गुद्रीमा प्रतिकेजी १५ रुपैँया पर्ने टमाटर बारीबाट ३ रुपैँयामा पनि बिकेन

गुद्रीमा प्रतिकेजी १५ रुपैँया पर्ने टमाटर बारीबाट ३ रुपैँयामा पनि बिकेन

 राष्ट्रिय डेली

विराटनगर, २३ । मोरङको जहदा गाउँपालिका – ५ मा रहेको फुलटोल बस्ति विराटनगर रंगेली सडकको रामचौक बाट थोरै पश्चिम लोहन्द्रा खोलाको किनारमा अवस्थित छ । करिब २० घरधुरी रहेका फुलटोलका मानिसहरूको मुख्य पेशा कृषि हो ।


मोरङको जहदा, कटहरी, भातिगछ, पोखरिया, मझारे लगायतको भू–भागमा मौसमी खेति हुँदै आएको छ । अहिले त्यहाँका कृषकले टमाटर, लौका, बन्दा कोभि, बोडी लगायतका तरकारी लगाएका छन् ।


विश्वव्यापी रुपमा फैलिएको पहिलो चरणको कोरोना भाइरसका कारण भएको लकडाउनका कारण धेरै नोक्सानी व्यहोरेका त्यहाँका कृषकले दोस्रो चरणको निशेधाज्ञा शुरु भएपछि पनि नोक्सानी व्यहोर्न बाध्य भएका छन् ।


बैंकबाट ऋण लिएर तरकारी खेती गर्दै आएका उनिहरूलाई अहिले ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताउन थालेको छ । लाखौँ लगानीमा लगाएको तरकारी बारीमा नै कुहिन थालेपछि ऋण र परिवार को भविष्यको चिन्ताले सताई नै रहेको छ ।

गतवर्ष पनि लकडउनले सयौ बिगाहा जमिनमा लगाईएको टमाटर बारीमा नै कुहिएर खेर गयो । जसबाट त्यहाँका कृषकले करोडौँको घाटा व्यहोरेका थिए । यसपटक पनि त्यहाँका कृषकले ऋण लिएर बारीमा टमाटर लगायत अन्य तरकारी लगाएका थिए ।


फुलटोलकी तारादेवी सिंहको मुख्य पेसा कृषि हो । लामो समयदेखी कृषि तरकारी खेति गर्दै आएकी तारादेवीले गतवर्ष पनि लाखौँको क्षति व्यहोर्न बाध्य भएकी थिइन् । अहिले उनको २ बिगाहा जमिनमा टमाटर लगायतका तरकारी छन् । तर, निशेधाज्ञा शुरु भएसँगै टमाटर बारीमा नै कुहिन थालेको छ । चार लाख लगानीमा टमाटर लगायतका अन्य तरकारी लगाएको सुनाउँदै उनले भनिन, ‘अहिलेसम्म तीस हजारको मात्रै टमाटर बेच्न पाइयो, अरु सबै कुहिएर जान लाग्यो ।’

उनले अहिले दुई रुपैँया प्रतिकेजीमा पनि टमाटर बेच्न नसकेको बताईन् । उनले भनिन्, ‘यहाँ उत्पादन भएको तरकारी विराटनगर, ईटहरी, धरान र काठमाण्डौंका व्यापारीले लाने गरेका थिए । तर, निशेधाज्ञाका कारण कतैका व्यापारी पनि आउँदैनन् ।’


तारादेवी जस्तै त्यहाँका सबै कृषक बारीमा तरकारी कुहिन थालेपछि चिन्तित भएका छन् । लामो समय मिहेनत गरेर उत्पादन गरेको तरकारी बारीमा कुहिएपछि बैंकको ऋण तिर्न समस्या भएको उनिहरूको भनाई छ ।

विराटनगरबाट पाँच किलोमिटर भनदा कम दुरीमा रहेको कृषि क्षेत्रमा करोडौँको टमाटर नष्ट हुँदा विराटनगरको गुद्री बजारमा भने नारायणघाट लगायतको क्षेत्रबाट आयत गरेर टमाटर बिक्रि भइरहेको छ । गुद्रीमा अहिले टमाटर थोक १० देखि १५ रुपैँया र खुद्रामा १५ देखि २५ रुपैँया प्रतिकेजीसम्ममा बिक्रिबितरण भइरहेको छ ।


