पहिलो लहरपछि विद्यालय खुल्नुले बालबालिकामा संक्रमणको दर बढ्यो

पहिलो लहरपछि विद्यालय खुल्नुले बालबालिकामा संक्रमणको दर बढ्यो

 राष्ट्रिय डेली

प्रा.डा. आरपी बिच्छा

कोरोना भाइरसले सबै उमेर समूहका मानिसलाई उत्तिकै जोखिममा पारेको छ । बालबालिका पनि पहिलो लहरको तुलनामा दोस्रो लहरमा बढी संक्रमित हुन पुगेका छन् । पहिलो लहरमा बालबालिकामा कोरोना संक्रमणको दर २ देखि ३ प्रतिशत रहेको थियो तर अहिलेको जुन दोस्रो लहरको संक्रमण छ यसमा १० प्रतिशत रहेको छ ।

पहिलो लहरमा ज्येष्ठनागरीक बढि प्रभावित भए । अहिले दोस्रो लहरमा हामी के देखिराख्या छौँ भने २० देखि ४० बर्ष उमेर समुहका बढि प्रभावित भैरहेका छन् । त्यसैले हामीले के अपेक्षा गरेको छौँ भने पहिलो र दास्रो लहरमा संक्रमण हुने दर जसरी बढ्दै र उमेर समूह पनि घट्दै आईरहेको छ । जुन तेस्रो लहर छ, त्यो अक्टोबरको अन्त्य वा नेभेम्बरसम्म्म नेपालमा ठूलो रुप लिन सक्छ जसले बालबालिकालाई ठूलो असर पार्न सक्छ ।

अहिले बालबालिकालाई कोरोनाको खोप अपरिहार्य छ । तर बालबाकिकामा अहिलेसम्म वैज्ञानिक तरिकाले प्रमाणित खोप विश्वमै कमै मात्रा आएको छ । एउटा मात्र अमेरीकाको फाईजर कम्पनी छ त्यसले १२ देखि १६ वर्ष उमेर समूहको लागि मेडिकल परीक्षण गरेर दुई हप्ता अघि मात्र बच्चामा प्रयोग गरेको छ । भारत लगायत अन्य पाँच, सात वटा देशहरुमा दोस्रो परीक्षण सुरु मात्र भएको छ । अहिलेसम्म यी खोपहरु बच्चाका लागि प्रमाणीकरण नभएको हुदाँ गाह्रो छ । जब प्रमाणिकरण भैहाल्छ त्यसपछि सरकारले पनि ल्याउने प्रयास गरेर बालबालिकालाई खोप दिन सुरु गर्छ होला ।

बालबालिकाहरु चञ्चले स्वभावको हुने र स्वास्थ्य सुरक्षाका मापदण्ड पनि पालन गर्न मान्दैनन् । यसैले पनि उनीहरुलाई संक्रमणको जोखिम धेरै रहन्छ । हामीले आशा गरेका छौं दुई, तीन हप्तामा यो दास्रो लहर केही कम होला र तेस्रो लहर आउन तीन-चार महिना लाग्न सक्छ । अहिलेदेखि हामीले बालबालिकालाई केहि कुरा सिकाउनु पर्ने देखिन्छ । जस्तैः ६ देखि १२ बर्ष उमेर समूहका बच्चालाई डब्लुएचओ को प्रोटोकल अनुसार मास्क लगाउन नै सिकाउनु पर्दछ ।

बच्चा चञ्चले स्वभावको हुन्छ उसले मान्दैन होला मास्क फाल्न सक्छ तर हामीले विस्तारै सिकाउँदै लैजानुपर्दछ । तीन-चार महिनाभित्र उसले लगाउन सिकिहाल्छ । बालबालिकालाई पटक,पटक साबुन पानीले हात धुन सिकाउने ,सेनिटाईजर प्रयोग गर्न सिकाउने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्डका बारेमा सिकाउन सकिन्छ । हामी बयस्क मानीसहरु काम गर्न बाहिर जान्छौ घरमा आएर बालबालिकासँग टाढै बसेर कुराकानी गर्ने , घरमा पनि मास्क नै लगाएर बालबालिकासँग कुरा गर्ने जस्ता कार्य गर्ने र गराउने गर्नुपर्दछ ।

