विराटमा स्वास्थ्यकर्मीमाथि कुटपिट हुँदा चिकित्सकको निधन !

विराटमा स्वास्थ्यकर्मीमाथि कुटपिट हुँदा चिकित्सकको निधन !

 राष्ट्रिय डेली


विराटनगर, ६ जेठ । मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट मेडिकल शिक्षण अस्पतालका दुई चिकित्सकसहित चार जना स्वास्थ्यकर्मी कुटिँदा उपचाररत एक स्वास्थ्यकर्मीको ज्यान गएको अस्पतालले दाबी गरेको छ । सोमबार राति ८ बजे विराटको आकस्मिक कक्षमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि बूढीगङ्गा–२ का २८ वर्षीय निश्चल श्रेष्ठ र २५ वर्षीय अनिल श्रेष्ठसहित स्थानीय चार जना युवकले कुटपिट गरेका थिए । सोही झगडाका कारण अस्पतालमा उपचाररत एक चिकित्सकको निधन भएको अस्पतालले दाबी गरेको हो ।

अस्पतालका संयोजक डा. सुनिल देवले सो झगडाका कारण सिरहाको लहान नगरपालिका–१५ घर भइ लहान अस्पतालमा कार्यरत डा. मुकेश चौधरीको निधन भएको दाबी गरेका हुन् । ३८ वर्षीय चौधरी अर्थोपेडिक्स डाक्टर हुन् । कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि वैशाख २५ गतेदेखि उनी होम आइसोलेसनमा बसेका थिए । तर सोमबार साँझ एक्कासि सास फेर्न गाह्रो भएपछि उनी थप उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम भर्ना भएका थिए ।

बिरामीका आफन्तद्वारा कुटिएका डा. सुदीप रेग्मी र हेल्थ असिस्टेन्ट निर्दोष बस्नेत उनकै उपचारमा तल्लीन थिए । अक्सिजनको सहारामा सास लिइरहेका डा. चौधरीको पिसिआर परीक्षण हुने तरखरमा थिए । त्यतिबेलै दुर्घटनामा परेर गम्भीर घाइते भएका दुई जनालाई अस्पताल ल्याइएको थियो । बूढीगङ्गा गाउँपालिका–३ गोकुवा चोकमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ५० वर्षीय बालकुमार बस्नेत र मोटरसाइकल चालक इटहरी–७ का २५ वर्षीय समराज्य चौधरी घाइते भएपछि उनीहरूलाई विराटमै उपचारका लागि ल्याइएको थियो ।

सोमबार बेलुका पौने ८ बजे उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र१–०२–०४५ प ६०८७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका बस्नेतको राति ९ बजे उपचारका क्रममा मृत्यु भयो । ती दुवै चिकित्सक डा. चौधरी र घाइते अवस्थाका दुवै जनालाई उपचार गर्नमा तल्लीन देखिए । त्यतिकैमा दुई युवा बाहिर सुरक्षागार्ड र स्वास्थ्यकर्मीलाई लछारपछार पार्दै इमर्जेन्सी वार्डमा छिरे र गालीगलौच गर्दै चिकित्सकमाथि हातपातमा उत्रिए ।

सिकिस्त अवस्थामा रहेका तीन जनाको उपचार गर्दैगरेका चिकित्सकलाई आक्रमण भएपछि गम्भीर अवस्थाका बिरामीले केही बेर उपचारसमेत पाउन सकेनन् । र, झगडा सुरु भएको दस मिनेटभित्रै डा. मुकेसले प्राण त्यागे र त्यसको केही समयपछि दुर्घटनाका घाइतेले ज्यान गुमाए ।

‘यता, झगडा हुँदैगर्दा डा. मुकेशलाई उनकै श्रीमतीले पिसिआरका लागि प्रयास गर्दैहुनुहुन्थ्यो’, देवले भने, ‘तर पिसिआर एक्लैले सम्भव थिएन । चिकित्सकलाई भिजिटरले लछारपटार पार्दैगर्दा उहाँको निधन भयो । सायद झगडा नभएको भए उहाँ आज जिवितै हुनुहुन्थ्यो । झगडाले गर्दा नै उहाँको प्राण गयो ।’

निश्चल र अनिल आफ्नी हजुरआमा ७३ वर्षीया गोमादेवी श्रेष्ठको उपचारका लागि विराट आएका थिए । सुगरबाट पीडित उनलाई रिंगटा चल्ने, पेट दुख्ने र टाउको दुख्ने भएपछि अस्पताल ल्याइएको थियो । बूढीगङ्गा–२ की वृद्धा गोमादेवीको उपचारमा पाँच मिनेटमात्र ढिलाइ हुँदा पनि उनीहरूले आकस्मिक कक्षमा छिरेर गालीगलौच गरी कुटपिट गरेको देवको भनाइ छ ।

