साताको साहित्य : मिलन समीरका तीन कविता

साताको साहित्य : मिलन समीरका तीन कविता

 राष्ट्रिय डेली

करादीखोला स्याङ्जाका मिलन समीर गजल र कविता क्षेत्रमा चिनिएको नाम हो । विशेष गरि साहित्यको गजल र कविता मन पराउने समीर मोफसलमा बसेर साहित्यिक यात्रामा निरन्तर लागिरहेका छन् ।

स्याङ्जा साहित्य प्रतिष्ठानका सचिव, नेपाली लेखक संघ स्याङ्जाका सचिव, स्थानेश्वर शर्मा स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार वालिङका सचिव, बैकल्पिक बाटो पृथक पाइला सृजनात्मक अभियानका संस्थापक संयोजकको भुमिका निर्वाह गरिरहेका समीर एक सशक्त कविका रुपमा परिचित छन् ।

‘गाउँमा साइरन बजेपछि’ कविता संग्रह पाठक माझ ल्याइसकेका समीर सुदिश निरौला स्मृति समहित्य पुरस्कार २०७७ र अन्य स्थानिय र राष्ट्रिय स्तरबाट सम्मानित भइसकेका छन् ।

शिक्षण पेसामा आवद्ध उनले विभिन्न साहित्यिक कार्यक्रमहरूमा आफ्ना कविता र गजल मार्फत श्रोताहरूको मन जित्न सफल भएका छन् । उनै समीरका तीन कविता साताको साहित्यमा प्रस्तुत गरेका छौँ ।

…………….
संगीन प्रश्न

अध्यारोमा,
अरु कसैले नदेख्नेगरी
सर्वाङ्ग नाङ्गो मेरो शरीरलाई
हजुरले ओछ्याएर सुत्न चाहिँ मज्जाले हुने
तर सबैले देख्नेगरी – उज्यालोमा
मैले हजुरलाई छुन त धेरै टाढाको कुरा
हजुरको नजिकै सर्न पनि नहुने
साच्चै किन हो र मालिक बराजु ?

एकाबिहानै सुनपानी छर्किदैमा
रातैभरी हजुरले निल्नुभएको
मेरो मुखको र्याल चोखिन्छ होला र ?

कालभैरव जस्तै हजुरको उन्मत्त लिङ्ग
मेरो सुकुमारी शरीरमा
रातैभरि पस्दा चाहिँ केही पनि नहुने
तर म हजुरको छेउमा
दिउँसो एकैछिन बस्नै नहुने
साच्चै किन हो र मालिक बराजु ?

हरेकदिन गायत्री मन्त्र जप्दैमा
हरेकरात हजुरको जनैमा कटकटिएर बसेको
मेरो योनिरस पखालिन्छ होला र ?

हजुरको शरीरको अतृप्त भोक
मेरै यौवनको भोजनले मेटिने
अँध्यारोमा एउटै भएको शरीर
भालेको पहिलो डाँकसङ्गै छुट्टिने
मेरै मुखको थुक चल्ने
तर मैले छोएको पानी नै नचल्ने
साच्चै किन हो र मालिक बराजु !

हजुरको घरको दलानमा पनि
टेक्ने आँटै नगर्ने मान्छे
हजुरका हरेक रातहरूलाई
सदैव रंगीन बनाइदिने
हजुरकि रातकी प्रिय रानी
दिनकी नोकर्नी भुइँमान्छे मैले
जिन्दगीमै पहिलोपटक
हजुरको आँखामा आँखा जुधाएर
यत्ति सोध्ने आँट गरेकी छु आज ।

दिनुहोस् न जवाफ मालिक बराजु !
कुन धर्मशास्त्रमा लेखिएको रहेछ ?
तपाईंका लागि – म जस्तै शुद्रहरुको
सिङ्गो शरीर त चल्छ
तर, पानी चल्दैन भन्ने कुरा !
………………
मार्सी चामलको भात

दुवै आँखाले कहिल्यै नदेख्ने
दुवै कानले कहिल्यै नसुन्ने
अल्जाइमरले महाग्रस्तै भएको
यो देशको विवेकहीन बुढो शासकले
वर्षाैंदेखि हामी भुइँमान्छेहरूलाई
सुख, शान्ति र स्थायित्वसङ्गै
देखाएर समृद्धिको दिवा – सपना
दिनुसम्म दुःख दिइरहेको छ – अहिलेसम्म … !

