काठमाण्डौं, १७ जेठ । चीनले नेपाललाई अनुदानमा दिने कोरोना भाइरसविरुद्धको १० लाख डोज खोपमध्ये मङ्गलवार आठ लाख डोज खोप मात्रै नेपाल आइपुग्ने नेपाल एअरलाइन्सले जनाएको छ ।
खोप ल्याउन नेपाल एअरलाइन्सको जहाज सोमबार बेइजिङ जाँदैछ । सोमबार राति साढे ११ बजे बेइजिङका लागि उड्ने जहाज मङ्गलवार दिउँसो साढे २ बजे नेपाल आइपुग्ने तालिका रहेको छ ।
नेपाल वायु सेवा निगमका अप्रेशन विभाग प्रमुख दिपु जुहार्चनले आठ लाख डोज खोप ल्याउन जहाज सोमबार बेइजिङ जाने बताए । स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले भने १० लाख डोज विभिन्न चरणमा आउने जानकारी पाएको र आठ लाख डोज मंगलबार नै आइपुग्नेबारे आफूलाई जानकारी नआएको बताए ।
Post Views: 51