पहिलो लहरपछि बिस्तारै बिद्यालयहरु खुल्नुले पनि बालबालिकामा संक्रमणको दर बढेको हो । यो कुरा बैज्ञानिक रुपमै सत्य हो । पहिलोमा चाहिँ हामीले तुरुन्तै बिद्यालय बन्द गरेका थियौँ बालबच्चा घरमै बस्न पाए, उनीहरु समुदायमा घुलमिल हुन पाएनन् । स्कुलमा गएर सबैसँग घुलमिल हुन पाएनन त्यसले पनि पहिलो लहरमा जोगाएको हुनसक्छ, त्यो पनि एउटा बैज्ञानिक तथ्य हो । तर दोस्रो लहरको बेला चाहिँ हामीले हेलचेक्राई गरेकै हौँ ,। यो पहिलो र दोस्रोको विचमा हेलचेक्राई वढि भयो ,यो बेला भेला , कार्यक्रम प्रदर्शन, खेलकूद बढि भए यसले पनि यो समस्या निम्त्याएको हुनसक्छ ।

बालबालिका घरमै बसिरहँदा उनीहरुमा मनोवैज्ञानिक असर देखिन सक्छ यो समाधानका लागि हामीले धेरै कुरामा ध्यान दिनु जरुरी छ । यो समयमा बालबच्चाहरुसँग बसेर टिभिमा समाचार हेर्ने काम चाहिँ कृपया नगर्नुहोस् । बालबच्चालाई बालबच्चा जस्तै घरमा रहन दिनुहोस् । उसलाई घरभित्रै खेल्न दिनुहोस ,मनोरञ्जनात्मक कुराहरु हेर्न लगाउनुहोस् ,पढन लगाउनुहोस ।

अहिले समाचारहरुमा मृतकको संख्या, संक्रमितहरुको संख्यामात्र आउने गरेका छन् । हामी भन्दा बालबालिका धेरै एक्टिभ हुन्छन् । उनिहरु त्यो कुरा मनमा छिटो लिन्छन् ।उनिहरुले तपाईलाई सोध्न थाल्छन यो को मर्यो ? किन मर्यो ? कसरी मर्यो ? यावत प्रश्नहरू । आमा बुबा भनेको बच्चाको लागि सबैभन्दा ठुला काउन्सिलर हुन । यसलाई बाबु आमाले अवसरको रुपमा लिनुपर्दछ ।

यस्तै, होम आईसोलेशनमा रहेका बालबालिकाहरुको स्वास्थ्यका लागि पनि धेरै कुरामा ध्यान दिन जरुरी छ । कोभिडको संक्रमण हुँदा पनि ९० प्रतिशत बालबालिकाहरुमा यो सामान्य हुन्छ र आफैँ जान्छ । त्यसैले बच्चालाई रुघाखोकि ,सामान्य ज्वरो छ भने पारासिटामोल चाहिँ दिने ,पानी प्रशस्त खुवाउने , खानपीनमा ध्यान पुर्योउने र प्यारासिटामोल दिा पनि ज्वरो निरन्तर बढिरहे ,खोकी बढिरहे नजिकको डाक्टरसँग सल्लाहा लिगेर आवश्यक कदम चाल्नुपर्छ । हामीकहाँ आएका र कोरोना परीक्षण पोजेटिभ देखिए पनि ति मध्ये ९० प्रतिशत बालबालिका घरमै लगेर ठीक भैराखेको अवस्था छ । त्यसैले आत्तिनु पर्दैन तर सचेत भएर बस्नुपर्ने अवस्था भने पक्का पनि हो ।

