संक्रमितलाई चिकित्सकको सुझाव : सामाजिक सञ्जालका हावादारी कुराको पछि नलाग्नू

संक्रमितलाई चिकित्सकको सुझाव : सामाजिक सञ्जालका हावादारी कुराको पछि नलाग्नू

 राष्ट्रिय डेली

नेपालमा कोरोना माहामारीको दोस्रो लहरले जनजीवन आक्रान्त भइरहेको छ । निषेधाज्ञा जारी भएको पनि महिना दिन पुग्न लागेको छ । निषेधाज्ञा फेरि पनि थपिने संकेत देखिएको छ । यो अवस्थामा सबै मानिस घरभित्र नै बस्नु बाहेकको अर्को विकल्प छैन । त्यसो त यो महामारीमा बिभिन्न प्रकारका दीर्घरोगी पनि घरभित्रै बस्नुपर्ने बाध्यता छ । यस्तो अवस्थामा मुटुरोगका विरामी र मुटुरोग लाग्नबाट बच्नका लागि धेरै कुरामा ध्यान दिनुपर्छ ।

घरमा बसिरहेका मुटुरोगीहरुको कुरा गर्नुपर्दा पहिलो कुरा त यो समयमा उहाँहरुलाई अझ धेरै सुभाव सल्लाहको आवश्यकता पर्दछ । उहाँहरुलाई कोभिडको बेला अलि बढी जोखिम हुन्छ । घरमा बस्दा उहाँहरुले सामाजिक दुरीको बिशेष ख्याल गरेर बस्नुपर्ने आवश्यकता हुन्छ । बाहिर गइरहने मान्छेसँग नजिक पर्नु हुँदैन । यस्तै पटक पटक साबुन पानीले हात धुने, सेनिटाईजरको प्रयोग गर्ने जस्ता सुरक्षाका मापदण्डहरु त पालना गर्नै पर्छ ।

मुटुका बिरामीहरु सकेसम्म बाहिर नजाने यदि बाहिर जानै पर्ने अवस्था भए मास्क लगाउने, ६ फिटको सामाजिक दुरी कायम गरेर हिड्ने, सेनिटाईजर पटक पटक प्रयोग गर्ने गर्नुपर्दछ । मुटुरोगीका बिरामीहरुले नियमानुसार खोप लगाउन मिल्ने छ भने लगाउँदा हुन्छ । मुटुरोग भएकै कारणले नलगाउने भन्ने हँुदैन । मुटुरोग लागेकोे भए पनि आफूलाई मुटुको क्षमताले दिएसम्म सधै स्वस्थ राख्नको लागि शारीरिक व्यायाम गर्नुपर्दछ । धुम्रपान र मध्यपान त मुटुरोगिले गर्दैनन् नै होला तर पनि गरेको भए मध्यपान र धुम्रपान गर्नु हुँदैन ।

कोरोना खोप लगाउँन नहुने केहि विशिष्ट कारणहरु छन्, जस्तो कि रोग प्रतिरोध क्षमता एक्दमै कम भएको बेलामा, ज्वरो हनहनी आईराखेको बेलामा मात्र हो नलाउने नत्र त मुटु रोग भएकै कारणले भ्याक्सिन नलगाउने भन्ने चाहिँ हुदैन । खोप लागाईसकेपछि अरु सामान्य मानिसलाई जस्तै साईड ईफेक्ट मुटुका विरामीहरुलाई पनि हुन सक्छ ।

कोरोना संक्रमण बढिरहदा मुटुका बिरामीहरुलाई थप जोखिम भैरहेको छ तर संक्रमण रोकथामका लागि सरकारले अहिले जे जति पहल गरेको छ तिनीहरु धेरै हदसम्म सकारात्मक छन् । तर रोकथामको लागि पहिलो लहर आउँदा जति पालिकाहरु पनि तातेर लागेका थिए अहिले दोस्रो लहरमा पालिकाहरुको सक्रियता पनि कम देखिएको छ । जसरी पहिले बाहिरबाट आउने मानिसलाई क्वारेन्टाईनमा राखेर पीसीआर गरेर मात्र घर जान दिने गरिन्थ्यो यसपाली त्यसो नभएको देखियो ।

