अमरगढी । डडेल्धुरा अस्पतालमा कोरोना संक्रमणको उपचारत श्रीमानको मृत्यु भएपछि कुरुवा बसेकी श्रीमतीले आत्महत्या गरेकी छन् ।
डडेल्धुरा अस्पताल डडेल्धुरामा कोरोनाको उपचार गराइरहेको बाजुरा जिल्लाका सुरेश कठायतको मुत्यु भएपछि उनकी श्रीमती सरिताले अस्पताल नजिकैको जंगलमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।
बाजुरोको छेडदह गाउँपालिका वडा नं.७ का २८ वर्षीय सुरेशलाई थप उपचारका लागि जेठ २ गते डडेल्धुरा अस्पताल ल्याईएको थियो ।
शनिबार उपचारको क्रममा सुरेशको मृत्यु भएपछि कुरुवा वस्न आएकी श्रीमतीले रुखमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।
चिकित्सकले मृत घोषणा गर्नुपुवै नै आईसियु कक्षबाट बिहानै वेपत्ता भएकी उनलाई बेलुका ५ बजेतिर अस्पताल नजिकै रहेको जंगलमा अवस्थामा फेला पारेको प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए ।
उनका अनुसार लामो समयको प्रेम सम्बन्धपश्चात गत मंसिरमा विवाह भएको र पति वियोगको पीडा सहन नसकी आत्महत्या गरेको हुन सक्छ ।
शवको पोष्टमार्टम गरेर आफ्न्तको जिम्मा लगाएको र कोरोना संक्रमणबाट मृत्यु भएका श्रीमान र आत्महत्या गरेकी श्रीमती दुवै जनाको शव आफ्न्तले बुझेर लगेको अस्पताल स्रोतले बताएको छ ।
Post Views: 34