विराटनगर, ५ जेठ । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रतिकुलतालाई अनुकुलतामा बदल्न आवस्यक रहेको बताएकी छन् । कोरोना संक्रमणको समयमा जिल्ला स्तरमा रहेका अस्पतालहरूलाई क्षमता विकास गरेर अघि बढ्नुपर्ने उनले बताईन् ।
प्रदेश १ का स्थानीय तहका प्रमुख÷उपप्रमुखहरू, प्रमुख जिल्ला अधिकारीहरू, स्वास्थ्य कार्यालयका प्रमुखहरू लगायतसँग आज गरिएको भर्चुअल बैठकमा उनले कोरोना संक्रमण सकिएपछि जिल्ला स्तरमा रहेका अस्पतालहरूले स्थानीय नागरिकलाई सेवा दिन सक्नेगरिको बनाउनमा जोड दिइन् । मन्त्री राईले भनिन्, ‘जिल्लाका नागरिकले सामान्य उपचारका लागि पनि काठमाण्डौं, विराटनगर धाउनु नपरोस् ।’
उनले स्वास्थ्य कार्यालयहरूलाई कोरोना संक्रमण नियन्त्रणका लागि ५–५ लाखका दरले सवै जिल्लाहरूमा रकम पठाईने तयारी भईरहेको जानकारी दिईन् । उनले स्थानीय तह तथा जिल्लामा कोरोना संक्रमण नियन्त्रणका लागि अहोरात्र खट्ने, जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारीहरु लगायतलाई धन्यवाद दिईन् ।
बैठकमा सहभागि स्थानीय तहका प्रमुख, उपप्रमुखहरू, प्रमुख जिल्ला अधिकारीहरू, स्वास्थ्य कार्यालयका प्रमुखहरूले कोरोना संक्रमणको अवस्था र हालसम्म गरिएका प्रयासका बारेमा जानकारी गराएका थिए ।
Post Views: 31