प्रा.डा. आरपी बिच्छा, कान्ति बाल अस्पतालका निर्देशक तथा बाल रोग विशेषज्ञ हुन् ।

adv-single
सम्बन्धित समाचार

बाँदर धपाउन बन्दुक पड्काउँदा छर्रा लागेर एक जनाको मृत्यु

विराटनगर । पाँचथरमा बाँदर धपाउनका लागि भरूवा बन्दुक पड्काउँदा बारूदको छर्रा लागेर एक जनाको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका-४, सिबुवाका ५१ वर्षीय मनकुमार सिगुको मृत्यु भएको हो । प्रहरीका अनुसार आइतबार राति साढे १०...

कतारका राजाको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा

काठमाडौँ । सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ । सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले यही वैशाख ११ देखि गर्ने नेपालको...

झापामा सहकारी संस्थामा चोरी गर्ने ६ जना पक्राउ

भद्रपुर (झापा) । झापामा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विभिन्न सहकारी संस्थासहित चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो । विभिन्न सहकारी संस्था तथा...

टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०-टू भी रिफ्रेस सार्वजनिक, कति छ मूल्य ?

विराटनगर । टीभीएस मोटर नेपालको एक मात्र आधिकारिक विक्रेता जगदम्बा मोटर्सले टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०-टू भी रिफ्रेस आज विराटनगरमा सार्वजनिक गरेको छ । यसअघि टीभीएसले नेपाली बजारमा टीभीएस रोनिन, अपाचे,एन्टर्क, रेडर, आईक्युबजस्ता उत्कृष्ट...

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुई जनाको मृत्यु, ६ घाइते

वासिङ्टन । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको स्थानीय प्रहरीले बताएको छ । घटनास्थलमा दुई जना मृत फेला परेको र घाइते छमध्ये एक...

नेपालको दुईदिने राजकीय भ्रमणमा आउँदै कतारका अमिर

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण गर्ने भएका छन् । भ्रमणका अवसरमा उनले राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता...

अर्घाखाँचीमा आगलागी हुँदा ४३ घर–गोठ जलेर नष्ट

अर्घाखाँची । अर्घाखाँचीका विभिन्न स्थानमा शनिबार भएको आगलागीका कारण ४३ घर–गोठ जलेर नष्ट भएका छन् । आगलागीका कारण २० वटा घर, २३ गोठ, ११ बाख्रा र छ भैंसी चलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक...

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्नै हुन्छ : प्रधानमन्त्री

सुदूरपश्चिम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्न ढङ्गले ल्याउन लागेको बताएका छन् । आज धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम...

कोशी, मधेस र लु्म्बिनी प्रदेशका तराई क्षेत्रमा हुरीबतासको चेतावनी

काठमाडौँ । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको...

मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, सामागाउँ पर्ने मनास्लु हिमालमा आज बिहान ठूलो हिमपहिरो खसेको छ । मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र ताल नजिकै हिमपहिरो खसेको सामागाउँका दिजेन लामाले जानकारी दिए । पहिरो वीरेन्द्र तालमा...

गण्डकीमा चुमानलाई आर्थिक र मनाङेलाई भौतिक मन्त्रालयको जिम्मेवारी

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरूको कार्यविभाजन गरेका छन् । उनले विनाविभागीय मन्त्रीद्धय हरिबहादुर चुमान र राजीव गुरूङ (दीपक मनाङे) लाई आज जिम्मेवारी तोकेका हुन् । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेतासमेत रहेका...

सगरमाथा आरोहण उत्साहजनक : उठ्यो ५० करोड बढी राजस्व

काठमाडौँ । वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट ५० करोड रूपैयाँ भन्दा बढी राजस्व सङ्कलन भएको छ । पर्यटन विभागका अनुसार यस यामका लागि सगरमाथा आरोहण गर्न अनुमति लिएका तीन सय ५२ जनाबाट ५० करोड...