उदयपुर, २३ बैशाख । उदयपुरमा दाजुको कुटाईबाट भाईको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–९ का ५० बर्षीय पुलकित चौधरीले कुटपिट गर्दा भाई ३६ बर्षीय खुशिलाल चौधरीको मृत्यु भएको हो ।
बैशाख २० गते राती ८ बजेको समयमा सामान्य बिषयलाई लिएर दाजुभाई बिच भनाभन र कुटपिट भएको थियो । दाजुको कुटाईबाट घाईते भएका खुशिलाललाई उपचारको लागी जिल्ला अस्पताल गाईघाट हुँदै थप उपचारको लागी बिराटनगरको गोल्डेन अस्पताल लगी उपचार भईरहेको थियो ।
उनको उपचारको क्रममा बुधवार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनामा संग्लग्न पुलकितलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
Post Views: 2,745