रोगको भन्दा भोकको चिन्ता

रोगको भन्दा भोकको चिन्ता

 राष्ट्रिय डेली

कटवाल दिपक
बिराटनगर २२ बैशाख । कोभिड १९ को माहामारीले अहिले विश्व नै आक्रान्त बनेको छ । चिनको वुहानबाट फैलिएको कोभिड १९ को महामारीबाट नेपाल पनि अछुतो रहन सकेन । कोरोना भाइरस तिब्र रूपमा फैलिएसँगै नेपालमा पनि लामोसमय लकडाउन भयो । जसका कारण यातायात, होटल, शिक्षा, सिनेमा, उद्योग लगाएत सबै क्षेत्र प्रभावित बन्न पुग्यो ।

कोभिड १९ को पहिलो चरणको लकडाउनले हुने खानेहरूलाई खासै असर नगरे पनि दैनिक ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्ने वर्गहरूलाई भने आर्थिक रुपमा कमजोर बनायो । अहिले फेरि कोरोना संक्रमण बढेसँगै सरकारले जारी गरेको निशेधाज्ञाका कारण दैनिक ज्याला मजदुरी गर्नेहरूलाई के खाने भन्ने चिन्ताले सताएको छ ।

बिराटनगर रानीमा दस बर्ष देखि ठेलामा फलफुल बेच्दै आएका राजिब मण्डलले ठेलाको ब्याबसायबाट ४ जनाको परिवार पाल्दै आइरहेका छन् । निशेधाज्ञा अगाडी दैनिक ४÷५ सय कमाइ गर्दै आएका थिए तर अहिले आम्दानिको बाटो ठप्प भएको छ । अब कसरी परिवार पाल्ने भनेर उनलाई चिन्ता थपिएको छ ।

बिराटनगर – ६ शान्तिचोकमा बिगत १५ बर्षदेखि तरकारी व्यापार गर्दै आएकी रिता मन्डललाई पनि निशेधाज्ञाले चिन्तित तुल्याएको छ । तरकारी ब्यवसायबाट ३ जनाको परिवार पाल्दै आएकि रिता निशेधाज्ञा भएसँगै समस्यामा परेकी छन् । निशेधाज्ञा भएदेखि तरकारी समेत बेच्न नदिएको गुनासो गर्दै उनले भनिन, ‘नगर प्रहरी र प्रहरीले तरकारी खोसेर लैजान्छन ।’ लकडाउन अगाडी दैनिक ४÷५ सय दैनिक मुनाफा हुने गरेता पनि अहिले तरकारी बेच्न नदिएका कारण घर कसरी चलाउने भन्ने चिन्ता थपिएको उनले सुनाइन ।

बिराटनगरको गोल्डेल हस्पिटल अगाडि ४ बर्षदेखि ठेलामा पानीपुरी, चटपटे बेच्दै आएका पिन्टु साह ५ दिन देखि काम बिहिन भएका छन् । निषेधाज्ञा अगाडि दैनिक १ हजार सम्म कमाइ गर्ने साहलाई पनि कोभिडका कारण भएको निशेधाज्ञाले चिन्तित बनाएको छ । यहि व्यवसायबाट उनले चार जनाको परिवार पाल्दै आएका छन् । उनले भने, ‘पहिलो चरणको लकडाउनमा घर चलाउन लिएको ऋण अहिलेसम्म तिर्न सकेको छैन फेरी निशेधाज्ञा भएर समस्या थपियो ।’

विराटनगरको गुद्रीमा तरकारी व्यापार गर्दै आएका गंगाप्रसाद साहको पनि समस्या उस्तै छ । उनले पनि ८ जनाको परिवार यहि व्यवसायबाट चलाउँदै आएका थिए । उनले भने, ‘बिहान बेलुकाको छाक टार्नकै लागि एक हप्ता देखि प्रहरीको आँखा छलेर ठेलामा तरकारी बेच्नु परेको छ, के गर्नु रोगको भन्दा भोकको पिर छ ।’

adv-single
सम्बन्धित समाचार

कवि राम अधिकारीको ‘सपना र छायाहरू’ विमोचित

विराटनगर । शब्द मिडिया प्रा.लि.ले प्रकाशन गरेको ‘सपना र छायाहरू’ कवितासङ्ग्रहको विमोचन भएको छ । कवि राम अधिकारीको पहिलो पुस्तकको रूपमा आएको उक्त कविताकृति साहित्यकारहरूका बीच विचोचन गरिएको थियो । पुस्तकलाई प्रमुख अथिति प्रा.डा.सुष्मा आचार्य,...

