जुगेश दास
सुनसरी, १० जेठ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा थप एक जना कोरोना संक्रमितको मृत्यु छ । सोमबार भोक्राहा नरसिंह गाउँपालिका – १ का ३२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
केही दिनदेखी बिरामी रहेका ती पुरुषको कोरोना संक्रमण पुष्टि भएको केही घण्टामै मृत्यु भएको बताईएको छ । हिजो कोरोना पुष्टि भएका ती पुरुषको सोमबार विहान मृत्यु भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
यसअघि गाउँपालिकामा तीन जना पूरुषको मृत्यु भइसकेको छ भने ६२ जना सक्रिय संक्रमित रहेका छन् ।
गाउँपालिकामा कोरोना परीक्षण गरिएको मध्ये ३८ जनामा एकै दिन कोरोना पुष्टि भएको थियो भने २४ जना विभिन्न अस्पताल र आइसोलेसन केन्द्रमा परीक्षण गर्दा कोरोना संक्रमण भएको तथ्यांक रहेको स्वास्थ्य शाखा प्रमुख आलम अंसारीले बताए ।
आलमका अनुसार गाउँपालिकाले आफ्नो श्रोत साधनले भ्याए सम्म गाउँमै पीसिआर परीक्षणको काम गरिएको र प्रत्येक वडामा कोरोना संक्रमितका लागि रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने पौष्टिक तत्व तथा औषधिहरू वितरण गर्ने कार्य सुरु गरिएको छ ।
Post Views: 34