साताको साहित्य : लक्ष्मी स्मृतिका तीन कविता

साताको साहित्य : लक्ष्मी स्मृतिका तीन कविता

 राष्ट्रिय डेली

लक्ष्मी स्मृति

लक्ष्मी स्मृती विशेष गरी विराटनगरमा रहेर मुक्तक र गजल लेखनका क्षेत्रमा सक्रिय छन् । उनको मुक्तक संग्रह ‘तमासा’ साथै बिभिन्न पत्रिकामा फुटकर कविता, गजल, मुक्तक सयौँ रचनाहरू प्रकाशित भईसकेका छन् । उनि कोपिला साहित्य समाजका संस्थापक महासचिवको समेत भुमिका निर्बाह गरिसकेका स्मृति बिराट आदर्श साहित्य मञ्च, बिराट साहित्य सङ्गम, कल्पतरु साहित्यिक पत्रिका, नेपाल मुक्तक प्रतिष्ठान प्रदेश १ का आजिवन सदस्य समेत हुन् । नेपाल टेलिकममा जागिरे रहेका उनि आफ्नो फुर्सदको समय साहित्यलाई दिने गरेका छन् । ‘तमासा’ मुक्तक संग्रह मार्फत र विभिन्न साहित्यिक कार्यक्रमहरूमा रचनाहरू प्रस्तुत गरेका उनै लक्ष्मी स्मृतिका तीन कविता साताको साहित्यमा प्रस्तुत गरेका छौँ ।
……………..
फूल र म

भमराले रस चुसीरहदा पनि
रहरहरू बग्रेल्ती गुम्सिरहदा पनि
तिमी त चुपचाप बसीरहन सक्छौ
सुगन्धले अझै कसीरहन सक्छौ
तिमीजस्तै अड्ने औकात छैन मेरो
तिमीसँग लड्ने औकात छैन मेरो

कसैका कोटमा बसी सजिँदा पनि
कसैका ओठमा घसी चुमिदा पनि
तिमीमा उन्मादले पटक्कै छुदैन
फुर्तिफार्ती, घमण्ड रत्तीभर हुदैन
तिमीजस्तै सहनशील लत छैन मेरो
जो सँग नि समान हुने कद छैन मेरो

न लोभ, लालच छ कुनै, न त रिस छ
अमृत मात्र बर्सीरहन्छ न त बिष छ
रमणीय सारा पार्दै मुस्कुराउँदै झर्छाै
न कसैलाई ठेश लाउँछौ न आँखा तर्छाै
तिमीजस्तै मग्मगाउने शाहस छैन मेरो
गुनै गुनले जगमगाउने ढाडस छैन मेरो

म कहिले बिष कहिले काँडा बन्ने मान्छे
कहिले स्वार्थ चुलाएर डाँडा बन्ने मान्छे
बैँश आउँदा उम्लिएर छाडा बन्ने मान्छे
आँफैदेखि बिरक्तिएर टाढा बन्ने मान्छे
जे गरेपनि हामीमा समानता हुदै हुदैँन
बुझ्दा बुझ्दै सबै कुरा तर कतै छुदैन

………………………

यो तालले कसरी मुलुक बनोस्

यहाँ जमिन चिरा परेको छैन
मात्र हाम्रो मन चिरा परेको छ
बिरुवाहरू कतै मरेका छैनन्
मरेको छ भने हाम्रो मन मरेको छ
जंगलहरू मक्किएका छैनन्
मक्किएका त केवल हाम्रै भावनाहरु छन्
हरियाली सकिएको छैन
सकिएको त हाम्रा बुद्धि विवेकहरु छन्
शुन्दरता मासिएको छैन
मासिएको छ भने हाम्रो आडम्वरले हाम्रै चिनारी
अनि कसले कसलाई के भनोस
यो तालले कसरी मुलुक बनोस

हो प्रकृति पनि भासिएको छैन
बरु मानव सभ्यता भासिईरहेको छ
फोहोर थुप्रिएको छैन
बरु कुबिचारहरू लाम लागेर थुप्रिरहेको छ
समय बाधक कतै छैन
मानिस आँफै बाधक बनिदिएको छ
शान्ति हराएको पनि छैन
छ त हाम्रै भाग्य हराएको छ यत्रतत्र
अनि तन्त्र बिग्रीएको छैन
बिग्रिएको त मात्र हाम्रै सोच, कार्यशैली, मपाईत्व
अनि कसले कसलाई के भनोस
यो तालले कसरी मुलुक बनोस
……………………

कोरोना तिमी यहाँ नआऊ

अहिलेको छाक बल्ल बल्ल टर्याे
भरे फेरि के खाने टुंगो छैन
काम गर्न पाउँदा पनि त हेर
आजको ज्याला आजै सकिन्छ
मुस्किलले अलिकति बचायो
त्यो पनि छोराछोरीका पढाई लेखाईमै सकिन्छ
अनि…. अनि हामीले कसरी गुजारा गर्नु भन त
यहाँ त हाम्रो पिर कोहि बुझ्दैनन्