दिग्भ्रमित विचारको
पिलाइदिएर कालकुट विष हामीलाई
बिभाजित तुल्याएर
लडाउदै आएको छ – एक – आपसमा
र त फसिरहेका छौं हामी – अहिलेसम्म पनि
अशान्तिको अखन्डित चक्रव्युहमा
उत्तरआधुनिक अभिमन्यु भएर … !

भर्याङ बनाएर हाम्रै बलियो काधलाई
चढेपछि आलिसान महलको
सबैभन्दा माथिल्लो तलामा
कसरी हराउँछ उसको होस ?
किन गुमाउँछ उसले चेतना ?
कहाँ चर्न जान्छ अलिकति बाँकी रहेको
उसको बुद्धिविवेक ?
किन लाग्दैन उसलाई
अलिकति पनि लाजसरम ?
अनि कसरी रुच्छ उसलाई
हाम्रै करङको दाउरा बालेर
हाम्रै रगत र पसिनामा पकाएको
रातो मार्सी चामलको भात ?

भोट खसाल्नुभन्दा पहिले
चर्का नारा लगाउदै आएर
मध्यरातमा व्युझाएर हामीलाई
हाम्रो भोट जति सबै
सोहोरेर लगेकै दिनदेखि
हामीलाई नै फेरि
मुख सम्हालेर बोल भन्छ !
कान थुनेर सुन भन्छ !
आँखा चिम्लेर हेर भन्छ !
अनि निदाउछ आफू कुम्भकर्णजस्तै
सत्याग्रहको विरुद्धमा विषबमन गरि
अपनवायु छोडेर अपच डकार्दै
रातो मार्सी चामलको भात खाएर … !

किन दुख्दैन उसलाई हाम्रो घाउ ?
किन बुझ्दैन उसले हाम्रो असह्य पीडा ?
किन सुन्दैन उसले हाम्रो हृदयको चीत्कार ?
के ले बनाउछ उसलाई यस्तो संवेदनाशून्य ?
अनि किन चाहिदैन उसलाई हाम्रो साथ
मात्रै भोट हाल्ने बेलामा बाहेक ?
किन बेच्छ आफ्नै अस्तित्व ?
अनि खान्छ मार्सी चामलको भात !

बिराएर इतिहासको मुलबाटो
हुनुसम्म दिग्भ्रमित भएर
किन हुँदैछ स्वार्थको लम्पटदास ?

उठाएर सडकको चिसो भुइँबाट
सत्ताको न्यानो कौशीमा पुर्याउनेहरूलाई नै
लगाएर धारेहात
किन दिदैछ यसरी चुनौती ?
र गरिरहेछ निरन्तर
भर्खरै जरा पलाउन थालेको
लोकतान्त्रिक गणतन्त्रको
पखेटा काट्ने अद्वितीय अभ्यास ?

खाएर मार्सी चामलको भात
कसको आदेश तामेल गर्दैछ ?
अनि जप्दैछ अखण्ड रूपमा
अहङ्कारले अभिसिन्चित
दम्भको श्रीपेच पहिरिएर
माफियाको मुलमन्त्र – अहिलेसम्म ?
………………..
चुपचाप

जसरी, म आमाको गर्भमा प्रवेश गरेको
थाहा भएन अरु कसैलाई ।

जसरी , मैले पहिलोपटक
यो धरतीमा आँखा खोलेको
थाहा भएन धेरै जनालाई ।

जसरी, अहिले म को हुँ ?
कहाँ बसिरहेको छु ?
कसको लागि – कहिलेदेखि,
किन – के गरिरहेको छु ?
थाहा छैन धेरै जनालाई ।

