विराटनगर, ८ जेठ । नेकपा एमाले विराटनगर ८ ले आज करिव दुई दर्जन घरमा निर्मलीकरण गरेको छ ।
कोरोना संक्रमण भएर होमआईसोलेसनमा रहेकाहरुको घरमा निर्मलीकरण गरिएको वडाकमिटी अध्यक्ष राम पोखरेलले बताए । उनका अनुसार कोरोना संक्रमण भएका मृत्यु भएका २ व्यक्तिहरुको घर सहित २३ वटा घरलाई निर्मलीकरण गरिएको हो । वडाकमिटी सदस्यहरु भुवन राजवंशी, सविन कामत, सिताराम राजवंशी सहितको टोली अभियानमा सक्रिय रहेको अध्यक्ष पोखरेलले बताए ।
यसअघि एमाले विराटनगर ८ ले वडावासीलाई स्वास्थ्य सामाग्री, होमआईसोलेसनमा बसेकाहरुलाई आयुर्वेदिक औषधि वितरणको काम गरिएको अध्यक्ष पोखरेलले बताए । कोरोनाको नयाँ भेरिएन्टका संक्रमित बढेसँगै वडाकमिटीले वडावासीको समस्यालाई मध्यनजर गरेर काम गर्दै आएका उनले बताए । अध्यक्ष पोखरलले वडावासीमा कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको मापदण्ड पालाना गर्न पनि आग्रह गरेका छन् ।
Post Views: 54