठूलो बिनाश
त्यसैले चुरोटको ठुटा जथाभावी नफालौँ
यसले ठूलो बिनाश त गर्छ नै
आफ्नै उठिबास पनि लगाउन सक्छ

………………..

फरक यति हो

म जहाज चडेर परदेश गएको मान्छे
फर्किदा पनि जाहाज नै चडेर फर्किएको छु
फरक यति मात्रै हो
जादा सिटमा बसेर
रमाइला दृश्यहरु हेर्दै
मिठा मिठा खानेकुरा खादै
रमाइला गफ गर्दै
उज्ज्वल भविश्यको मिठो
सपना देख्दै गएको थिए
फर्किदा आँखा बन्द गरेर
चुपचाप कहिले नउठने गहिरो
निद्रामा बिना सपना
मस्त निदाएर फर्किएको छु
म जादा पनि एयरर्पाेर्टमा
आफन्त आएका थिए
म फर्किदा पनि आफन्त
एयरर्पाेर्ट आएका छन्
फरक यति मात्रै हो
जादा छोड्न आएका थिए
छिट्टै भेट्ने र रमाइलो गर्ने आशा साथ
अन्तिम बिदाईका
हात हल्लाएका थिए
फर्किन त छिट्टै फर्किए
तर ती आफन्तलाई कहिले
नदेख्ने र कहिले नबोल्ने गरेर
वृद्ध बा ले कान्छा म मरे भने
दागबत्ती दिन झिट्टै आउनु भनेका थिए
बा म फर्कन त छिट्टै फर्किएको छु
तर फरक यत्ती हो
म दाग बत्ती दिन होइन
लिन आएको छु
म जादा पनि प्यारी रोएकी थिइन
म फर्कदा पनि प्यारी रोइरहेकी छिन
फरक यति मात्रै हो
जादा उनको आँसु पुछ्न सक्थे
फर्किदा सक्दिन
पहिले उनिसङ्ग बोल्न सक्थे अहिले सक्दिन
जाने बेला छिट्टै आनुस भनेकी थिइन
आउन पनि छिट्टै आए तर
फरक यत्ती मात्रै हो जादा मान्छे भएर गएको थिए
आउदा मुर्दा बनेर

adv-single
सम्बन्धित समाचार

अबको पुस्ता देशको आर्थिक विकासमा लाग्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षाको आवश्यकतामा जोड दिएकी छन् । उनले अबको पुस्तका युवा देशको आर्थिक विकासमा लाग्नुपर्नेमा पनि जोड दिइन् । शुक्रबार विराटनगरमा आयोजित स्वतन्त्र विद्यार्थी युनियन...

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

पर्वत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको हुने गरेको पाइन्छ । पर्वतमा भने १२ वर्षीय एक छात्र बिहीबारदेखि सञ्चालित एसइई परीक्षामा सहभागी भएका छन् । दक्षिण पर्वतको पैंयुँ गाउँपालिका–४ मा रहेको जनसेवा...

मन्दीमै छ अर्थतन्त्र तर सरकार दाबी गरिरहन्छ, 'सुधार भइरहेको छ'

विराटनगर । सर्वेक्षण तथा तथ्याङ्कहरूले देशको अर्थतन्त्र झनझन घाटामा गइरहेको तथा सङ्कट जारी रहेको देखाइरहँदा पनि सुधार भइरहेको सरकारको दाबी भने दोहोरिन छाडेको छैन । वैदशिक व्यापार घाटा बढिरहेको, आन्तरिक बजारमा आर्थिक मन्दी कायमै रहेको...

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले चलाएको गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रणसम्बन्धी अभियानका क्रममा पेस्तोलसहित ताप्लेजुङको फुङ्लिङका २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बूलाई आज पक्राउ गरेको...

मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र

चितवन । अनुचित लेनदेन मिटर ब्याजका मुद्दा जिल्ला प्रहरी कार्यालयबाट हेर्न थालेसँगै चार निवेदनमा मिलापत्र गराइएको छ । जिल्ला प्रशासन कार्यालयबाट गत माघ ११ गते प्रहरी कार्यालयमा आएका ६३ निवेदनमध्ये चार र सोही मितिपछि परेका...

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

चौतारा , सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको पहिलो आरोणका लागि अन्तिम तयारी भइरहेको छ । जुगल गाउँपालिकाको शिरमा रहेका जुगल–१ र जुगल–२ को दश पर्यटकले पहिलोपटक आरोहण गर्ने भएका गाउँपालिका कार्यालयले...

सुनको मूल्य रु दुई हजार एक सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार एक सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज झनै वृद्धि भएको हो । बिहीबार प्रतितोला रु एक लाख २७ हजार नौ...

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने

विराटनगर । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिका लागि चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । इटहरी रङ्गशालामा बिहीबार राति भएको...

मौसम बदली भोलिसम्मै, आइतबारदेखि सुधार हुने

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि शनिबारसम्म जारी नै रहने र आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । न्यून चापीय वायुको प्रभाव आइतबारदेखि कमजोर भई मौसममा...

विराट गोल्डकपमा भुटानको विजयी सुरूआत, आज आर्मी र एनआरटी खेल्दै

विराटनगर । विराट गोल्डकप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्गशालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताअन्तर्गत बिहीबार राति भएको उद्घाटन खेलमा भुटानको आरटीएफसी टिम विजयी भएको छ । आरटीएफसी भुटानले नेपाल पुलिस क्लबलाई ३-० गोलले पराजित गरेको...

एमडीएमएस खरिदमा भ्रष्टाचार : करिब ९२ करोड बिगो दाबीसहित १९ जनाविरूद्ध मुद्दा

विराटनगर । नेपाल दूरसञ्चार प्राधिकरणले गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) परामर्श सेवा खरिदमा अनियमितता भएको भन्दै १९ जना व्यक्ति र २ वटा कम्पनीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १९...

सामान्य अंकले बढ्यो नेप्से, २ अर्ब ६५ करोड रूपैयाँमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेजका अनुसार नेप्से परिसूचक चार दशमलव ७८ अङ्कले उकालो लागेर दुई हजार ३५ दशमलव ६४ मा पुगेको छ...