काठमाडौं । सरकारले शैक्षिक प्रमाणपत्रलाई धितो राखेर २५ लाखसम्म ऋण दिने व्यवस्था गरेको छ । शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएको हो ।
यस्तै उनले स्नातक तह वा सोभन्दा माथिको शैक्षिक प्रमाणपत्र धितोमा राखेर पाँच प्रतिशत ब्याजदरमा शहुलियत पूर्ण ऋण दिइने जानकारी दिए । युवाहरुले शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम पाँच प्रतिशत व्याजदरमा २५ लाखसम्म कर्जा पाउने छन् ।
यसैगरी, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई १२ अर्ब रकम विनियोजन गरिएको छ । २ लाख युवालाई सय दिन रोजगारी दिनका लागि उक्त रकम विनियोजन गरिएको हो । थप एक सयलाई सीपमूलक तालिम दिन ४० करोड बजेट विनियोजन गरिएको छ । अर्थमन्त्री पौडेलले २५ हजार रोजगारी सिर्जना गर्न १ अर्ब बजेट प्रस्तुत गरेका छन् ।
Post Views: 16