पालिकाहरुले निःशुल्क परीक्षण गराएर संक्रमितलाई आईसालेशनमा राख्न सक्नुपथ्र्यो यसो गर्न सकेको भए कोरोना भाईरसको चेन ब्रेक गर्न सजिलो हुने थियो । घरमा बसीरहदा शारीरिक व्यायामको कमी र चिल्लो खाने कुराहरु बढि खाने गर्दा सामान्य मान्छे पनि मुटुरोगको सिकार बन्न सक्छ । त्यसैले घरमै बस्दा पनि शारिरीक व्यायाम गर्ने , बढि चिल्लो, पिरो र मसलादार परीकारहरु खानु हुँदैन । यसले झन जोखिम निम्त्याउँछ ।

अहिल हाम्रो नेपालमा दैनिक २० ÷२२ हजार परीक्षण भैरहेको छ यसलाई जस्तो प्रविधि प्रयोग गरेर भए पनि बढाउनुपर्दछ । परीक्षण नबढाउँदा मानिसले आफूमा कोरोना संंक्रमण छ की छैन थाहा पाउदैन र उसले अरु मानीसमा पनि संक्रमण फैलाउन सक्ने संभावना हुन्छ । भाईरसको चेन ब्रेक गर्न संघीय सरकारले पालिकाहरुसँग समन्वय गरेर तत्काल यो कार्य गर्नुपर्ने देखिन्छ ।

मुटुरोगी वा अन्य रोगीहरुलाई अहिले बाहिर हिड्न गाह्रो भयो अस्पताल आउन गाह्रो भयो भने चाहीँ स्वास्थ्यमन्त्रालयको हटलाईन नम्बर १११५ र ११३३ मा सम्पर्क गर्न पनि सक्नुहुन्छ र अर्को चिकित्सकको समुहले पनि हटलाईनमार्फत सल्लाह दिने गरेको छ । अर्को ११५६ नम्बरमा जतिबेला पनि फोन गरेर सोध्न सकिनेछ । आधिकारिक व्यक्ति र आधिकारीक संस्थाको जानकारी बाहेकको अन्य सामाजिक सञ्जालका हावादारी कुराको पछि लाग्नु हुँदैन । यो एकदमै महत्वपूर्ण कुरा हो, त्यसकारण यसमा ख्याल गर्नुहोला । यसले तपाईहरुको मनोबलमा नराम्रो असर मार्न सक्दछ ।

मुटुका बिरामीले अहिलेको समयमा सधै खाईरहने साधारण खाना नै खानुपर्दछ । म दोहोर्याएर फेरि भन्छु कि मुटुका बिरामीले बिशेषगरी यो समयमा शारिरीक व्यायाममा नै ध्यान दिनुपर्दछ । मुटुका विरामीले आफ्नो श्वासप्रश्वासमा पनि ख्याल गर्नुपर्दछ । अहिलेसम्म कुनै औषधि, जडीबुटि खाएर कोरोना रोकथाम हुन्छ भन्ने छैन, त्यसकारण मुटुका बिरामीहरुका लागि चिकित्सकहरुले खान मिल्ने भनेका कुराहरु बाहेक अरु नखानका लागि म आग्रह गर्दुछु । जसले गर्दा तपाईको स्वास्थ्य थप राम्रो हुन्छ ।

adv-single
सम्बन्धित समाचार

सुनको मूल्यमा सामान्य वृद्धि

  विराटनगर। स्थानीय बजारमा बुधबार पहेलो धातुको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला १ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलामा १ लाख ५० हजार ३ सयमा कारोबार भएको सुनको...

हेटौँडामा लडेर एक युवकको मृत्यु

    विराटनगर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका ६ मा लडेर एक युवकको मृत्यु भएको छ। हेटौँडा–६ कल्यानटारका २८ वर्षीय उद्धव राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । मंगलबार साँझ आफ्नै घरको...

प्रकाशमानले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली चीन प्रस्थान गरेसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान श्रेष्ठलाई दिइएको छ। सोमबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी श्रेष्ठलाई दिइएको जनाएको हो। यसअघि...