खै चाहिएको कुरा बाँडछन भनेको पनि सुन्छु
तर सुनेर के गर्नु र कठै
त्यो राहत आई पुग्दा नपुग्दा
हाम्रो प्राणले देहलाई साथ दिईरहला, नरहला
जे चाहियो होम डेलिभरी रे आहा
त्यो पनि त रुपैंयाँ हुनेलाई त होला
हामी नहुनेलाई त आकासको फल
दुई कानले बिज्ञापन सुन्यो, निदायो

कठैवरा हाम्रो जिन्दगी
दिनभर छाला फुटुन्जेल खै काम
खाली चुपचाप थन्किएर बस्नु छ
घरमा अन्न नभएकोले झगडा चल्छ
हात खुट्टा हुदाँहुदै काममा बन्देज छ
यो सब तिमी कोरोनाले गर्दा हो
म भन्छु ए कोरोना तिमी यहाँ नआऊ
किनकी तिमीले मार्नु अघि नै हामी मरेतुल्य छौँ

adv-single
सम्बन्धित समाचार

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

भोजपुर । भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । २०६३ कात्तिकमा भोजपुर भैँसीपङ्खाका निमा दावा शेर्पाको हत्या गरेको अभियोगमा ६० वर्षीय चन्द्रबहादुर तामाङलाई प्रहरीले मङ्गलबार धरानबाट पक्राउ गरेको हो ।...

झापामा बोलेरोको ठक्करबाट एकै मोटरसाइकलमा सवार तीन जनाको मृत्यु

दमक (झापा) । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी-झिलझिले खण्डमा आज बिहान बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा कमल गाउँपालिका-४ का तीन जनाको मृत्यु भएको छ । आज बिहान बोलेरो गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार २६ वर्षीय मौसम राई,...

कतारका राजाको ऐतिहासिक नेपाल भ्रमण कति उपलब्धिमूलक ?

विराटनगर । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गरेका छन् । मध्यपूर्वको क्षेत्रफलमा सानो तथा प्रभावशाली र धनी देश कतारका अमिरको नेपाल भ्रमणका...

बाँदर धपाउन बन्दुक पड्काउँदा छर्रा लागेर एक जनाको मृत्यु

विराटनगर । पाँचथरमा बाँदर धपाउनका लागि भरूवा बन्दुक पड्काउँदा बारूदको छर्रा लागेर एक जनाको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका-४, सिबुवाका ५१ वर्षीय मनकुमार सिगुको मृत्यु भएको हो । प्रहरीका अनुसार आइतबार राति साढे १०...

कतारका राजाको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा

काठमाडौँ । सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ । सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले यही वैशाख ११ देखि गर्ने नेपालको...

झापामा सहकारी संस्थामा चोरी गर्ने ६ जना पक्राउ

भद्रपुर (झापा) । झापामा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विभिन्न सहकारी संस्थासहित चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो । विभिन्न सहकारी संस्था तथा...

टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०-टू भी रिफ्रेस सार्वजनिक, कति छ मूल्य ?

विराटनगर । टीभीएस मोटर नेपालको एक मात्र आधिकारिक विक्रेता जगदम्बा मोटर्सले टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०-टू भी रिफ्रेस आज विराटनगरमा सार्वजनिक गरेको छ । यसअघि टीभीएसले नेपाली बजारमा टीभीएस रोनिन, अपाचे,एन्टर्क, रेडर, आईक्युबजस्ता उत्कृष्ट...

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुई जनाको मृत्यु, ६ घाइते

वासिङ्टन । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको स्थानीय प्रहरीले बताएको छ । घटनास्थलमा दुई जना मृत फेला परेको र घाइते छमध्ये एक...

नेपालको दुईदिने राजकीय भ्रमणमा आउँदै कतारका अमिर

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण गर्ने भएका छन् । भ्रमणका अवसरमा उनले राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता...

अर्घाखाँचीमा आगलागी हुँदा ४३ घर–गोठ जलेर नष्ट

अर्घाखाँची । अर्घाखाँचीका विभिन्न स्थानमा शनिबार भएको आगलागीका कारण ४३ घर–गोठ जलेर नष्ट भएका छन् । आगलागीका कारण २० वटा घर, २३ गोठ, ११ बाख्रा र छ भैंसी चलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक...

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्नै हुन्छ : प्रधानमन्त्री

सुदूरपश्चिम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्न ढङ्गले ल्याउन लागेको बताएका छन् । आज धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम...

कोशी, मधेस र लु्म्बिनी प्रदेशका तराई क्षेत्रमा हुरीबतासको चेतावनी

काठमाडौँ । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको...