उदयपुर । उदयपुरमा टिक टक बनाउने क्रममा एक बालिकाको झुण्डिएर मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको चौदण्डीगढी नगरपालिका ९ बस्ने बर्ष ११ को संजीता बस्नेत रहेका छन् ।
उनको टिकटक बनाउन मुढा राखेर सलको पासो लगाई भिडियो बनाउने क्रममा मुढा चिप्लिएर पासो लाग्दा मृत्यु भएको प्रहरीले जनाएका छन् । प्रहरीका अनुसार उनले मोबाइल घरको धरिनमा राखेको अवस्थामा फेला परेको थियो ।
उनको घाटीमा सलको पासो बनाएर बाई बाई गरेको भिडियो देखिएको छ । आमा बुबा भान्सा कोठामा खाना खाइरहेको अवस्थामा छोरीले अर्को कोठामा टिकटक बनाउने क्रममा बुधवार साँझ झुण्डिएर मृत्युभएको थियो ।
बालिका आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख (एसपी) भिवबहादुर दाहालले जानकारी दिए । सलको पासो बनाएर झुण्डिएको भिडियो फुटेज देखिन्छ ।
एसपी दाहालका अनुसार भिडियो फुटेज अनुसन्धानकै क्रममा रहेकोले फोरेन्सिक ल्याबपछि मात्रै प्रष्ट हुने छ । भिडियो झुण्डिएकै दिनको हो कि अरू दिनको हो, अनुसन्धानपश्चात् थाहा हुने एसपी दाहालको भनाई छ ।
Post Views: 15