धादिङमा भ्यान दुर्घटना हुँदा ११ जना घाइते

    विराटनगर। काठमाडौंबाट चितवनको कुरिनटार जाँदै गरेको भ्यान आज दिउँसो धादिङको थाक्रे गाउँपालिका ६ मा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेहरुमध्ये तीन जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले...

बंगलादेशमा डेंगुका बिरामी ५० हजार नाघे, २६४ को मृत्यु

    विराटनगर । बंगलादेशी स्वास्थ्य प्राधिकरणले बंगलादेशमा डेंगुका कारण हालसम्म २६४ जनाको मृत्यु भएको छ। यस वर्ष देशमा डेंगु पुष्टि भएको कुल सङ्ख्या ५३ हजार १९६ पुगेको छ। डेंगु ज्वरो, संक्रमित एडिस लामखुट्टेको टोकाइबाट...

सरकारको कामप्रति कांग्रेस सन्तुष्ट छ : देउवा

  विराटनगर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति काँग्रेस सन्तुष्ट रहेको बताएका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण...

एमबिबिएसमा नाम निकाल्ने विद्यार्थीलाई भानु कलेजको सम्मान

विराटनगर । एमबीबीएसमा नाम निकाल्ने विद्यार्थीलाई भानु कलेजले सम्मान गरेको छ । कलेजले एक कार्यक्रक गरी एमबीबीएसमा नाम निकाल्ने विद्यार्थी प्रज्जल खड्कालाई सम्मान गरेको हो । खड्काले ३२ औं स्थानमा एमबीबीएसमा नाम निकालेको थिए ।...

सरकारको १०० दिन विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने :प्रभु साह

  काठमाडौ । आम जनता पार्टी आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको १०० दिने कार्यकाल विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने काममै सिमित रहेको बताएका छन् । काठमाडौंमा आज...

कृषि एम्बुलेन्सले चितवनका किसानलाई राहत

  चितवन । इच्छाकामना गाउँपालिका(२ हपनीका कर्णबहादुर चेपाङलाई अचेल आफूले उत्पादन गरेका सागसब्जी बजारसम्म लैजान कुनै समस्या छैन। उत्पादित सागसब्जी बजारसम्म लैजान घरमा नै कृषि एम्बुलेन्स आइपुग्छ। इच्छाकामना गाउँपालिकाले हपनी कृषि समूहको साझेदारीमा कृषि एम्बुलेन्स...

५८ अंकले घट्यो नेप्से परिसूचक

  विराटनगर । सेयर बजारको नेप्से परिसूचक आज सोमबार करिब ५८ अंकले घटेको छ। ५७.९९ अंक घटेपछि नेप्से २६३९ मा कायम भएको छ। बजार घटेसँगै कारोबार रकमसमेत घट्न पुगेको छ। अघिल्लो कारोबार दिन ८ अर्ब...

विवादित एसपी कार्कीको सरुवा, सादा पोसाकका प्रहरीहरु छानविनको दायरामा

  विराटनगर । गृह मन्त्रालयको पन्ध्रौँ निर्णयमा उल्लेखित भए अनुसार सादा पोसाकमा प्रहरी नराख्ने भनिएता पनि यो निर्णयलाई वास्ता नगरी एसपी नवराज कार्कीले आफैले सादा पोसाकमा घुमुवा प्रहरी राखी तस्करसँग साँठगाँठ गरी अवैध रकम उठाएको...

 अदालतले मलाई न्याय दिन्छ :लामीछाने

  विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई अदालतले न्याय दिने बताएका छन् । सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरुसँगको छोटो कुराकारी गर्दै न्यायलयले...

शेयर बजारमा उच्च अंकले गिरावट

विराटनगर। शेयर बजारमा साताको पहिलो दिन उच्च अंकले गिरावट आएको छ । शेयर बजार ४७.४४ अंकले घटेर २,६९७ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १८ कम्पनीको शेयर मूल्य बढेको भने २२६ कम्पनीको शेयर मूल्य...

रास्वपाका कार्यकर्ताले तोडे निषेधित क्षेत्र

  पोखरा । पोखरामा प्रदर्शनकारीले निषेधाज्ञा तोडेका छन् । पूर्वउपप्रधान तथा गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अर्कै बाटो प्रयोग गरी अदालत पुर्याइएपछि रास्वपाका कार्यकर्ता आक्रोशित भएका हुन् । आक्रोशित कार्यकर्ताले ढुंगामुढासमेत गरेका...