विराटनगर । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्नेक्रम कायमै रहेकाले मोरङमा अरू साता दिन निषेधाज्ञा थपिएको छ । सोमबार बसेको डिसिसिएमसीको बैठकले जेठ ११ गते राति १२ बजेदेखि लागू हुनेगरी १७ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय भएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार अधिकारीले जानकारी दिए ।
मोरङमा गत शुक्रबार तेस्रो चरणको निषेधाज्ञा जारी गरिएको थियो । उक्त निषेधाज्ञा ११ जेठ राति १२ बजे सकिँदैछ । तर दोस्रो लहरको कोरोना महामारीमा सङ्क्रमितको सङ्ख्या बढ्नेक्रम कायमै रहेपछि चौथो पटक निषेधाज्ञा जारी गर्नुपरेको प्रजिअ कोषहरि निरौलाले बताए । थप गरिएको अवधिमा कडाई गर्ने निर्णय भएको उनले बताए ।
उनका अनुसार निषेधाज्ञाको अवधिमा औषधि, खाद्यवस्तु, इन्धनलगायत अत्यावश्यक वस्तु तथा सेवाहरू खरिद–बिक्री गर्न छुट छ । त्यस्ता पसल पनि खुला गर्न दिइएको छ । औषधि पसललाई २४सै घण्टा तथा अत्यावश्यक खाद्यवस्तु र तरकारी पसललाई बिहान दस बजेसम्म तथा बेलुकी पाँच बजेदेखि उताको समयमा खोल्न दिइएको छ ।
यता, बैङ्क तथा बित्तीय संस्थालाई नेपाल राष्ट्र बैङ्कले तय गरेको गाइडलाइनअनुसार सञ्चालन गर्न अनुमति दिइएको छ । यस्तै, निर्माणसम्बन्धी कामको हकमा भने सरकारी आयोजनाका कामबाहेक अन्य निजी काममा रोक लगाउने निर्णय भएको छ ।
विराटनगर । कोशी प्रदेशमा पहिचान पक्षधरसँग वार्ता गर्न सरकारले समिति बनाएको छ । प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिसँग वार्ता गर्न सरकारले समिति गठन गरेको हो । पहिचान पक्षधरहरू गत १० चैतदेखि आन्दोलनरत छन्...
विराटनगर । बाग्मती नदी तथा यसका सहायक नदी तथा खोला किनाराको दायाँ बायाँ थप २० मिटर सीमा कायम गर्ने सर्वोच्च अदालतको फैसला हाललाई स्थगित भएको छ। सर्वोच्च अदालतले पुनरावेदनका लागि सरकारलाई अनुमति दिएकाले फैसला कार्यान्वयन...
विराटनगर । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश...
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा आफ्नो कुनै हस्तक्षेप नभएको बताएका छन्। आज९बिहिबार० बसेको त्रिभुवन विश्वविद्यालयको साधारणसभा (सिनेट) बैठकमा त्रिवि कुलपतिसमेत रहेका उनले यस्तो बताएका हुन्। उनले सबैले सानो कुरामा नअल्झिएर त्रिविलाई प्रभावकारी...
विराटनगर । बिहीवार शेयर बजारमा उच्च अंकले घटेको छ । शेयर बजार ३३.४२ अंकले घटेर २,६८२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ४० कम्पनीको शेयर मूल्य बढेको छ भने २०४ कम्पनीको शेयर मूल्य...
विराटनगर । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपत्यका बाहिर भएका कारणले नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ। आज दिउँसो ३ बजेका लागि पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको बैठक अब भोलि बिहान ११ बजे बस्ने...
विराटनगर । विराटनगर महानगर प्याव्सनको अध्यक्षमा अर्जुन श्रेष्ठ सर्वसम्मत निर्विरोध निर्वाचित भएका छन् । श्रेष्ठ विराटनगर प्याव्सनको तेस्रो अधिवेशनबाट सर्वसम्मत निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी तेस्रो महानगर अधिवेशनबाट उपाध्यक्षमा असोक लामा, सचिवमा चिरिञ्जीवि तिम्सिना,...
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले पाँच दिन म्याद थप गरेको छ। जिल्ला अदालत कास्कीमा बिहीबार न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले उनलाई थप पाँच दिन म्याद थपी अनुसन्धान गर्न...
विराटनगर । स्वतन्त्र विद्यार्थी युनियन नेपाल ल क्याम्पसका अध्यक्ष एवं त्रिवि सभा सदस्य विष्णु ढुंगेलले यस वर्षको त्रिवि दीक्षान्त समारोह व्यवस्थित नभए बहिष्कार गर्ने बताएका छन्। आज (बिहिबार) बसेको त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशनमा त्रिवि कुलपति...
विराटनगर । सन् २०३४ को फिफा विश्वकप फुटबल एसियाली मुलुक साउदी अरेबियामा हुने भएको छ। साउदी अरेबियाका रियाद, जेद्दा, अल खोबर, आभा र निओम शहरका १५ रंगशालामा खेल खेलाइने एजेन्सीले जनाएको छ। ९२ हजार दर्शक...
विराटनगर । जाजरकोटको नलगाड नगरपालिका–३ को बिराखोला कैना–कट्के सडकखण्डमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। ग ३ च ९८४५ नम्बरको डबल क्याप बोलेरो जीप गएराति ११ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका...
विराटनगर । संखुवासभाको मकालु गाउँपालिका(२ का ३० वर्षीय लाक्पा शेर्पालाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मकालुबाट खटिएको प्रहरी टोलीले शेर्पाको घर खानतलासी गर्दा कोठाबाट लोड गरेको एक थान भरुवा बन्दुक र...
हाम्रो बारेमा
राष्ट्रियडेली कोशी प्रदेशका सक्रिय युवाहरूको टिमले सञ्चालन गर्दैआएको अनलाइन पोर्टल हो । समाजका सही घटनाहरूलाई आम-समुदायमाझ पुर्याउनु र राज्यलाई खबरदारी गर्नु हाम्रो उद्देश्य हो । राष्ट्रियडेली अनलाइन आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) को सदस्य संस्था हो ।