विराटनगर, ४ जेठ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई सस्तो लोकप्रियताको ट्याग लगाइएको छ । कोभिड महामारीबीच दिनरात नभनी खटिएका उनलाइ धेरैले सामाजिक सञ्जालमार्फत सस्तो लोकप्रियताका लागि काम गरेकाे अाराेप लगाइएकाे छ ।
विराटनगरका उच्च घरानाका व्यक्तिहरूलाई कोरोनाको खोप उपलब्ध गराएर महानगरप्रमुखले नगरबासी र सेवा पाउनु पर्ने जेष्ठ नागरिकको हितविपरीत काम गरेको भन्दै केही दिनयता सार्वजनिक आरोचना र विरोध भएको थियो । उक्त विरोध र सार्वजनिक टिप्पणीलाई प्रमुख पराजुलीले आफूविरुद्धको नीच सोच भएको र उनीहरूप्रति दया लागेको मेयर पराजुलीले प्रतिक्रिया दिएका छन् ।
मेयर पराजुली कोरोना भाइरस रोकथाम तथा निययन्त्रणका लागि दिन–रात खटिरहेका हुन्छन् । पहिलो लहरको कोरोना महामारीमा पनि एम्बुलेन्स लिएर सङ्क्रमितको घर–घर पुगेका मेयर पराजुली दोस्रो लहरका बेला पनि उत्तिकै खटि रहेका छन् । दोस्रो लहरको कोरोना महामारीका बेला महानगरपालिका प्रमुख पराजुलीले गम्भीर प्रकृतिका कोरोना सङ्क्रमितका लागि घर–घर अक्सिजनको सिलेन्डर पुर्याइरहेका छन् ।
यस्तै, सङ्क्रमितलाई अस्पतालसम्म लैजानका लागि आफूले चढ्दै आएको गाडीलाई समेत एम्बुलेन्सका रूपमा प्रयोग गर्न दिएका थिए ।त्यसबाहेक सङ्क्रमितको शव घाटसम्म लैजान कठिनाइ भएको भन्दै आफ्नै खर्चमा शववाहन उपलब्ध गराएका उनले हालैमात्र विराटनगरमा ५१ बेडको आइसोलेसन वार्ड निर्माण गरेका थिए ।
अक्सिजन नपाएका बिरामीहरूलाई हरतरहले अक्सिजनको व्यवस्थापन गर्ने, रातदिन नभनी बिरामीका लागि अस्पताल र उपचारको प्रबन्धमा खटिने, चिकित्सकसहितको टोलीसँगसँगै आफूपनि सक्रिय हुँदा पनि नकारात्मक टिप्पणी हुने गरेको भन्दै उनले यस प्रकारको टिप्पणी र आलोचनाबाट बिचलित नहुने बरु अझ बढी सेवा भावका साथ काम गर्ने उनले बताए ।
Post Views: 32