उपनिर्वाचन :मतगणना अन्तिम चरणमा, कुन दलले कहाँ जिते ?

विराटनगर । स्थानीय तह उपनिर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ। पछिल्लो मतपरिणाम अनुसार कांग्रेसले १५ वडामा वडाध्यक्ष पदमा निर्वाचित भएको छ। एमालेले एक अध्यक्ष र एक उपाध्यक्षसहित ५ वटा वडामा वडाध्यक्ष जितेको छ। यसैगरी माओवादीले...

मोरङको ग्रामथाममा  नमोनारायण माझी विजयी

  विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमो नारायण माझी निर्वाचित भएका छन्। माझीले ६९६९ मत ल्याएर विजयी हुँदा कांग्रेसका बलराम सरदार थारू ५३३३ मतसहित दोस्रो भए। यसअघि कांग्रेसले जितेको यो गाउँपालिकामा...

१ हजार २ सयले घट्यो सुनको मूल्य

विराटनगर । स्थानीय बजारमा सोमबार पहेलो धातुको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला १ हजार २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आईतबार तोलामा १ लाख ५० हजार ५ सयमा कारोबार...

भेडेटारमा भिजी कलेजको एक दिने अभिमुखीकरण सम्पन्न

  विराटनगर । विराटनगर – ११ मा रहेको भिजी कलेजले बिबिए ,बिएसी र सिएसआइटीको नयाँ सत्रमा भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कलेजले कोशी प्रदेशको पर्यटकीय स्थल भेडेटारमा नयाँ संकायमा भर्ना भएका...

अर्किड कलेजलेद्वारा विज्ञान विषयका विद्यार्थीहरुलाई अवलोकन

  विराटनगर । विराटनगरको अर्किड कलेजले कक्षा ११ का विज्ञान तर्फका विद्यार्थीहरुलाई अवलोकन भ्रमण गराएको छ । कलेजले कक्षा ११ मा विज्ञान विषयमा बायोलोजी अध्ययन गर्ने  २५० भन्दा बढि विद्यार्थीहरुलाई लेटाङको राजारानीमा अवलोकन भ्रमण गराएको...

शेयर बजारमा दोहोरो अंकले वृद्धि, बढ्यो कारोबार रकम

  विराटनगर । मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार ३३.४१ अंकले बढेर २,७१६ बिन्दुमा कायम भएको छ । शेयर बजारमा २१० कम्पनीको शेयर मूल्य बढेको छ भने ३३ कम्पनीको शेयर मूल्य...

मूल्य घटेपछि सुनको माग बढ्यो

विराटनगर । सरकारले सुन आयातमा लाग्ने भन्सार दर आधा घटाएपछि त्यसको प्रभाव उपभोक्ता बजारमा देखिएको छ। सुनचाँदी पसलमा सुन किन्ने उपभोक्ताको सङ्ख्या बढेको छ। सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष मणिरत्न शाक्य मूल्य घटेपछि माग बढ्नु...

इजरायली राजदूत पुगे सुन्दरीजलस्थित बिपी सङ्ग्रहालय

  विराटनगर। । नेपालका लागि इजरायलका राजदूत शुमलिक एरी बासले सोमवार सुन्दरीजलस्थित बिपी सङ्ग्रहालय पुगेका छन्। इजरायल र नेपालबीचको ६४ वर्ष पुरानो कूटनीतिक सम्बन्धलाई अझ दिगो बनाउने तथा तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाप्रति सम्मान प्रकट गर्न...

ग्रामथानमा कांग्रेस‚ एमाले र माओवादीबीच नै प्रतिस्पर्धा हुने

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका यतीबेला चुनाव लागेको छ। नेता कार्याकर्ताहरु घरदैलो कार्यक्रममा व्यस्त देखिन्छन् । एक स्वतन्त्र र १५ राजनितिक दलका अध्यक्ष पदका उम्मेदवार मतदाताहरुसँग मत माग्दै घर घर हिँडिरहेका छन् । ग्रामथान गाउँपालीकामा...