प्रदेश १ मा आज १७६ जना कोरोनामुक्त

प्रदेश १ मा आज १७६ जना कोरोनामुक्त

 राष्ट्रिय डेली

विराटनगर, ३ जेठ । प्रदेश १ मा सोमबार १ हजार १ सय ४० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्याको आधारमा यो संख्या अहिलेसम्मकै उच्च हो । थप २ हजार २ सय ७० जनाको पीसीआर परीक्षणगर्दा ४७९ महिला र ६६१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा सक्रिय संक्रमितको संख्या १३ हजार ६३८ पुगेको छ ।

मोरङमा ४०१, झापामा २८३, सुनसरीमा २३६, धनकुटामा ६२, संखुवासभामा ४२, इलाममा २६, पाँचथरमा २०, ताप्लेजुङमा १९, तेह्रथुममा १३, उदयपुरमा ६, भोजपुरमा १ र प्रदेश १ बाहिरका ३१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १२६ महिला र १६६ पुरुष सहित २९२, सुनबर्षीमा ४९, बेलबारीमा २०, रंगेली र मिक्लाजुङमा ७–७, उर्लाबारीमा ५, जहदामा ४, धनपालथान र पथरीशनिश्चरेमा ३–३, कटहरी, बुढीगंगा, सुनबर्षी र स्थानीय तह नखुलेका २–२, लेटाङ, रतुवामाई र कानेपोखरीमा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।

झापाको भद्रपुरमा ८४, विर्तामोडमा ३९, अर्जुनधारामा २५, मेचीनगरमा २३, दमकमा २२, शिवसताक्षीमा २१, बुद्धशान्तिमा २०, कनकाईमा १८, कचनकवल र गौरादहमा ४–४, कमल गाउँपालिकामा ३, हल्दिबारी र बाह्रदशीमा २–२, झापा गाउँपालिकामा १ र स्थानीय तह नखुलेका १५ जना संक्रमित थपिएका छन् ।

त्यसैगरी सुनसरीको इटहरीमा ८२, धरानमा ७२, बराहक्षेत्रमा ४३, इनरुवामा ९, देवानगञ्जमा ७, कोशी गाउँपालिकामा ४, गढी र बर्जुमा ३–३, भोक्राहानरसिंह, रामधुनी र दुहवीमा २–२, हरिनगरमा १, स्थानीय तह नखुलेका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

धनकुटाको धनकुटा नगरपालिकामा २०, चौवीसेमा १४, साँघुरीगढीमा १३, महालक्ष्मीमा १०, पाख्रिवासमा ४, छथरमा १, संखुवासभाको चैनपुरमा २६, मकालुमा १५ र खाँदबारीमा १, इलामको चुलाचुलीमा १४, इलाम नगरपालिकामा ९, सुर्योदयमा १ र स्थानीय तह नखुलेका २ जनामा कोरोना पुष्टि भएको छ ।

पाँचथरको फिदिममा २०, ताप्लेजुङको फुङलिङमा १६, मैवाखोलामा २, श्रीजंगामा १, तेह्रथुमको मेन्छयाममा ९, म्याङलुङमा ३, फेदापमा १, उदयपुरको त्रियुगामा ५, स्थानीय तह नखुलेका १, भोजपुरमा १ र प्रदेश १ बाहिरका ३० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४५ हजार ३६४ पुगेको छ । संक्रमित भएका मध्ये ३१ हजार ६० संक्रमणमुक्त भएका छन् । सोमबार थप १७६ जना संक्रमणमुक्त छन् ।

adv-single
सम्बन्धित समाचार

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

चौतारा , सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको पहिलो आरोणका लागि अन्तिम तयारी भइरहेको छ । जुगल गाउँपालिकाको शिरमा रहेका जुगल–१ र जुगल–२ को दश पर्यटकले पहिलोपटक आरोहण गर्ने भएका गाउँपालिका कार्यालयले...

सुनको मूल्य रु दुई हजार एक सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार एक सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज झनै वृद्धि भएको हो । बिहीबार प्रतितोला रु एक लाख २७ हजार नौ...

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने

विराटनगर । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिका लागि चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । इटहरी रङ्गशालामा बिहीबार राति भएको...

मौसम बदली भोलिसम्मै, आइतबारदेखि सुधार हुने

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि शनिबारसम्म जारी नै रहने र आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । न्यून चापीय वायुको प्रभाव आइतबारदेखि कमजोर भई मौसममा...

विराट गोल्डकपमा भुटानको विजयी सुरूआत, आज आर्मी र एनआरटी खेल्दै

विराटनगर । विराट गोल्डकप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्गशालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताअन्तर्गत बिहीबार राति भएको उद्घाटन खेलमा भुटानको आरटीएफसी टिम विजयी भएको छ । आरटीएफसी भुटानले नेपाल पुलिस क्लबलाई ३-० गोलले पराजित गरेको...

एमडीएमएस खरिदमा भ्रष्टाचार : करिब ९२ करोड बिगो दाबीसहित १९ जनाविरूद्ध मुद्दा

विराटनगर । नेपाल दूरसञ्चार प्राधिकरणले गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) परामर्श सेवा खरिदमा अनियमितता भएको भन्दै १९ जना व्यक्ति र २ वटा कम्पनीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १९...

सामान्य अंकले बढ्यो नेप्से, २ अर्ब ६५ करोड रूपैयाँमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेजका अनुसार नेप्से परिसूचक चार दशमलव ७८ अङ्कले उकालो लागेर दुई हजार ३५ दशमलव ६४ मा पुगेको छ...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा

विराटनगर । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् । अर्यालले बिहीबार राष्ट्रियसभा अध्यक्ष नारायण दाहालसमक्ष राजीनामापत्र बुझाएकी हुन् । नेकपा (माओवादी केन्द्र) बाट दाहाल गत फागुन २९ गते राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका...

मुख्यमन्त्री कार्की सवार जहाज विराटनगरबाट उडेको ६ घण्टापछि काठमाडौं अवतरण

विराटनगर । विराटनगरबाट काठमाडौंका लागि उडेको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार यती एयरको जहाज ६ घण्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । विराटनगरबाट बिहीबार बिहान ७ः४५ बजे काठमाडौं उडेको ९एन एएमएन कलसाइनको जहाज...

झापामा हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आक्रमणबाट उनका श्रीमान घाइते भएका छन् । शिवसताक्षी-११ स्थित रतुवामाई वृक्षरोपण आयोजनाको वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ६० वर्षीया पवित्रा...

वर्षाका कारण रद्द भयाे नेपाल 'ए' र आयरल्यान्ड 'ए' बीचको खेल

काठमाडौँ । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द भएको छ । वर्षाका कारण दुवै टोलीबीचको खेल रद्द भएको हो । कीर्तिपुिरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आजदेखि सुरू हुने भनिएको टी-२० शृङ्खलाअन्तर्गतको पहिलो खेल...

भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीकाे प्राणान्त

काठमाडौँ ।  गत फागुन २३ गते बिहान ४:४० बजे सुलोचना सापकोटा पाठक गहिरो निद्रामा थिइन् । उनी आफ्नो १० वर्षको छोरालाई च्यापेर मस्त निदाइरहेकी थिइन् । नेपाल कलेज अफ म्यानेजमेन्टमा पढाउँदै आएकी पाठक बिहान ६...