स्थानिय उत्पादन बारीमै कुहिएर नष्ट भएर कृषकले लाखौँको घाटा व्यहोर्न बाध्य भएपनि स्थानिय सरकार भने मौन देखिन्छ ।

adv-single
सम्बन्धित समाचार

नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित

विराटनगर । नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित भएका छन् । क्यालिफोर्नियाका २४ औं जिल्लासभा सदस्य एलेक्स लीद्वारा अनसंग हिरो २०२४ को रूपमा थापा सम्मानित भएका हुन् । थापा महिलाहरूको लागि मार्शल...

जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

जजरकोट । भुकम्प प्रभावित जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिएको छ । इन्टेल अमेरिकामा कार्यरत नेपालीहरू र ओरेगन नेपाली समाजको सहयोग एवम् प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा पाँच सय विद्यार्थीहरूलाई शैक्षिक सामग्री...

बूढीगंगाकी उपाध्यक्ष सार्वजनिक बिदाको दिन सरकारी गाडी लिएर व्यक्तिगत सफरमा

विराटनगर । सरकारले कार्यालयीय कामको प्रयोजनमा आवतजावतमा सहजताका लागि स्थानीय तहका जनप्रतिनिधिलाई सवारी साधनको व्यवस्था गर्छ । यसरी व्यवस्था गरिने सवारी साधन कार्यालयीय प्रयोजनमा बाहेक प्रयोग गर्न पाइँदैन । तर, जनप्रतिनिधिहरूको सरकारी गाडी दुरूपयोगको शृंखला...

एसीसी प्रिमियर कप : अपराजित रहँदै नेपाल सेमिफाइनलमा

एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको समूह चरणमा नेपाल अपराजित भएको छ। बुधबार साउदी अरबलाई ६ विकेटले पराजित गर्दै नेपाल समूह 'ए' मा अपराजित रहेको हो। यसअघि नेपालले समूहमा मलेसिया, कतार र हङकङलाई पराजित गरेको...

साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको मध्यम लक्ष्य

विराटनगर । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा साउदी अरेबियाले नेपालसामु जितका लागि ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानको अल अमेरत खेल मैदानमा जारी खेल वर्षाले प्रभावित भएपछि २० ओभरबाट आठ...

८ ओभरमा सीमित खेलमा नेपालविरूद्ध ब्याटिङ गर्दै साउदी अरेबिया

काठमाडौँ । एससिी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाले प्रभावित भएपछि आठ ओभरमा झारिएको छ । भर्खरै सुरू भएको खेलमा टस हारेर साउदी अरेबिया ब्याटिङमा उत्रिएको छ । समूह ‘ए’ मा...

सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते, ४ काे अवस्था गम्भीर

दाङ । दाङबाट रूकुमका लागि हिँडेको यात्रुवाहक बस सल्यानको बागचौर नगरपालिका-२, ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । रा १ ख २०८५ नम्बरको बस बागचौर-२, ठिनबाँङस्थित पुलदेखि तल खस्दा दुर्घटना भएको लुम्बिनी प्रदेश...

लागुऔषध मुद्दामा पक्राउ परे एन्फा उपाध्यक्ष लामा

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष दावा लामालाई पक्राउ गरेको छ । लामालाई काठमाडौँबाट आज पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक...

निर्वाचन आचारसंहिता पालन नगरे कारबाही हुने

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरूपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने भएको छ । प्रतिनिधिसभाको इलाम क्षेत्र नं...

प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा सुदूरपश्चिम सरकार...

नेरुडे मिर्मिरे लघुवित्तका कर्मचारी आन्दोलित, माग पूरा नभए काम ठप्प पार्ने चेतावनी

विराटनगर । मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्त मर्ज भएर एकीकृत कारोबार सुरु भएको छोटो समयमा नै कर्मचारीहरू आन्दोलित भएका छन् । मर्ज भएर ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’ भइसकेपछि विराटनगरमा सोमबार आयोजना भएको एक कार्यक्रमलाई...

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

विराटनगर । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (आइतबार) को तुलनामा आज सुनको मूल्य प्रतितोला सात सय रूपैयाँ बढेको हो । आज छापावाल सुन प्रतितोला एक...