काठमाडौँ । सरकारले विद्युतीय सवारी सञ्चालन गर्नेलाई सडक कर र भन्सारमा छुट दिने भएको छ । शनिबार आर्थिक वर्ष २०७८-७९ को वजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सो घोषणा गरेका हुन् ।
उनका अनुसार विद्युतीय सवारी खरीदमा छुट, पूर्वाधार निर्माणका लागि ठाउँ अवलवकनका लागि कार्यदल गठन गरिनेछ । पेट्रोलियम सवारीलाई विद्युतीयमा रुपान्तरण गरेमा ५ वर्ष सम्म सडक कर र भन्सार छुट दिइने उनले बताए ।
विद्युतीय सवारी उत्पादन गर्ने विश्वका १० वटा कम्पनीलाई नेपाल भित्र्याइनेछ। सवारीका पाटपूर्जा नेपालमै उत्पादन गर्नेगरी उद्योग स्थापना गरी रोजगारी दिइने र नेपाल आउने कम्पनीलाई कर सहुलियत दिइनेछ ।
Post Views: 54