घटनाको केही समयपछि नै निश्चल र अनिललाई प्रहरीले पक्राउ गर्यो । अरू दुई जना फरार रहेको जिल्ला प्रहरी मोरङका प्रहरी प्रवक्ता तथा डिएसपी मानबहादुर राईले जानकारी दिए । उनका अनुसार फरार दुई जनाको खोजी कार्य तीव्र पारिएको छ ।

सम्बन्धित समाचार

संखुवासभामा भरुवा बन्दुकसहित पक्राउ

विराटनगर । संखुवासभाको मकालु गाउँपालिका(२ का ३० वर्षीय लाक्पा शेर्पालाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मकालुबाट खटिएको प्रहरी टोलीले शेर्पाको घर खानतलासी गर्दा कोठाबाट लोड गरेको एक थान भरुवा बन्दुक र...

स्रोत नखुलेको ४७ लाख ४९ हजार नेपाली रुपैंया सहित एक महिला पक्राउ

विराटनगर । मोरङको रंगेली नगरपालिका-८ स्थितबाट स्रोत नखुलेको रकमसहित एक जना महिलालाई पक्राउ गरिएको छ । रंगेली नगरपालिका-८ दर्वेशा की ६५ वर्षीया ज्योतिदेवी अग्रवालले घरमा अवैध रकम राखेको छ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय...

सिरियाली शरणार्थीहरूलाई फर्काउन टर्कीले सीमा नाका खोल्ने

विराटनगर । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्किएले सिरियाली शरणार्थीहरूको स्वेच्छिक र सुरक्षित फिर्ताको सुविधाको लागि दक्षिणी हाते प्रान्तमा सिरियासँगको सीमाना खोल्ने बताएका छन्। टर्कीको राजधानी अंकारामा बसेको मन्त्रिपरिषद् बैठकपछि पत्रकार सम्मेलनमा एर्दोगानले उक्त कुरा...

सरकारका कमजोरी सच्याउन काँग्रेस बोल्नुपर्छ: केदार कार्कि

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनी खरो स्वभावका नेता मानिन्छन् । उनी डा। शेखर कोइराला समूहमा पहिल्यैदेखि खुलेर लागेका छन् । मुख्यमन्त्री भएका बेला आफू...

प्रमुख सूचना आयुक्त र आयुक्तहरुको सपथ

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा सुरेशप्रसाद आचार्यले आज पद तथा गोपनीयताको सपथ लिएका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त आचार्यलाई र प्रधानमन्त्रीको...

रविलाई आज सातौंपटक अदालतमा उपस्थित गराइँदै

विराटनगर । सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज सातौंपटक अदालतमा उपस्थित गराइँदै छ। सानो पाइला सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पर्सा लगिएका लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित...

बझाङको रायाल केन्द्रविन्दु भएर गयो भूकम्प

विराटनगर । बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको भूकम्प...

विराटनगरमा रोजगार मेला

विराटनगर । रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाहरूलाई जोड्ने उद्देश्यले विराटनगर महानगरपालिकाले दोस्रोपटक ‘महानगर रोजगार मेला’ आयोजना गर्ने भएको छ । महानगरले आगामी पुस १ र २ विराटनगरस्थित वीरेन्द्रसभा दक्षिणमा अवस्थित ‘इको पार्क’मा मेला आयोजना...

शेयर बजारमा यी ५ कम्पनीले गुमाए सर्वाधिक

विराटनगर । २५ मंसिर (मंगलबार) शेयर बजारमा सामान्य अंकले गिरावट आएको छ । शेयर बजार ६.३२ अंकले घटेर २,६६९ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ कम्पनीको...

शेयर बजारमा यी ५ कम्पनीले कमाए सर्वाधिक

विराटनगर। २५ मंसिर मंगलबार शेयर बजारमा सामान्य अंकले गिरावट आएको छ । शेयर बजार ६.३२ अंकले घटेर २,६६९ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ कम्पनीको शेयर...

पत्रकार महासंघ कोशी प्रदेस अध्यक्षमा तीन जनाको उम्मेदवारी

विराटनगर । नेपाल पत्रकार महासंघ कोशी प्रदेशको यही मंसिर २८ गते हुने निर्वाचनमा अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । सोमबार अध्यक्षमा तीन जनाले उम्मेदवारी दर्ता गरेका हुन् । अध्यक्षमा भरत खड्का, विवेक गौतम र...

रविमाथि सरकारले गर्यो अन्याय : डा. सुनिल शर्मा

विराटनगर । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सरकारले अन्याय र अमानवीय व्यवहार गरिरहेको बताएका छन्। मंगलवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सांसद शर्माले यस्तो बताएका हुन्। उनले नेपाल सरकारका प्रधानमन्त्री र गृहमन्त्रीसँग...