हो, त्यसरी नै
कोही कसैले थाहा पत्तै नपाउने गरि
जानेछु म चुपचाप आफ्नै बाटो
फेरि फर्केर कहिल्यै पनि नआउने गरि ।

त्यसपछि, बल्ल खोजी हुनेछ मेरो बारेमा
र लेखिनेछ – स्मृतिमा मिलन समीर

adv-single
सम्बन्धित समाचार

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

भोजपुर । भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । २०६३ कात्तिकमा भोजपुर भैँसीपङ्खाका निमा दावा शेर्पाको हत्या गरेको अभियोगमा ६० वर्षीय चन्द्रबहादुर तामाङलाई प्रहरीले मङ्गलबार धरानबाट पक्राउ गरेको हो ।...

झापामा बोलेरोको ठक्करबाट एकै मोटरसाइकलमा सवार तीन जनाको मृत्यु

दमक (झापा) । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी-झिलझिले खण्डमा आज बिहान बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा कमल गाउँपालिका-४ का तीन जनाको मृत्यु भएको छ । आज बिहान बोलेरो गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार २६ वर्षीय मौसम राई,...

कतारका राजाको ऐतिहासिक नेपाल भ्रमण कति उपलब्धिमूलक ?

विराटनगर । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गरेका छन् । मध्यपूर्वको क्षेत्रफलमा सानो तथा प्रभावशाली र धनी देश कतारका अमिरको नेपाल भ्रमणका...

बाँदर धपाउन बन्दुक पड्काउँदा छर्रा लागेर एक जनाको मृत्यु

विराटनगर । पाँचथरमा बाँदर धपाउनका लागि भरूवा बन्दुक पड्काउँदा बारूदको छर्रा लागेर एक जनाको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका-४, सिबुवाका ५१ वर्षीय मनकुमार सिगुको मृत्यु भएको हो । प्रहरीका अनुसार आइतबार राति साढे १०...

कतारका राजाको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा

काठमाडौँ । सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ । सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले यही वैशाख ११ देखि गर्ने नेपालको...

झापामा सहकारी संस्थामा चोरी गर्ने ६ जना पक्राउ

भद्रपुर (झापा) । झापामा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विभिन्न सहकारी संस्थासहित चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो । विभिन्न सहकारी संस्था तथा...

टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०-टू भी रिफ्रेस सार्वजनिक, कति छ मूल्य ?

विराटनगर । टीभीएस मोटर नेपालको एक मात्र आधिकारिक विक्रेता जगदम्बा मोटर्सले टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०-टू भी रिफ्रेस आज विराटनगरमा सार्वजनिक गरेको छ । यसअघि टीभीएसले नेपाली बजारमा टीभीएस रोनिन, अपाचे,एन्टर्क, रेडर, आईक्युबजस्ता उत्कृष्ट...

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुई जनाको मृत्यु, ६ घाइते

वासिङ्टन । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको स्थानीय प्रहरीले बताएको छ । घटनास्थलमा दुई जना मृत फेला परेको र घाइते छमध्ये एक...

नेपालको दुईदिने राजकीय भ्रमणमा आउँदै कतारका अमिर

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण गर्ने भएका छन् । भ्रमणका अवसरमा उनले राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता...

अर्घाखाँचीमा आगलागी हुँदा ४३ घर–गोठ जलेर नष्ट

अर्घाखाँची । अर्घाखाँचीका विभिन्न स्थानमा शनिबार भएको आगलागीका कारण ४३ घर–गोठ जलेर नष्ट भएका छन् । आगलागीका कारण २० वटा घर, २३ गोठ, ११ बाख्रा र छ भैंसी चलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक...

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्नै हुन्छ : प्रधानमन्त्री

सुदूरपश्चिम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्न ढङ्गले ल्याउन लागेको बताएका छन् । आज धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम...

कोशी, मधेस र लु्म्बिनी प्रदेशका तराई क्षेत्रमा हुरीबतासको चेतावनी

काठमाडौँ । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको...