मोरङमा फेरि सात दिन निषेधाज्ञा थपियो

मोरङमा फेरि सात दिन निषेधाज्ञा थपियो

 राष्ट्रिय डेली

विराटनगर, १६ जेठ । जिल्ला प्रशासन कार्यालय मोरङले पुनः साता निषेधाज्ञा थपिएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्नेक्रम यथावतै रहेको भन्दै प्रशासनले जेठ १७ गते राति १२ बजेदेखि लागू हुनेगरी २४ गते राति १२ बजेसम्म निषेधाज्ञा थपेको हो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार अधिकारीका अनुसार यो पाँचौँ चरणको निषेधाज्ञा हो । यसअघि गत सोमबार १७ गते राति १२ बजेसम्म लागू हुनेगरी चौथो चरणको निषेधाज्ञा थपिएको थियो ।

तर दोस्रो लहरको कोरोना महामारीमा सङ्क्रमितको सङ्ख्या बढ्नेक्रम कायमै रहेपछि चौथो पटक निषेधाज्ञा जारी गर्नुपरेको प्रजिअ कोषहरि निरौलाले बताए । थप गरिएको अवधिमा कडाई गर्ने निर्णय भएको उनले बताए ।

उनका अनुसार निषेधाज्ञाको अवधिमा औषधि, खाद्यवस्तु, इन्धनलगायत अत्यावश्यक वस्तु तथा सेवाहरू खरिद–बिक्री गर्न छुट छ । त्यस्ता पसल पनि खुला गर्न दिइएको छ । औषधि पसललाई २४सै घण्टा तथा अत्यावश्यक खाद्यवस्तु र तरकारी पसललाई बिहान दस बजेसम्म तथा बेलुकी पाँच बजेदेखि उताको समयमा खोल्न दिइएको छ ।

यता, बैङ्क तथा बित्तीय संस्थालाई नेपाल राष्ट्र बैङ्कले तय गरेको गाइडलाइनअनुसार सञ्चालन गर्न अनुमति दिइएको छ । यस्तै, निर्माणसम्बन्धी कामको हकमा भने सरकारी आयोजनाका कामबाहेक अन्य निजी काममा रोक लगाउने निर्णय भएको छ ।

मोरङमा हाल सङ्क्रमितको सङ्ख्या दस हजार ७ सय १ पुगेको छ । जसमध्ये एक सय ८५ जनाको मृत्यु भइसकेको छ भने २६ सय ६५ सङ्क्रमणमुक्त भइसकेका छन् ।

adv-single
सम्बन्धित समाचार

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

पर्वत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको हुने गरेको पाइन्छ । पर्वतमा भने १२ वर्षीय एक छात्र बिहीबारदेखि सञ्चालित एसइई परीक्षामा सहभागी भएका छन् । दक्षिण पर्वतको पैंयुँ गाउँपालिका–४ मा रहेको जनसेवा...

मन्दीमै छ अर्थतन्त्र तर सरकार दाबी गरिरहन्छ, 'सुधार भइरहेको छ'

विराटनगर । सर्वेक्षण तथा तथ्याङ्कहरूले देशको अर्थतन्त्र झनझन घाटामा गइरहेको तथा सङ्कट जारी रहेको देखाइरहँदा पनि सुधार भइरहेको सरकारको दाबी भने दोहोरिन छाडेको छैन । वैदशिक व्यापार घाटा बढिरहेको, आन्तरिक बजारमा आर्थिक मन्दी कायमै रहेको...

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले चलाएको गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रणसम्बन्धी अभियानका क्रममा पेस्तोलसहित ताप्लेजुङको फुङ्लिङका २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बूलाई आज पक्राउ गरेको...

मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र

चितवन । अनुचित लेनदेन मिटर ब्याजका मुद्दा जिल्ला प्रहरी कार्यालयबाट हेर्न थालेसँगै चार निवेदनमा मिलापत्र गराइएको छ । जिल्ला प्रशासन कार्यालयबाट गत माघ ११ गते प्रहरी कार्यालयमा आएका ६३ निवेदनमध्ये चार र सोही मितिपछि परेका...

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

चौतारा , सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको पहिलो आरोणका लागि अन्तिम तयारी भइरहेको छ । जुगल गाउँपालिकाको शिरमा रहेका जुगल–१ र जुगल–२ को दश पर्यटकले पहिलोपटक आरोहण गर्ने भएका गाउँपालिका कार्यालयले...

सुनको मूल्य रु दुई हजार एक सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार एक सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज झनै वृद्धि भएको हो । बिहीबार प्रतितोला रु एक लाख २७ हजार नौ...

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने

विराटनगर । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिका लागि चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । इटहरी रङ्गशालामा बिहीबार राति भएको...

मौसम बदली भोलिसम्मै, आइतबारदेखि सुधार हुने

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि शनिबारसम्म जारी नै रहने र आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । न्यून चापीय वायुको प्रभाव आइतबारदेखि कमजोर भई मौसममा...

विराट गोल्डकपमा भुटानको विजयी सुरूआत, आज आर्मी र एनआरटी खेल्दै

विराटनगर । विराट गोल्डकप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्गशालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताअन्तर्गत बिहीबार राति भएको उद्घाटन खेलमा भुटानको आरटीएफसी टिम विजयी भएको छ । आरटीएफसी भुटानले नेपाल पुलिस क्लबलाई ३-० गोलले पराजित गरेको...

एमडीएमएस खरिदमा भ्रष्टाचार : करिब ९२ करोड बिगो दाबीसहित १९ जनाविरूद्ध मुद्दा

विराटनगर । नेपाल दूरसञ्चार प्राधिकरणले गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) परामर्श सेवा खरिदमा अनियमितता भएको भन्दै १९ जना व्यक्ति र २ वटा कम्पनीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १९...

सामान्य अंकले बढ्यो नेप्से, २ अर्ब ६५ करोड रूपैयाँमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेजका अनुसार नेप्से परिसूचक चार दशमलव ७८ अङ्कले उकालो लागेर दुई हजार ३५ दशमलव ६४ मा पुगेको छ...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा

विराटनगर । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् । अर्यालले बिहीबार राष्ट्रियसभा अध्यक्ष नारायण दाहालसमक्ष राजीनामापत्र बुझाएकी हुन् । नेकपा (माओवादी केन्द्र) बाट दाहाल गत फागुन २९ गते राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका...